Happy Dashain n Tihar
Happy Dashain, Tihar and Chhat 2068 to all
।। Introduction ।। Jokes ।। कविता ।। General-Knowledge ।। Story ।। स्लाईड-शो ।। Health ।। Sports ।। हत्या-बलात्कार ।। लग-इन ।। इमेल।।


।। समाचार
। Photos
। साहित्य
। संगीत
। प्रेमपत्र
। Nepal
। Friends-Photos
। Home-Page ।।
आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै समय लगायो । त्यहाँबाट बाहिर निस्क्यो । बाहिरको धारामा दाँत माझयो । दाँत माझुञ्जेल पनि उसलाई खोकीले छाडेन । उसले मुख धोयो र सोध्यो- चिया पाक्यो - आज ढिला भइसक्यो । उसले हातको घडी हेरेर भन्यो- ल हेर, नौ बज्न लागिसकेछ । कतिबेला भात खाने र अफिस जाने -
म केही बोलिँन । किनभने यी वाक्यहरू हरेक दिन मैले सुन्दै आएकी छु - टेप रिकर्डरझैँ । उसलाई चिया दिएँ । हतारहतार चिया खाएर ऊ भात खान बस्यो । भात राम्ररी पाकिसकेको थिएन । ऊ अचानक जङ्गियो- यस्तो पनि हो । जाबो भात पकाएर ख्वाउन पनि नसक्ने ।
मसँग जवाफ थिएन । मैले केही बोलिँन । ऊ फेरि रिसायो- किन केही नबोलेकी-यस्तै ढुङ्गा रहिछे र त लोग्नेले छाडेछ ।
"पैसा पनि थिएन, फेरि भाउ पनि बढ्यो ।"
"त्यो मेरो मतलबको कुरा होइन । तेरोजस्तो दिनभर सुतेर बस्ने हो र ! अफिसमा कस्तो मारामार छ । एकैदिन सास फर्ेन पाइने होइन । तेरो पो मोज छ ।" - ऊ करायो । धमाधम लुगा लगायो । ढोका खोलेर भन्यो- "म गएँ । तेरो भात पर्खिरहने फर्ूसत मलाई छैन ।"
"खाना खाएर जानुहोस्, पाकिनै सक्यो ।"
भोक लाग्यो । हिजो बेलुकी पनि राम्रो खान पाएको थिइँन । आफ्नो भाग खाना खाएँ । उसको भाग भाँडैमा राखिदिएँ । केही काम थिएन- शिवाय निदाउनु । ओछ्यानमा गएँ र पल्टेँ । मन धेरै भारी भएर आयो । धेरै डाँडाहरू पारिको माइती सम्झेँ । रमाइलो बाल्यकालका चित्रहरू आए । कत्ति रमाइला थिए ती दिनहरू । स्कुलको हाफटाइममा छेउको जङ्गलमा ऐँसेलुहरू टिप्नु ! साथीहरूसँग लुकामारी खेल्नु ! दशैँमा रोटेपिङ खेल्नु ! अनि आफूलाई केही थाहा नभई अरूले तरुनी भइछे भन्नु ! ती दिनहरूमा र्फकन पाए ! अर्को जुनीमा … । तर अर्को जुनी हुन्छ र –
एकछिन निदाउन पाए हुने । कहाँ न्रि्रा आउनु ! सबै कुराहरू सपनाजस्तो । पीडै-पीडाले भरिएको विगत । अनि अचानक अरबको लाहुरे आउनु । धनसम्पत्ति र गरगहनाको लोभमा बिहे हुनु । पुतलीको खेलजस्तो । लाहुरे विदेश जानु र धेरै लामा वर्षरू बस्नु । बस… वर्षा एक दर्ुइ चिठ्ठी आउनु । सँगसँगैजस्तो बाआमा दुवै खस्नु । आफूलाई निक्कै कडा रोग लाग्नु । गाउँ-घरमा औषधि कहाँ पाउनु ! शहर जाने रकम खै - दाजुहरू भाउजूका हुनु । अब ती सबैका अस्पष्ट अनुहारहरू मात्र छन् । कत्ति बाङ्गाटिङ्गा छन्- मेरो गोरेटाहरू !
"मलाई बर्बाद पार्न पाइन्छ !" - म रुन्छु । तर ऊ केही अर्थ दिँदैन । यत्ति कठोर हुनसक्छ लोग्नेमान्छे -
त्यसै दिनदेखि म यहाँ छु । अर्थात् ऊ मामा भएको छ म भाञ्जी । जाँडले मात्तिएर नआएको उसको कुनै रात हुँदैन । सारा सडक थर्किने गरी कराउँदै आउँछ- ए मेरी भाञ्जी ! ए सीता भाञ्जी । म त्रि्रै साख्खै मामा आएँ । खास मामा आएँ । कुनै रात उसले डेरामा भात खाएको थाहा छैन । धेरै बेर ऊ बर्बराउँछ- सायद रक्सी बर्बराएको हो । सधैँ ऊ यिनै शब्दहरू दोहोर्?याउँछ- ‘म गुल्मीको मान्छे हुँ । म खानदानको बच्चा हुँ । मलाई के ठानेकी छेस् हँ तैँले - म आकाश-पाताल एक गरिदिन सक्छु । मेरा स्वास्नी छोरा-छोरी बुटवलमा बस्छन् । के कसरी बस्छन् - तँलाई थाहा छ - ती महलमा बस्छन् - विशाल महलमा । ल झुप्रै सही । त्यही झुप्रो मेरो महल हो । धन्दा नमान सीता ! म तिनलाई यहाँ ल्याउँदिन । त्यहीँ खेती छ- काम गर्छन् खान्छन् । मलाई के मतलब ! चारचारजना भाल्टाङ्गभुल्टुङ्ग कसले पाउनु भन्यो त्यस राँडलाई । मेरो यो सानु जागिरले काहीँ खानपुग्छ । जबर्जस्ती निदाउन बल गर्छर्ुुक्तिन । भित्रकतै अन्धकार छ । झस्कन्छु- आज आएर के के उपद्रो गर्ने हुन् अब । स्टोभमा रातो चिया बनाउँछु । बिहान एक पैसा थिएन- दूध ल्याउन सकिँन । चिया खाँदै आफैँलाई सोध्छु- सीता ! के यसरी तैँले यो जिन्दगी काट्न सक्छेस् । यो तेरो लोग्ने हो- होइन - यो तेरो मामा हो- होइन - यो तेरो नातेदार हो- होइन - गाउँले हो - होइन - अनि के हो यो - कुन्नि … कहिलेसम्म यसरी जान्छ । त्यसपछि के हुन्छ- थाहा छैन । आफूलाई काटिएको यौटा चङ्गाजस्तो लाग्छ- कहाँ गएर खस्छ के थाहा -
"मैले नदिएकी होइन, तपाईँले नखाएको !" म नरम हुन बाध्य छु । "मैले आफ्नो कमाई खान नपाउनु ! तेरो पेवा हो !"
"बोल सीता राँड ! म तेरो को हुँ - मसँग तेरो के नाता छ - के सम्बन्धले तँ मसँग बस्छेस् -" उसको रक्सी बोल्छ ।
-परशु प्रधान (samakalinsahitya)
नवीनको परिवार वास्वतमै सुखी छ । किनकि ऊसँग स्थायी जागिर छ, प्रेमविवाह गरेको श्रीमती सोफी, दुइ वर्षी छोरी र विधवा आमा हुनुहुन्छ । नवीनले डिग्री पढ्दापढ्दै बीए पढेकी सोफीसँग प्रेमविवाह गरेको थियो । पहिलो भेटमा नै सोफीको सुन्दरताले उसलाई मोहित पारेको थियो र त्यही सम्बन्ध प्रेमबाट विवाहमा परिणत गर्न ऊ सफल भएको थियो । समय बित्दै जाँदा सोफीले बीए पास गरिन् र डिग्री पढ्न जाने इच्छा व्यक्त गरिन आफ्ना पतिदेवसँग । सोफीको डिग्री गर्ने इच्छा पूरा गरिदिन दुई वर्षीय नाबालक छोरीलाई आफैसँग राखेर नवीनले काठमाडौंमा डेरा खोजिदियो । दुई आत्मा दुईतिर भए पनि दिननदिनै फोनबाट निकटकता प्रस्तुत गर्दछन् नवीन र सोफी । छोरीको मम्मी भन्ने शब्द सुन्दा त झन् खुशी हुन्छे सोफी । छोरी स्मृति पनि मम्मीसँग कुरा गर्न पाउँदा ज्यादै खुशी हुन्छे र सोध्छे बाबालाई, बाबा ममीको पढाइ कहिले सकिन्छ ? नवीन छोरीलाई काखमा दिँदै उत्तर दिन्छन्-अब चाँडै नै आउँछिन् तिम्री मम्मी पढाइ सकेर भन्दै छोरीलाई भुलाउँछन् ।
सानैदेखि मम्मीले छोडेको र हजुरआमाको मायाले त्यो सानी बच्चीमा आमाको मायाको कत्ति पनि कमी देखिँदैन । देखिओस् पनि कसरी विचरा ती बूढी चौबीसै घण्टा स्मृतिलाई च्यापेरै बस्छिन् । यसरी नै समय बित्दै जान्छ । नवीन अफिस जाने आउने क्रममा एक दिन एक्कासि उसको साथीले एउटा कुरा सुनाउँछ र त्यो उसलाई वाहियात कुरो लाग्दछ । तर विस्तार-विस्तार गाउँमा चर्चा चल्न थाल्दछ कि सोफी त काठमाडौंमा कुनै अर्कै केटासँग हिँड्छे रे उसका चरित्रका बारेमा पनि त्यस्तै-त्यस्तै कुराहरू …. ।
यता सोफी काठमाडौंको रमझममा भुलेर होला, उनलाई न त नवीन, न त स्मृतिको नै सम्झना आउँछ । सोफी अब सोफी हैन निशा बनेकी छे र उ नवीनको पत्नी र स्मृतिको ममी नभएर सन्तोषकी प्रेमिका भएकी छे । सन्तोष र निशा एउटै कक्षामा पढ्दछन् र विषय पनि मिल्ने हुँदा उनीहरूलाई सजिलो भएको हो । फेरि सन्तोषको बोलीबाट निशा यति प्रभावित भई कि उसले आफ्नी विगतलाई बिर्सी सोची सन्तोषले नै उसलाई सुख दिन सक्छ र ऊ सधैं यही काठमाडौंमा नै बस्न पाउँछे । नवीनसँग के छ र ? त्यही गाउँको घर, बूढी आमाको स्याहार आदि आदि । निशा सन्तोषको प्रेममा अन्धी बनी र यस्तै यस्तै सोच्न लागि । निशा सन्तोषकै घरमा डेरा सरेकी थिई । त्यसैले पनि उनीहरूलाई नजिकिन सजिलो भएको थियो । निशा सन्तोषको प्रेममा उन्मक्त थिई ।
बाटोमा गाडी बिग्रिएकाले नवीन रातको ७.३० बजे सोफीको कोठामा बल्लतल्ल आइपुग्यो । तर कोठामा सोफी थिइनन् । त्यसपछि नवीन केहीबेर कुर्दा पनि सोफी नआएपछि छोरी लिएर होटलमा जान्छ । रातभर निन्द्रा लाग्दैन उसलाई । अब ऊ डराउन पनि थाल्छ कि कतै गाउँलेहरूले भनेको कुरा साँचो निक्स्यो भने ? निदाएकी छोरीलाई सम्सुम्याउँछ र यस्तै-यस्तै कुराहरू सोच्न थाल्दछ । कुरा सोच्दा सोच्दै कतिखेर निदाएछ कुन्नि नवीन, विहान पो सुर्यको किरण कोठामा पुगेर उसको निन्द्रालाई व्यूँउझाइदिन्छ । छोरी अझै सुतिरहेकी हुन्छे । विहानको नित्य कर्म सकेर खानपीन गरी नवीन पूनः सोफीको कोठामा जान्छ । तर अझै कोठामा चावी लागेको देखेर भरबेटीसँग सोध्न जान्छ नवीन सोफी कहाँ गई होली भनेर । घरबेटीका अनुसार सोफी त कोठा छोडेर केही परको घरमा बसेको थाहा पाएपछि नवीन त्यही घर जान्छ । यता निशा र सन्तोष घाम ताप्दै चेस खेलिरहेका हुन्छन् । गेटमा नवीन र स्मृतिलाई देखेर निशा छक्क पर्छे अपरिचित मानिस आफ्नो घरमा आएको देखेर सन्तोषले नवीनलाई सोध्छ- कसलाई खोज्नुभयो यहा"ले - म सोफीलाई…. वाक्य पूरा गर्न नपाउँदै निशाले भनी-यहाँ कोही सोफी छैन, तपाई जान सक्नुहुन्छ हिँड जाउँ सन्तोष, कस्ता कस्ता मान्छे आउँछन् यहाँ पनि भन्दै सन्तोष र निशा घरभित्र पस्दछन् । नवीनलाई यो घटना फिल्मजस्तै लाग्छ र फेरि बोल्दछ- सोफी तिमीले मलाई चिनिनौं ? यी हेर त हाम्री छोरी स्मृति, तिमीलाई भेट्न कति आतुर छ ? तर उसको आवाज सन्ने त्यहाँ कोही पनि हुँदैन । नवीन आँखाबाट आँसु झार्दछ । आफ्नो बाबा रोएको देखेर छोरी स्मृति भन्दछे-बाबा किन रूनुभएको ? नवीन जवाफ दिन्छु-हेर न छोरी, तिम्री ममीले हामीलाई चिनिनन् । नवीन झन् रून थाल्दछ । यसैबचि स्मृति भन्छे-त्यस्तो छुच्ची पनि मेरो मम्मी हुन्छ, मेरो मम्मी त कति जाती हुनुहुन्छ । मेरो मम्मीले मलाई देख्नुभयो भने त काखमा लिनुहुन्छ, म्वाइँ खानु हुन्छ र मीठा-मीठा कुराहरू दिनुहुन्छ । स्मृतिका यस्ता कुरा सेनेर झन् नवीनको भक्कानो छुट्छ र आफ्नो भाग्यलाई धिक्कार्दै घरतर्फर्फकन्छ ।
विभिन्न ठाउँमा घम्ने क्रममा एक दिनन सन्तोष र निशा घुम्न भनेर सुन्दर नगरी पोखरा पुग्दछन् । यसैबीच निशाले सन्दोषलाई आफू बच्चाको आमा बन्न लागेको कुरा बताएपछि सन्तोष झसंग हुन्छ र निशालाई गर्भपतन गर्न सल्लाह दिन्छ । यसबीच दुई जनामा वाद-प्रतिवादनन चल्न थाल्दछ । बल्ल आएर निशाले सन्तोषको वास्तविक रूप चिन्छे र पश्चाताप गर्न थाल्दछे । अब ऊ नवीन र स्मृतिलाई झलझली आ"खा अगाडि देख्न थाल्दछे,तर अब समय धेरै अगाडि गइसकेको पनि उसलाई थाहा हुन्छ । ऊ आफूलाई नवीनले पहिले गरेको माया सम्झेर पागलजस्तै हुन्छे र अन्त्यमा नवीनलाई चिठ्ठी लेख्दछे ।
नवीन,
मलाई थाहा छ तिमी मसँग कति रिसाएका छौं भनेर । मलाई काठमाडौंको हावालेपागल बनाएको थियो र मैले तिम्रो प्रेमलाई लत्याएँ । मलाई काठमाडौंको गगनचुम्बी महलमा बस्ने भुतले सताएकोले नै आज त्यसको परिणाम भोग्दैछु । म तिम्रो सामन्ने आउन नसक्ने भएकाले यो पत्र पठाउँदैछु । म तिमीसँग क्षमा मागन लायककी त छैन तर पनि हुन सक्छ भने मलाई माफ गरिदेऊ । हाम्रो प्रेमको निशानी स्मृतिलाई मम्मीको कमी हुन नदेऊ । आमालाई मेरो सम्झना सुनाइदेऊ । अर्को जुनीमा तिम्रो प्रेमिका भएर जन्मन पाउँ । मलाई खोज्ने प्रयास नगर्नु ।
उही अभागिनी , सोफी
चिठ्ठी पढ्दापढ्दै नवीन बेहोस भएर ढल्दछ । एकैछिनमा एक हुल गाउँले आएर नवीनलाई अस्पतालतिर दौडाउ"छन् ।- विश्वमणि अधिकारी Source : Tanahunonline
ऊ सँग मेरो पहिलो भेट ठमेलको एक होटलमा भएको थियो। त्यो बिवाहको उत्सव थियो। चारैतिर झिलिमिली बत्ति बलेका थिए अनि मेरो मन पनि उसलाई देखेर कताकता जगमगाएको थियो। म ऊ सँग परिचयगर्न चाहन्थेँ तर ऊ साथीहरू सँग गफमा मस्त थियो। म बिस्तारै उसको छेउमा गएँ तर बोल्ने साहस भने गर्न सकिन।म धक मानेर त्यहीँ उभिइरहेकी कति सौम्य, कति शालिन अनि कति कोमल मुटु थियो उसको। सम्झँदा मात्र पनि मन विभोर हुन्छ। खै, कतिखेर उसलाई प्रेम गर्न थालेँ आफैलाई पत्तो छैन। पहिलो भेटमा छुट्टिनु अघि उसले आफ्नो फोन नम्बर दिएको थियो। मैले उसलाई फोन गरेँ र हामीले भेट्ने योजना बनायौ। संयोग बस उसको अफिस र मेरो क्याम्पस नजिक थियो। त्यसपछि हाम्रो भेटले तीब्रता पाउन थाल्यो। म बडो ब्यग्रताका साथ उसको प्रतीक्षा गर्थेँ। भेटमा हामी जीवन, राजनीति, साहित्य आदीका बारेमा कुरा गर्दथ्यौँ। मेरा कविताहरू ऊ चाख मानेर पढ्थ्यो र मलाई सधै राजनिति छोड्न आग्रह गर्दथ्यो। म उसलाई हृदयको भित्री तहदेखि प्रेम गर्थेँ। मेरो एक्लो प्रेम, अन्धो प्रेम- उसले बुझ्यो वा बुझेन थाहाभएन। उसको साथ बिताएका हर क्षण मेरा लागि विशेष थिए। मैले उसको साथ सपनाको सुन्दर महलको कल्पना गरेको थिएँ। तर भविष्य त अनिश्चत ……. घरमा मेरो बिहेको कुरो चलेको चाल पाउने बित्तिकै म अताल्लिँदै उसका पुगेँ। मेरो कुरो सुनेर ऊ गम्भिर भयो। निकै बेर हामी दुवै मौन रह्यौँ। त्यो सुन्यता आँधी अघिको हो वा आँधी पछिको मैले खुट्याउनै नसकिरहेको बेला अचानक उसले भन्यो– "म पनि तिमीलाई औधि प्रेम गर्छु, तर मेरो आर्थिक अवस्था तिमीलाई तिमीलाई थाहै छ। म तिमीलाई राम्रो भविष्य दिन सक्तिन। फेरी मेरो दाजुको पनि बिहे भएको छैन। दाजुको बिहे नभए सम्म मेरो बिहेको त कुरै आउँदैन।" उसका यी शब्दले म रन्थनिएँ। मन थाम्नै सकिन र भाक्कानिएर उसको अगाडि नै रोए। मैले मुटु भित्र राखेको मान्छे सँग बिछोडिने समय आयो भन्ने कल्पनाले आगोको लप्का बनेर मेरो सारा शरीर जलाउन थाल्यो। हाम्रो प्रेमको बारेमा मेरो घरमा सबैलाई थाहा थियो। ऊ सँगै बेहे गराउन पनि मेरो परिवार राजी थियो। तर उसले मानेन। ऊ भन्थ्यो- "सुविधामा हुर्केकी तिमीलाई म संघर्षमय जीवन दिन चाहन्न। म तिमीलाई दुखी देख्न सक्तिन किनभने म तिमीलाई प्रेम गर्छु।" मेरो सुख त उसको साथ जीवन बिताउनुमा थियो जुन कुरो उसले बुझ्नै सकेन। "तिमी सँग बिहे नभए म जीवन भर दुखी हुनेछु", मेरो कुरा उसले पत्याएन र आफ्नो अन्तिम निर्णय सुनायो- "तिम्रो परिवारले रोजेको केटो सँगै तिमी बिहे गर!" अनि मैले ऊ सँग भनेका सबै शब्द सत्य भए। बिहे पछि म सुनको पिजडामा कैद भएँ जहाँ मेरा नयाँ आफन्तहरूद्वारा मेरा सपनाहरूको नित्य हत्या हुनथाल्यो। उँचो घरको बिग्रिएको छोरो सुधार्न मेरो भर्ना भएको रहेछ। र, म आशा गरिएका नतिजा ल्याउन असमर्थ भएँ। बिहेले मेरो जीवनको पूर्णतया नाश गर्यो। शरीर भरी छरिएका निल डाम शरीर भरी छरिएका निल डाम र मुटु भित्र गडेका असंख्य शब्द बाणहरू आज यति सामान्य लाग्न थालेका छन् कि मानौ सास फेरे जस्तो होस्, खाना खाए जस्तो होस्! मेरो बिहे पछि उसले काठमाण्डौं छाडी अन्तै गयो भन्ने सुनेँ। उसको परिवारले पनि मलाई मनपराएको थियो रे तर कमजोर आर्थिक आवस्थाको कारण बिहे गर्न राजी नभएको रे। म अचम्ममा परेँ। उफ! कस्तो प्रेम हो त्यो। साथी, सुख पैसामा हैन प्रेममा हुन्छ, तिमीले किन नबुझेको? हेर म तिम्रो स्नेही काखको कल्पना गर्दै सुनको काँडामा सुतिरहेकी छु। तिमी पनि पक्कै सम्झन्छौ होला नि मलाई र दुखी हुन्छौ होला बिताका दिनको सम्झनामा डुबेर। जिन्दगीको मोडमा कुनै दिन हाम्रो जम्काभेट भएमा म तिमीलाई पक्कै सोध्ने छु- सबैलाई दुखी बनाउने साथी ,कस्तो प्रेम यो तिम्रो ?..कस्तो प्रेम यो तिम्रो ? -कृष्ण पोखरेल (बिवस), साउथ ईराक Source : yetautabata
मैले विवाह गरेँ । यो एउटी कुमारीको विवाह होइन । विवाह कुमारीलाई डर र कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ । बिहे नगरे म के गर्थेँ - यो शरीरले यौनको रस मज्जाले चाखेर हुर्किएको तीसको उमेरको । बिहेको संरचनावेगर कुनै महिला यौनिक तृप्ति प्राप्त गर्दिन । यो समाजको परिवेश हो । बसेकै थिएँ छोराछोरीको जिम्मा लिएर । तिमी मेरो भरोसाको सम्पत्ति छातीभरि बोकेर विदेशियौ । त्यो म नै थिएँ तिमीलाई बिदा दिने । जाऊ, कमाऊ र आऊ भन्ने ।
तिमी प्यारी पत्नी, त्रि्रो प्रेम पनि । खै प्रेम केलाई भन्छन् - कसरी यो आत्माबाट उत्पन्न हुन्छ र शरीरमा ठोकिएर मर्छ - तिमी गएको डेढ वर्षै त्यो प्रेम टाडाटाडा अदृश्यजस्तो लाग्न थाल्यो । प्रेम त अदृश्य नै हुन्छ । फेरि किन पातलियो - आतेस लाग्न थाल्यो । म मेरै समिपको कुनै अर्कै शरीरप्रेममा अल्भिmएँ । छोराछोरीको तोतेबोलीसँग पनि म बट्टारिएँ । बुबा-आमा -सासु-ससूरा) को सन्देहपर्ूण्ा बातहरूलाई दर्ुइ चार दिन त सहेँ । नभएको कुरा पनि त थिएनन् ती । कुन प्रेम हो त्यो - तर म विस्तारै तानिँदै गएँ । कहिले बजार जाने निहुँले श्यामसँग भेट्थेँ ।
छेउमा वस्ता उसको सासको गन्धले पनि पग्लन्थेँ । एउटै उमेरका थियौँ र पनि ऊ अविवाहित थियो । कति सम्हालिएँ । थुप्रैपटक आफैँलाई गाली गरेँ, सम्झाएँ । मलेसियाबाट त्रि्रो फोन आइरहृयो । मीठो बोल्यौ । कहिल्यै दुःखको कुरा पनि भनेनौ । म त्रि्रो फोन राखेपछि झन् द्वन्द्वमा फसिरहन्थेँ । छोराछोरीको अनुहार हेरेर टोलिन्थेँ । फेरि किन बदलिएँ । तिमीले पैसा पठाइरहृयौ । कति दुःख गर्यौ होला । म भित्रभित्रै दुःखी हुन्थेँ । कसले पत्याउला - अब यो भन्नुको कुनै अर्थ छैन ।
तिमीलाई पर्खिएर बूढी हुँली बरु, सेतै फुलुन्जेल नआए पनि मरौँला बरु भन्थ्यो एक मनले । फेरि श्याम, ऊ संयोगले मसम्म आइपुगेको उपहारझैँ थियो । कसरी पर भाग्न सकौँला - श्याम, मेरी भाउजूको काकाको छोरा । एकदिन बुधबारे बजारमा भेट भयो । कुरैकुरामा ऊ रातै बस्न आयो मेरो घरमा । मार्केटिङ गर्दोरहेछ एउटा हर्वल वस्तुको शृङ्गारका सामान, चिया, ज्जन…यस्तै यस्तै । म ग्राहक बनेकी थिएँ त्यसको । उसले सुरुमा पैसा लिन्थ्यो । मसँग अब पैसा पुग्दो थियो । तिमीले पसिना चुहाएर पठाएको पैसा … । म पसिनाको सम्मान गथेँ तर अभिमान थिएन त्रि्रो पैसामा ।
म भित्रभित्रै कुनै अर्कै उदासिनताले ग्रसित थिएँ । त्रि्रो पैसाको एक-एक हिसाब राखिदिएकी थिएँ तर अब यस हिसाबको के कुरा गरौँ । कुरा त त्रि्रो मृत्युको गर्नुछ । मलाई पुराना उखानहरूले पनि उल्टा अर्थ दिए । र्‘मर्द‘ को प्रतीकले मलाई गिज्याइरहृयो । मैले तिमीलाई कहिल्यै अविश्वास गरिँन तर तिमी त्यहाँ के चोखो बस्यौ होला र ! मैले एउटा परदेशीलाई पत्याइँन पनि । आफू तिमीभन्दा चुकेकी रहेँछु क्यारे । समाजले कसरी चियो गर्छ एउटी आइमाईलाई -मैले तल्लोघरकी सीमाको हुइँया खवरहरू सुनेर पत्याएकी छु ।
ऊ लोग्ने मरेकी विधवा, एउटी छोरी र ऊ… । कोही छिमेकी पुरुष आकृति त्यहाँ गयो कि बात बढिहाल्थ्यो गाउँमा । म विरुद्धमा थिएँ त्यो हल्लाको । सीमा विधुवा थिई तर काँतर थिई कि विवश थिई - त्यो मैले बेहोर्नु परेको थिएन… । म त श्यामकै वरिपरि रुमल्लिइरहेकी राधासरी थिएँ। सकुन्जेल सन्तानलाई अँगालेर सुतेँ । रातले कुटुन्जेल द्वन्द्वमा छचल्किएर उठेँ । फेरि एकदिन श्याम आयो । यसरी श्याम आउनुमा म डराइडर्राई खुसी हुन थालेँ । न ऊ प्रेमका कुरा गथ्र्यो, न ऊ उति रसिलो थियो तर ऊ आकषिर्त भएको पत्तो मलाई राम्ररी थियो । कहिले ठूलो साँझमा झपक्कै कसैले नदेख्नेगरी ऊ पाहुना बनेर आउँथ्यो ।
छोराछोरी चकलेट र अन्य उपहार, खेलौना पाएर मख्ख पर्थे । सायद बाबुको उपस्थितिको प्यास पनि मेट्थे होलान् । उनीहरू खुसी हुन्थे श्यामलाई देखेर । म पनि त्यही खुसीमा सामेल हुन्थेँ । खाना खाएर बच्चाहरू, सुतिहाल्थे । श्याम र म धेरैबेर कुरा गरेर बस्थ्यौँ । त्यसो त हामी साथीजस्तो पनि भइसकेका थियौँ । कति सहयोग व्यवहारले उसले गथ्र्यो पनि । त्यो दिन, झ्यालमा सेतैपर्दा हल्लिरहेको थियो । शीतल हावा, नीलो बल्बको मधूरो प्रकाश र एकजोडी स्त्री-पुरुष साथीहरू… । समाजको भाषामा म त्यसैदिन बिटुलिएँ ।
इमानको परिधि हुन्छ भने म त्यसैदिन बेइमान बनेँ । प्रकृतिको संरचना-स्त्री-पुरुष साथी, खै हारेजस्तो पनि लाग्यो तर शरीरका हरेक कोषकोष बिहान उठ्दा हलुका भएका थिए । तर्क-वितर्क, सत्य-असत्य, आमा-पत्नी, सबै नामबाट आफूलाई केलाएँ । यसरी चल्दै गयो महिना/दर्ुइ महिना/छ महिना… । महिनापछि महिना… । मेरो महिनावारी रोकियो । म अत्तालिएँ । श्यामलाई भनेँ । उसले आफ्नै कुरा गर्यो । "हेर अब जे भो भो । हामी बिहे गरौँ ।" मलाई आफ्नो आतेस उतार्ने बलियो स्थान मात्रै मिलेन ऊप्रति अनौठो र्समर्पण पनि जाग्यो । ऊ जति शान्त थियो, त्यति नै उसको निचोड देखेर मेरो अपराधबोध अलि हलुका भयो । एकातिर सम्पत्ति कमाउन गएको लोग्ने, अर्कोतिर छोराछोरी र मेरो घरपरिवार अनि यो आकस्मिक परिवेशको अवतरणले मसामु पालैपालो औँला उठाउँथे र झर्थेँ । अनन्तः म समर्पित आमा पनि भइँन, समर्पित पत्नी पनि भइँन । म श्यामसँग बिहे गरेर त्यो गाउँ, जिल्ला र अञ्चलसमेत छोडेर बुटवलमा बस्न थालेँ । कहिलेकाहीँ छोराछोरीको एकदम याद आउँथ्यो । हिँड्ने बेलामा बजार जान्छु भनेर ढाँटेर हिँडेकी थिएँ । उमेशलाई सुम्सुम्याउँदै भनेकी थिएँ- "आमाघरमा बस्नु है, राति भयो भने बहिनीको ख्याल राख्नु ।
उसका निर्दोष आँखाले झ्वाट्ट आमाको फरक अनुभव गरेजस्तो झलक्क हेर्यो र उठेर कुद्यो । आमाघरमा राति कतिबेरसम्म बसेहोलान्, पर्खिएहोलान्, सुकसुकाएहोलान्, रोएहोलान् । यो अपराधबोधले मेरो मनमा सुइरोजस्तो घोचिरहन्थ्यो । आफ्नै बाटोमा हराएकी म उनीहरूको भविष्यबाट पनि गुमनाम भएँ । अब यो पीडाको पनि के व्याख्या गर्नु । कतिपल्ट उनीहरूको यादमा एक्लै रोएँ, श्यामसँग पनि डराएँ, मेरो मातृत्व मात्रै तपतप खसिरहृयो एक्लै । बाबुहरू जो भए पनि कोखको उत्पत्ति समान हुँदोरहेछन् । कहिलेकाहीँदेखिने सपनामा तिनै बालकहरू झल्किन्थे आँखाका डिलमा ।
अब त बालकबाट किशोर भइसकेका होलान् । थुप्रै वर्षबिते । सम्झन्थेँ बाबु पनि फर्किएहोलान् । हाम्रो एउटै मात्र सन्तान थियो अब सुमन उतै दोकान गरेर हामी एककिसिमले स्थायी भयौँ । स्थायी त मेरो पर्ूवको जीवन र म पनि थियौँ । टेलिभिजनमा, रेडियोमा पर्ूवका खबर सुनेर चङ्गा हुन्थेँ । अक्सर श्याम पनि घरको कुरा गर्थे सुसाउँथे र निदाउँथे।
कताकता मेरो इतिहास मसँगै हिँड्छ मनमा। कहिले पश्चातापको रङ छ्यापिन खोज्थ्यो तर श्यामको नजिक म खुसी थिएँ । समयसँगै घुम्दै थिएँ उसकै वरिपरि । फेरि अचानक शम्भुसँग भेट भयो । मेरो दमकको छिमेकी । ऊ पनि व्यापारको सिलसिलामा बुटवल बस्न थालेको रहेछ । कहिलेकाहीँ मूलघर जाँदोरहेछ । मभित्र मेटिएका ती प्यारा अनुहार फेरि सलबलाउन थाले । उमेश, आशा र उनीहरूको बाबु कृष्ण । उसले चोइटिएका सीसाजस्ता खबरहरू बोल्यो।
म अचानक चिरिएँ उसले ओकलेका सीसाहरूबाट । मैले आफूलाई अपराधी होइन, हत्यारा नै सम्भिmएँ । हो मैले प्रत्यक्ष उसको हत्या गरिनँ तर म हत्यारा बनिसकेकी रहेँछु । ऊ मरेछ, मेरो पर्ूवपति । मेरा विछोडिएका छोराछोरीको बाबु । आफ्नी पत्नीको आघातपर्ूण्ा खबर सुनेपछि उसले आफ्नो मूल्य त्यसैमा बगाइदिएछ । मप्रति देखाएको उसको अगाध त्यागले थिचिएर म आलसतालस भएँ । त्यसैत्यसै आफू यति घृणित महसुस गरेँ कि मलाई दिन सुहाउने अब कुनै शब्दै छैनन्, शब्दकोशमा । सयौँ भोल्टको बिजुली मेरो शरीरबाट पार हुँदैछ र मैले अझै सहेर बस्नुछ.. चुपचाप । संवेदनाको गहन ऐनामा मेरो कुरूप अनुहारको प्रतिविम्ब भित्रभित्रै थर्कियो र चर्किएर झर्यापझुरूप भयो । वास्तवमा ऊ मेरोलागि बाँचेको रहेछ । म हिँडेकी सुनेपछि कयौँ महिना बिरामी परेछ । "त्यहाँ रीता छैनन्, मेरो जीवन पनि छैन" भनेर पत्रहरूमा लेख्थ्यो रे । त्यो पसिना, त्यो पीडा, त्यो प्रेम ! जम्मै जिन्दगी उसले समाप्त गरिदिएछ आफ्नो । अर्थात् उसले आत्महत्या गरेछ ।
त्यो निस्वार्थ, स्निग्ध, त्यागी प्रेमको आभाले यतिखेर मेरो आत्मा पत्पत् धुवाइरहेछ । यो समाजको संरचना, आमाबाबु, छोराछोरी, यी शरीरका हरेक अङ्गहरू, सबै थुपारेर आगो लगाउनुजस्तो ताप छ भित्र तर म खरानी हुन सकिरहेकी छैन । यताको सानो घरबार, श्याम र सुमन । मीलेको गृहस्थी, शान्त श्याम, सबै हेर्छु यी परका टुहुराहरूकी आमा, जसले आमा मात्रै होइन, बाबु पनि खोसेकी छे । तिनीहरूको अधुरो स्नेह कल्पिन्छु र तानिन्छु सधैँ । बीचमा एउटी हत्याराको बोझ बोकेर हिँडिरहेँछु ।
मेरो आत्मसंयम, मेरो खेलाँची मनोदशा, शरीरमोह वा आघातको सजायले टुट्न लागेको डोरीजस्तो छ । म ड्रि्रेसनको घोर खाल्डोमा दिन प्रतिदिन धकेलिँदैछु । वर्षौं बिताइसकेँ । एउटै प्रश्नले पिटिन्छ- ऊ किन मर्यो - मैले उसलाई मारेँ वा उसले उसैलाई मार्यो - मलाई त जीवनभर मेरै जिन्दगीले मारिरहेछ । तैपनि यो पापी आत्मा आफैँलाई सान्त्वना दिन्छ घरिघरि । अब कुनै त्यस्तो मौका आउँदैन । नत्र सोध्ने थिएँ उसलाई- किन मर्यौ तिमी - बाँच्नु त जसरी पनि पथ्र्यो तिमीले अनि भन्ने थिएँ.. तिमी नमरेको भए हुन्थ्यो मेरोलागि पनि । -ज्योति ज·ल -विराटनगर- Source: Madhupark
पात्र परिचय:
१. लिंग – महिला, उमेर – पच्चिस वर्ष , शिक्षा – स्नातकोत्तर, पेशा – विध्यार्थी,
पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट , कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधार
२. लिंग – पुरुष, उमेर – छब्विस वर्ष , शिक्षा – स्नातकोत्तर , पेशा – जागिरे
कपाल रंगाएको खैरो, रंग गहुँगोरो। नाम थाहा नभएपनि हुन्छ।
: पहिलो दिन: केटाकेटी विच परिचय त्यसपछि सामान्य बोलचाल भयो। केटी लजाएर लुकिलुकी केटालाई हेरिरहेको थिई तर केटो सिधा नजरले एकोहोरो हेरेरहेको थियो।
: दोस्रो दिन: केटा र केटीबिच साँझको समयमा भेटघाट भयो। केटा बोल्यो – कति पढ्दैछौ? ……………….ओहो! धेरै पढ्नुपर्छ, केहि बन्नुपर्छ, स्वाभिमानी हुनुपर्छ। जमाना कहाँबाट कहाँ पुगिसक्यो। तिमी पनि अघि बढ्नुपर्छ। केटी केही बोलिन, सुनी र केटाबाट प्रभावित भई।
: तेस्रो दिन: तिमीलाई यो छोटो कपाल असाध्यै सुहाएको छ भन्दै केटाले गफ शुरु गर्यो। लामो कपाल झन्झट हो अहिलेको ब्यस्त समयमा। अहिले महिलाहरुले श्रृंगारमा हैन ब्यक्तित्व विकासमा जोड दिनुपर्छ। श्रृंगारले महिलाहरुलाई पुतली झैं बनाएको छ। श्रृंगार त त्यस्ता महिलाले गर्छन जो अरुमाथि (पुरुष) निर्भर रहन चाहन्छन् र श्रृंगारलाई सिंढी बनाएर चढ्छन्। जो महिला स्वाभिमानी हुन खोज्छे र उसले श्रृंगारमा हैन ब्यक्तित्व विकासमा जोड दिन्छे। तिमीले श्रृंगारलाई महत्व नदिएको देख्दा मलाई सार्है खुसी लाग्यो। म तिम्रो यो सादा तर सुन्दर ब्यक्तित्वको प्रंशशा गर्छु। केटी केटाका कुरा सुनेर दंग परी। उसको विचारसँग कुनै एउटा केटा साथीको विचार मिलेको देखेर।
: चौथोदिन: भेट हुने बित्तिकै केटाले भन्यो – तिमी किन कतै जागिर खोज्दैनौ? केटीहरुको यहि बानी खराब, जागिर गर्नु छैन, लोग्नेले पालिहाल्छ भन्ने सोच्छन्। म त मेरी स्वास्नीलाई मरे पाल्दिन, आँफैले आँफैलाई पाल्नुपर्छ। एउटा राम्रो कार्यलायले मान्छे खोजिरहेको छ, तिमी त्यसमा try गर। मलाई विश्वाश छ, त्यो काम तिमीले नै पाउनेछौ। केटाले केटीलाई आँफै अफिस लिएर गयो र केटीले गर्नुपर्ने सबै काम कुरा सिकाएर केटीलाई घरसम्म छाडिदियो।
: पाँचौदिन: केटा आयो, हालखबर सोध्यो। यो पाइन्टमा तिमीलाई खुब सुहाएको छ। पाइन्ट लगाउन पनि सजिलो हुन्छ। फेरी हरेक मान्छे जस्तै आइमाइ मान्छे पनि जे इच्क्षा लाग्छ त्यो लाउन स्वतन्त्र हुन्छे। आइमाइले चाँहि सधैं बाह्र हातको सारी नै बेर्नुपर्छ भन्ने छैन नि ! जे होस तिमीलाई पाइन्ट सुहाउँछ, तिमी सधैं पाइन्ट लाऊ है, केटाले भनेको कुरा केटीले सुनिरही।
: छैठौदिन: केटाको औंलामा ब्यान्डेज थियो। घाउ नभएको हातमा एउटा झोला थियो। केटा र केटीको बाटोमा भेट भयो। केटीले अत्तालिएर सोधी – हातमा के भयो? केटाले मुस्कराएर जवाफ दियो – चुलेसीले हात काट्यो, बिहान तरकारी काट्दा। औषधी लाएको छु ठिक भइहाल्छ नी! केटीले भनी – चुलेसी चलाउन नजान्नेले किन चलाएको त? केटाले भन्यो – अरे मलाई चुलेसी चलाउन किन आउँदैन? त्यो त भर्खर धार लगाएको चुलेसी थियो, फेरी मेरो ध्यान पनि अन्तै थियो, त्यहि भएर पो काटेको त। म सधैं खाना बनाउँछु, मलाई राम्रो खाना बनाउन आउँछ। के सोचेको तिमीले म त घरको सब कामगर्छु, कुचो लाउनेदेखि लुगा धुनेसम्म मलाई यो कुरामा कुनै लाज लाग्दैन बरु गर्व लाग्छ। मान्छेहरु यो केटाको काम हो केटीको काम भन्छन् तर म त काम केवल मान्छेको हुन्छ भन्ने सोच्छु। कोहि यसलाई मेरो नामर्दिपन भन्छन् भने भन्दैगरुन्।
: सातौंदिन: केटाले अर्की एउटी केटी लिएर आयो र साथी भनि परिचय गरायो। एकछिनको गफगाफपछि केटाले भन्यो, “मानिसहरु अहिले जमानामा आएर पनि केटा र केटीलाई सँगै देख्ने बित्तिकै नानाथरी कुरा काट्न थाल्छन्। मलाई तिनिहरुको वास्ता छैन म त केटा र केटी श्रीमान् र श्रीमती, प्रेमि-प्रेमिका, दाजु-बहिनी, बाउ-छोरी बाहेकको नाता मित्रता पनि हुनसक्छ भन्ने विचार राख्छु। मेरो केटा मात्र हैन केटी पनि साथी छन्।
: आठौंदिन: “ल बधाइ छ, अब मलाई लड्डु खुवाउँ” केटाले परबाट नै भन्यो। “किन र? के खुसीमा?” केटिले सोधी। “तिमीले जागिर पायौ त्यही खुसीमा नि”, केटाले भन्यो। “मलाई अहिले अलि अप्ठेरो लागिरहेको छ। अफिसमा त साँझ सात बजेसम्म काम गर्नुपर्ने रहेछ, म छोरी मान्छे, मान्छेले कुरा काट्लान् रातबिरात……” केटाले केटीलाई बिचमै रोकेर भन्यो, “यो २१औं शताब्दि हो। नबिराउनु नडराउनु। आफ्नो काम भएपछि केको रातबिरात? लोग्ने मान्छेले चाँही रक्सी धोकेर रातको एक बजे आएपनि केही नहुने आइमाइ मान्छेले चाँही काम गरेर सात बजे फर्कंदा कुरा काट्ने? त्यस्ता कुरा काट्ने मान्छेलाई त मुख भरीको जवाफ पो दिनुपर्छ। केटाको कुरा सुनेर केटी ढुक्क भई।
: नवौदिन: केटा गंभिर थियो। आज उसले आफ्नो सबभन्दा मनपर्ने पोशाक लगायो। अत्तर छर्क्यो। बिहान भरी ऐना नै हेरिरह्यो। केटाले केटीलाई फोन गर्यो। केटाले केटीलाई एउटा पार्कमा भेट्यो र आफूले केटीलाई असाध्यै मन पराएको, प्रेम गर्ने गरेको र भविष्यमा विवाहगर्न चाहेको सबै एकैचोटी बतायो। केटीले पनि केटाको बिचारबाट आफू प्रभावित भएको र उसको प्रेम स्विकार गरेको वताई।
===============================
अब केटा र केटी प्रेमी प्रेमीका भए। / मध्य
===============================
: पहिलोदिन: मिठा मिठा कुरा भए। प्रेमी प्रेमीका पार्कतिर गए। फिल्म हलतिर गए। दिन रमाइलो भयो।
: दोस्रोदिन: “केटीहरुलाई त कपाल पालेकै सुहाउँछ, गर गहना लाएकै राम्रो देखिन्छ, श्रृंगारमै नारी खुल्दछे। पहिरनमा पनि केटीहरु सतर्क हुनुपर्छ” प्रेमीले भन्यो। प्रेमिकाले शशंकित भएर प्रेमीको आँखामा हेरी। हत्तनपत्त प्रेमीले भन्यो, “मेरी आमा, गाउँका मान्छेले कुरा काट्छन्। एकदिन हाम्रो बिवाह हुन्छ। तिमीले आमासँग मिलेर बस्न पनि त आमाको मन राख्नै पर्यो नि। त्यहि भएर तिमी अब अलिक व्यवहारिक वन, आफूमा change ल्याऊ।” प्रेमिकाले शशंकित भएर प्रेमीको आँखामा हेरी। हत्तनपत्त प्रेमीले भन्यो, “मेरी आमा, गाउँका मान्छेले कुरा काट्छन्। एकदिन हाम्रो बिवाह हुन्छ। तिमीले आमासँग मिलेर बस्न पनि त आमाको मन राख्नै पर्यो नि। त्यहि भएर तिमी अब अलिक व्यवहारिक वन, आफूमा change ल्याऊ।” केटीले खै के सोची, ऊ यो कुरामा सम्झौतागर्न तयार भई।
: तेस्रोदिन: प्रेमी र प्रेमीकाको अचानक बजारमा भेट भयो। प्रेमिका एउटा अर्कै केटासँग थिई। कुरा भएन उनीहरु छुट्टिहाले। बेलुका प्रेमीले प्रेमिकालाई फोन गर्यो। प्रेमिकाको हालखबर, चिया, खाजा, खाना खाए नखाएको केही सोधेन सिधै बजारमा देखिको केटाबारे सोध्यो। प्रेमिको आवाजले ऊ त्यो केटाको बारेमा जान्न हतारिएको संकेत गर्थ्यो। प्रेमिकाको मनमा चीसो पस्यो तर पनि जवाफ दिन थाली तर उसले जवाफ दिनु अगाडि नै प्रेमी बोल्यो, “सुन, अब तिमी मेरी मात्र हौ, तिमी अरु कोही केटासँग बोलेको हाँसेको हिडेको मन पर्दैन। त्यसैले अब आइन्दा मैले तिमीलाई अरु कोही केटासँग बोलेको हिंडेको देखें भने ठिक हुँदैन।” प्रेमिकाले पनि सोधी, “तिमी पनि अब मात्र मेरो हौ। के तिमी अब अरु कोही केटीसँग बोल्दैनौ?” प्रेमी हाँस्यो र भन्यो, “मेरो कुरा अलग हो, म छोरामान्छे हुँ।” प्रेमिको स्वाभिमानले उसलाई घचेट्यो र उसले भनी, “न म तिमीलाई मेरो सम्पति सोच्छु न तिमी मलाई यो सोच्ने भूल गर भन्ने चाहन्छु। म कोसँग बोल्नुपर्छ, कोसँग हिड्नुपर्छ यो कुरा म आँफै निर्णय गर्छु। तर अँ एउटा कुरा दिउँसो तिमीले मसँग देखेको केटा मेरो दाजु हो र म मेरो दाजुसँग हिडिरहेकी थिएँ।” यति भनेर प्रेमिकाले फोन राखिदिई।
:चौथोदिन: प्रेमीले प्रेमिकालाई फूल दियो र माफी माग्यो। प्रेमीका एकछिन रिसाइ तर प्रेमीले आफूले उसलाई धेरै माया गर्ने गरेको हुनाले उसमा इर्ष्या उत्पन्न भएको भनेर भनेपछि प्रेमिका हाँसी।
: पाँचौदिन: अफिसले प्रेमिकाको बढुवा गर्यो। प्रेमीभन्दा प्रेमिकामाथि पुगी। समारोहमा सबले प्रेमिकालाई बधाइ र हौसला दिए। प्रशंशा गरे। प्रेमी समारोहमा उपस्थित थिएन। त्यो दिन प्रेमीले अफिसमा बिदा लिएर कोठा थुनेर डेरामानै बितायो।
: छैठौंदिन: प्रेमिकाले प्रेमीको अनुपस्थितिबारे सोधी, प्रेमीले कारणमा व्यस्तता जनायो। “अब त तिमीलाई मैले ‘म्याडम’ पो भन्नुपर्ने भयो हैन त?” उपहाँसको स्वरमा प्रेमीले भन्यो।
: सातौंदिन: प्रेमीले आफूलाई घरवाट बिवाहको दवाव आइरहेको र आफूले पनि बिवाहगर्ने सोच बनाएको कुरा प्रेमिकालाई बतायो। प्रेमीका पनि तयार भई। रातो सारी, गरगहनाले झकिझकाउ, ओठमा लाली, आँखामा गाजल, हातमा चुरा, पाउमा पाउजु, प्रेमीकाले मानौं चोला नै फेरेको थिई। बिवाह भयो। अब उनिहरु श्रीमान र श्रीमति भए।
===========================
अन्त्य
===========================
पहिलोदिन: बेहुला बेहुली पलङ्गमा सँगै बसेका थिए। बेहुलाले बेहुलीको घुम्टो उठाएर, चिउँडो समाएर अनुहार हेरेन, सायद सधैं हेरिरहेको मुहार भएर पनि होला। “अब तिमी मेरी श्रीमती र कसैकी बुहारी भएकी छौ। तिमीले आफ्नो सँस्कृति मानमर्यादा सबैकुराको पालना गर्नुपर्छ, एउटी कुशल श्रीमती बन्ने नै अब तिम्रो एकमात्र उदेश्य हुनेछ। मैले तिमीलाई सम्झाइ राख्नु नपरोस” सैनिकका जवानलाई प्रशिक्षण दिएजस्तो गरेर बेहुलाले बत्ति निभाइदियो।
: दोस्रोदिन: बिहानको खाना श्रीमतीले नै पकाई। खाना खाइवरी दुवैजना आ-आफ्नो कार्यस्थलतिर गए। बेलुका लगभग उहि समयमा फर्किए तर नापेर ठिक्क भन्ने हो भने श्रीमती नै अघि फर्कि। श्रीमतिले नै चिया वनाई तर खाना पकाउने पालो श्रीमानको भनेर भनी। “ल के कुरा गरेको तिमीले स्वास्नी हुँदाहुँदै मैले खाना पकाउने, यस्तो भयो भने त तिमीसँग बिहे गरेको के फाइदा?” श्रीमानले हाँस्दै भन्यो। श्रीमती छक्क परी। चुप लागौं कि भन्ने सोची तर बोली, “तर तिमी त खाना आफै बनाउँछु भन्थ्यौ त” “ए त्यो त एक्लै हुँदा, गृहमन्त्री पनि सम्हाल्नै परो नि तर अब त म प्रधानमन्त्री तिमी गृहमन्त्री। अरुले सुने भने लाजै हुन्छ, स्वास्नी हुँदाहुदैँ लोग्नेले खाना बनाउने, वरपरको डेरावालको अगाडि बेइज्जत नगर है” श्रीमानले हाँसी हाँसी जिस्किदै आफ्नो कुरा भन्यो। बिवाह अगाडि त भनेनौ नि यो कुरा” श्रीमतीले गम्भिर भएर कडा स्वरमा भनि। “ए! त्यतिबेलाको त कुरा नै अर्को थियो” छाती फूलाउँदै त्यति भनेर रिमोट हातमा लिएर श्रीमान टि.भी. हेर्न थाल्यो।
: तेस्रोदिन: श्रीमती अफिस जान ठिक्क परी। श्रीमानले सोध्यो, “कँहा जान लागेकी तिमी?” श्रीमतीले भनी, “अफिस। किन तिमी जाँदैनौ?” श्रीमानले भन्यो, “हैन म जान्छु तर तिमी आज अफिस नजाऊ। आज मेरा साथीहरु तिमीलाई हेर्न आउँदैछन्।” श्रीमतीले भनी, “तिम्रो साथीहरुलाई बिदाको दिन बोलाऊ नत्र साँझमा बोलाऊ। म तिम्रो साथीहरुको लागि अफिस छाड्न त सक्तिन।” श्रीमानले थप्यो, “साथीहरु साँझमा नै आउँछन् तर म चाहन्छु दिउँसो तिमी व्युटिपार्लर जाऊ, कपाल वनाऊ, आइव्रो बनाऊ, मेकअप गरेर ठिक्क परेर बस, साथीहरुले पनि भनुन् वाह! अँ सारी नै लगाउ है, बरु लेउ यो पैसा। दिउँसो सारी पनि किन्नु” श्रीमतीले तुरुन्त प्रतिक्रिया दिई, “ओ! के म गुडिया हुँ? चिटिक्क परेर बस्ने? कि म राम्री छैन र मैले मेकअप गर्नुपर्ने अँ बरु यसो गरौं म पनि मेरा साथीहरुलाई बोलाउँछु। आऊ तिमी पनि अफिस नजाऊ। पार्लर जाऊँ, दार्ही जुंगा बनाऊ, फेसियल, मसाज गर। राम्रो बन। मेरा साथीहरुले पनि भनुन् वाह! बेलुका सवै मिलेर गेटटुगेदर गरौं। रमाइलै हुन्छ। ए! बरु तिमी पनि दौरा, सुरुवा अब आज एकदिनमा त सिलाइ हुँदैन, भाडामा कँहा पाइन्छ तिमीलाई थाहा नहोला। त्यहि भएर दिउँसोभर त खोज्न लाग्छ नै। अँ बरु मलाई सारी किन्न दिएको पैसा तिमीलाई नै काम लाग्छ। त्यहि पैसाले तिमी भाडाको दौरा सुरुवाल किन्नु। कस्तो हुन्छ? यसो गर्दा।” श्रीमतीले यति धेरै कुरा एकछिन पनि नरोकिकन भनि अनि आफ्नो व्याग बोकेर अफिसतिर लागी। श्रीमान रिसायो।
: चौथोदिन: श्रीमानले पाँचसात जोर लुगा श्रीमतीका अगाडी राखिदियो, “यो मेरो लुगा धोइदेऊ त” “मेरो टाउको दुखेको छ। फेरी तिम्रो पनि आज विदा नै हो” “म क्रिकेट हेर्छु। सिटामोल खाऊ न, त्यो जाबो टाउको दुखेको त निको भइहाल्छ नि। तिमी आइमाईहरुले त्यो जाबो टाउको दुखेको त पचाइ हाल्छौ नि” “तिमी त आफ्नो लुगा आफै धुने मान्छे हैनौ?” “त्यो त विवाह अगाडि अब त तिमी हुँदाहुँदै कँहा?” “पल्लो कोठाको रबीजी त बिवाहपछि पनि आफै लुगा धुन्छन् त”, “उ त जोइटिंग्रे हो नि त!” , “उसो भए तिमीले मलाई पोइटिंग्रे बनाउन खोजेको?”, “हैन कर्तव्य परायण श्रीमती”
: पाचौंदिन: रातको नौ बजिसकेको थियो। श्रीमान सोफामा बसेर टि.भी. हेरिरहेको थियो। श्रीमती आई श्रीमानले घडि हेर्यो र आँखा तर्यो। श्रीमानले चर्को स्वरमा भन्यो, “यहि हो घर आउने समय? कँहा थियौ? के गर्दै थियौ? घरमा पनि मान्छे छन् तिमीलाई थाहा छ कि छैन? मलाई भोक लागिसक्यो, घरमा खाना पाकेको छैन। रात बिरात घर आएर वरपरका मान्छेले नानाथरीका कुरा गर्छन्। आइमाइ मान्छे भएर रात बिरातको त ख्याल राख्नुपर्छ।”, “मेरो अफिसमा मिटिङ्ग थियो। यो कुरा त तिमीलाई पनि थाहा थियो। तिम्रो त चार बजे नै विदा भा’को हैन। भोक लागेको भए खान पकाएको भए भैहाल्थ्यो नि। भान्सामा सबथोक छ। म आफ्नो काममा थिएँ, घुम्न गएर ढिलो आएको हैन, र घुमेरै ढिलो भएको भए पनि तिमीसँग म डराउनु पर्ने केहि छैन। तिमी रातमा घर आउँदा मैले कहिल्यै सोधिन त”, “मेरो कुरा अलग हो”, “किन? तिमी फलामको मान्छे हौ?”, “हैन तर म लोग्ने मान्छे हुँ” , “त्यही त मान्छे न हौ भगवान त होइन। “जेहोस तिमी जागिरबाट राजिनामा देऊ। यसरी राती राती आइमाइ मान्छे हिंडेको राम्रो होइन म कमाई हाल्छु। म पाल्छु तिमीलाई। भोलीबाट तिमी अफिस जानुपर्दैन”, श्रीमती तत्काल बोलिन। फोनको घण्टि वज्छ। श्रीमतीले फोन उठाई। “ए, निकिताजी, …… अँ मैले त्यो फाइल यही लयाए… ए भोली अफिसमा नै छलफल गरौला त्यसबारेमा… ल त, शुभरात्री” श्रीमतीले फोन राखी।
: छैँठौदिन: बिदाको दिन। दुवै घरमा टि.भी. हेरिरहेका। रिमोट श्रीमानले लिएको छ।, “रिमोट देउ त। एकछिन sports channel हेरौं” श्रीमतीले भनी। “के आइमाइ भएर sports हेर्छौ, ल यो हेर(अर्को च्यानल लगाइदिएर) यसमा तिमीलाई काम लाग्ने सिरियलहरु दिन्छ। सब आइमाइ यहि त हेर्छन् नि। तिमी यसो रामायण महाभारत हेर्ने गर। त्यसवाट तिमीले थाहा पाउँछौ आइमाइको काम कर्तव्य अधिकार।”
: सातौंदिन: घरमा श्रीमानका आफन्तहरु छन्। श्रीमती भान्छामा खाजा बनाउदैछे। “मलाई आफन्तको अगाडि तिमी नभन्नु, हजुर भन्नु” “किन?” श्रीमतीले आश्चर्य चकित भएर सोधी। “नत्र श्रीमतीले हेपेर राखेकी रहिछ भन्छन् क्या” , “ खै त अस्ति मेरो आफन्तको अगाडी तिमीले मलाई तँ नै भन्दा पनि कसैले तिमीले मलाई हेप्छौ भनेर भनेन त! फेरी………..”, “उफ! म लोग्नेमान्छे, तिमी आइमाइ। कत्ति चोटी भन्नु। एकछिन हजुर भन्दा तिमी सानी त हुन्नौ नि।“ , : श्रीमतीले चिया खाजा लिएर गई। आफन्तका अगाडिराखी। “ओहो! पानी ल्याउन बिर्सेछु, यसो गरन भित्र गएर पानी ल्याउन” श्रीमतीले आफन्तहरुलाई खाजा दिदै भनी।
: आठौंदिन: अफिसबाट फर्केर सोफामा बस्दै छेउमा उभिएकी श्रीमतीलाई श्रीमानले भन्यो, “सब साथीहरु बाउ भइसके। आफ्नो भने सुरसार नै छैन। तिमी एकचोटी डाक्टरकोमा जाऊ न” , “मलाई पनि बच्चाको चाहना छ तर मैले गर्दा नै बच्चा नभएको भन्ने त हैन नि। भोली दुवैजना गएर डाक्टरलाई देखाउनुपर्छ।” , “म किन जाने? ममा के खराबी छ?” , “अनी ममा चाँहि के कमी छ?” , “ तिमी त आइमाइ मान्छे?” , “तिमी पनि त मान्छे नै हौ।
: नवौदिन: दुवैजना डाक्टरकोमा जान्छन्।
: दशौँदिन: श्रीमान् अफसवाट श्रीमती पहिला नै आइसकेको हुन्छे। श्रीमानको मुहारमा विजयी मुस्कान नाचिरहेको थियो। “आज म एकदम खुसी छु, मेरो बढुवा भयो” श्रीमानले कोट फुकाल्दै भन्यो। , “बधाइ छ। के के मुल्याङ्कन गरेछ अफसले?” , “समयमा अफिस पुग्ने, अफिसमा पुरा समय दिने, बिदा नलिने, इमान्दार आदी आदी” “तर मलाई त जागिरबाट निकालियो” , “के भयो त! म कमाइहाल्छु नि। तिम्रो काम नै के छ र, मिठो मिठो पकाउ, बुढालाई खुवाउ, अफिस पठाउ। दिउँसो घर सफा राख, घर सजाउ। म साँझमा अफिसवाट आउँछु चिया खाजा खुवाउ। तिमीलाई त त्यसैपनि कामै काम” , “तिमीलाई थाहा छ, मलाई अफिस समयमा नपुग्ने, अफिसमा पुरा समय दिन नसक्ने, जहिले पनि बिदा माग्ने भएकोले जागिरबाट निकालियो।“
: एघारौदिन: श्रीमानले सिधै भन्यो, “म दोस्रो बिवाह गर्न चाहन्छु” , “किन?” “मलाई बच्चा चाहियो। म बाउ बन्न चाहन्छु”, “म पनि आमा बन्न चाहन्छु र म पनि दोस्रो बिवाह गर्छु” , “मतलब?” : “मतलब, आज म डाक्टरकोमा गएकी थिएँ।ल यी यो Report बच्चा जन्माउन नसक्ने कमी तिमीमा छ ममा हैन”
: बार्हौँदिन: श्रीमान आफ्ना साथीहरुसँग घरमा गफ गरिरहेको थियो। पहिलो साथी, “यार! बच्चाको पास्नी कहिले खुवाउँछस्?”
: श्रीमान्, “यार आफ्नो भाग्यमा बच्चा रहेनछ”
: दोस्रो साथी, “के भनेको त्यस्तो?” : श्रीमान, “हेर न मेरी श्रीमती बच्चा पाउन सक्दिन। अव बच्चाकै लागि दोस्रो विवाह के गर्नु? गरु एउटा बच्चा नै काख लिनुपर्ला”
: तेस्रो साथी, “चेक गराएको? कि कतै तँ मा नै पो….?”
: श्रीमान, “कँहा यार ममा, डाक्टरहरु पनि जे पनि भन्छन्। म त लोग्नेमान्छे हो नी”
: श्रीमती सबैकुरा सुनिरहेकी थिई।
: तेर्हौदिन: “ यो समबन्ध विच्छेदको कागजपत्र, पढेर साइन गरिदिनु। म तिमीलाई छाड्दैछु” श्रीमतीले कडा स्वरमा भनी।
: “ के? किन joke गरेको?”
: “यो joke हैन, यो साँचो कुरा हो”
: “लोग्नेमान्छे बिना आइमाइ एकपल पनि बाँच्न सक्दिन। के गर्छौ तिमी म बिना”
: “म आफ्नो जीवनको आफै मालिक हुँ। लोगनेमान्छे विना आइमाइ मान्छे बाँच्न सक्छे कि सक्दिन लोग्नेले छाडिदिएकी तिम्री आमालाई सोध।” श्रीमती व्याग बोकेर निस्की। -Source : yetautabata
साँझ परिसकेको छ, बिस्तारै भयाउँकिरी र मच्छेडको संगीतमय साँझ पनि शुरु भैसकेको छ । जेठामासको समय, यतिखेर हामी पाल्पाको दक्षिणी क्षेत्र गोठादीको हात्तिलुङमा छौं । मेची महाकाली साँस्कृतिक प्रतिरोध अभियानको क्रममा हाम्रो प्रतिरोध साँस्कृतिक परिवार गण्डक अभियानको यात्रामा छ । हिजो पश्चिम पाल्पादेखि पूर्वी पाल्पातर्फ थालिएको यात्रा अझैं जारी छ, आज दिनभर बाटोमा हिड्दै गर्दा दिदी प्रगतिसँगको लामो कुराकानी अझैं टुंगिएको छैन । दिदी प्रगति अर्थात् कुश्मा महरा । एकजना जनकलाकार, सफल गायिका, देश र दुनियाँ बदल्ने महान यात्रामा अविचलित यात्रारत एक योद्धा । सायद यतिले मात्रै उनको सबै परिचय पूरा हुदैन । र्सवहारावर्गको धरोहर नेकपा माओवादी पाटीका एक प्रभावशाली, वरिष्ठ नेता कृष्णबहादुर महराकी कान्छी छोरी । वर्ग संघर्षको केन्द्र रोल्पाको महरा परिवार साँच्ची दशवर्ष जनयुद्धको इतिहासमै एउटा आदर्श, उदाहरणीय र सच्चा क्रान्तिकारी परिवार । यही नमुना परिवारकी सदस्य प्रगति पारिवारिक जीवनकै एउटा घुम्तीको वास्तविक कथा सुनाइरहेकी छिन् । जुन दिन स-परिवार उनीहरुले घर छोडे, त्यसपछि त्यो घरमा उनीहरु कहिल्यै फर्किएनन् । घर छोडेका त्यो रात, त्यसबखत उनीहरुको हालत कस्तो थियो ? दिदी प्रगति धाराप्रवाह बोलिरहेकी छिन्, म सुनिरहेछु - "झण्डै ८ वर्षपुग्नै आटेछ । समयले नेटो काटेको पत्तै भएन । त्यतिबेला म १२ वर्षी मात्र थिए । मेरो बाल मस्तिष्कले सबै कुरा त बुभन सक्दैनथ्यो तर एउटा घटनाले बेला-बेला झस्काउछ । त्यो अतित वर्तमान बनेर उभिन्छ । त्यो भयानक दृश्य मेरो आखा वरिपरी घुमिरहन्छ । अहिले पनि विगत सम्झन्छु, एकाएक मनमा प्रश्न उब्जिन्छ-त्यो रात हामीले घर नछोडेको भए……….अवश्य हामीले घर छोडिसकेका थियौं । कहिले फर्किने ? त्यो पनि निश्चित थिएन । बाध्यताको बन्धनभित्र जेलिएर अनिश्चितताको कालो बादलमुनि हराउ"दै हामी निस्कियौं । सदरमुकाम लिवाङकै छेउमै हाम्रो घर थियो । बुवा कम्युनिष्ट भएकै कारण तत्कालिन सरकार र प्रशासनको आ"खाको कसिंगर बन्नुभएको थियो । जनयुद्धको शुरुवात हुनुपूर्व नै बुवा भूमिगत बस्नुपर्ने बाध्यता भयो । जनयुद्धको थालनी भैसकेपछि त झन् पुलिसको बिगविगी बढ्न थाल्यो । त्यसपछिका दिनहरु यति कष्टप्रद बिते कि, मैले शब्दमा व्यक्त गर्न नै सक्दिन । मेरो, भाई निर्माण, दाजु निर्मल र दिदी उन्नतिको पर्ढाई विगर्दै गयो । बुवा घरमा आउने स्थिति नै रहेन । दुश्मनले हप्तामा ३ पटकभन्दा बढी खानतलासी लिने गथ्र्यो । घरमा आमा र हामी चार भाईबैनी गरी ५ जनामात्रै थियौं । हाम्रो लागि पुलिसको गालीगलौज, कुटपीट र धाकधम्की त सामान्य भैसकेका थिए । दानवहरुको हुलले कहिले मध्यरातमा आएर ढोका हान्थे, कोठा-कोठा, बुइगल र भकारी जम्मै हेर्थे । अन्नपात जहा"तही पोखिदिन्थे, केही नभेटेर रीसले मुर्मुरिदै फर्किन्थे । कहिलेका"ही एक दुइजना मात्रै साधारण भेष गरेर आउ"थे । भाइ र मलाई चकलेट, बिस्कुट, कापी, कलम ल्याएर राख्न भन्थे तर हामी केही पनि राख्दैनथ्यौं । त्यसपछि उनीहरु एकआपसमा कानेखुसी गर्दै भन्थे- "माओवादीका बच्चाबच्चीहरु कति बाठा हुन्छन्, यी सालाहरु पनि ठूलो भएपछि माओवादी बन्ने त होलान् यीनलाई……….." हामी यसरी बाचिरहेका थियौं कि मृत्यू हरपल आखै अगाडि घुमिरहन्थ्यो । कतिबेला घरमा आगो लगाइने हो ? कतिबेला गोलीले उडाइने हो ? सन्त्रास र भयको कालो बादल सधैं मडारिरहन्थ्यो । तारबारको जेलभन्दा पनि अझ कठोर जेलमा कैद थियौं हामी । सधैं दुश्मनका भरौटेहरु आएर शारीरिक तथा मानसिक यातना दिइरहन्थे । जब र्सूय अस्ताउदै पश्चिममा हराउथ्यो र कालो रातले पृथ्वीलाई छोप्दै ल्याउथ्यो, हाम्रा मनहरुमा पनि सन्त्रासको कालो बादलले छोप्दै ल्याउथ्यो । जब बिहान हुन्थ्यो, मन केही हलुका त हुन्थ्यो तर घरको भित्तामा मृत्यूपुर्जी टा"सिएको हुन्थ्यो । कहिलेका"ही अज्ञात स्थानबाट बुवाले पठाएका पत्रहरु आउ"थे । हामीलाई ती पत्रले मार्गदर्शन गरिरहन्थे । पत्रहरु प्रेरणा बन्दथे, दुश्मनद्वारा लुछिएका, चुडिएका तनमनहरुमा मल्हमपट्ट िहुन्थे । बुवाले पत्रमा लेख्नुभएको हुन्थ्यो-"अथाह दुःखकष्ट र अप्ठेरोको बीचबाट मात्रै हामी क्रान्तिकारी बन्न सक्छौं । सजिलोमा जो पनि बाच्न सक्छ, रमाउन सक्छ तर कठिन अवस्थामा पनि जीउन सक्नुपर्छ । अवश्य दुश्मनले बेला-बेलामा सताउछ होला, झुकाउन प्रयास गर्ला तर दुःखमा नआत्तिनु, दुश्मनस"ग कहिल्यै झुक्नुहुदैन ।: हामी बुवाले लेखेका पत्रहरु धेरैपल्ट दोहोर्याइ तेहेर्याइ पढ्थ्यौं र दुश्मनले नभेट्टाउने ठाउ"मा लुकाएर राख्थ्यौं । हाम्रो बुवास"गको भेटघाट त्यही पत्रहरु नै हुन्थे । २०५४ साउन २९ गते शुक्रबारको दिन † वर्षायाम भएपनि त्यसदिन पानी परेको थिएन । सा"झपख केहीछिन आधीहुरी चल्यो । आकाशमा कतै-कतै बादलका छिर्काहरु देखिन्थे । घाम नअस्ताउ"दै सदरमुकाम लिवाङ सुनसान भैसकेको थियो । कारण साझ ७ बजेदेखि बिहान ६ बजेसम्म कथित् कप\mर्यू आदेश जारी गरिएको थियो । हामी सधैंझैं त्यससा"झ पनि सबेरै खाना खाएर सुतिसकेका थियौं । त्यो रात मेरो मानस्पटलमा अझैं पनि ताजै छ । सायद, मेरो मस्तिष्क चलचित्रको चक्का हो । चक्का निरन्तर घुम्दै जान्छ अनि हरक्षण ती दृश्यहरु मेरो आखामा क्रमैस"ग आउ"छन् । हामी ओछ्यानमा पल्टिएपनि निदाइसकेका थिएनौं । एक्कासी "ढ्याम्म" कसैले ढोकामा जोडले लात्ती बजार्यो । ढोका हानेको आवाजसगै "ए राडी ढोका खोल ।" को एउटा कर्कश मानवरुपी पशुको आवाज पनि आयो । उफ् ! लामो सुस्केरा हाल्नुभयो आमाले । फेरि पनि कुकुरहरु आए, अब के-के हुने हो ? हाम्रो मनमा सन्त्रास, भय र आक्रोश एकैपटक उब्जियो । बाहिर भयाल, ढोकामा लात्तीले हिर्काउने काम जारी थियो । अश्लिल शब्द बोल्दै राक्षसहरु आगन, करेसा सबैतिर होहल्ला गरिरहेथे । यसबाट पनि स्पष्ट हुन्थ्यो कि दुश्मनहरु धेरै आएका छन् । आमाले बत्ती बाल्नुभयो । हामी चार भाइबैनी पनि उठिसकेका थियौं । अझ यसो भनौं हामी सबै दुष्टहरुको कुटाइको लागि तयार हुदैछौं । "गर्ल्याम्म" ढोका ढलेको आवाज आयो र आवाजस"गै मैमत्त दानवहरु ग्वारग्वारती भित्र छिरे । कोठा, भकारी, बुइगल, भान्साकोठा सबैतिर र्सच गरे । पहिलेभन्दा त्यसदिन आएका दुष्टहरु बेग्लै थिए । कपडा पनि टाटेपाटे, अनुहार देख्दैमा डरलाग्दो मान्छे खाने दानवजस्तो । ३/४ जना आएर आमालाई झम्टे, कपाल लुछ्दै राइफलको कुन्दाले हिर्काउन थाले । अरु २ जना आएर हामी ४ भाइबैनीलाई पनि गालामा बेस्सरी हिर्काए । भाई डाको छोडेर रुन थाल्यो । दुष्टहरुले भाइलाई झन् अरु कुटे । दिदी, दाई र म चुपचाप उभिइरह्यौं । आवाज निकालेर रोयो भने झनै कुटाइ खानुपथ्र्यो । मन रोइरह्यो, आखाभरी आशु भरिएका थिए । दुष्टहरुले आमालाई कुटिरहेको हामीले मुकदर्शक बनेर हेरिरहनुपर्ने भयो । आमालाई कुटेर बेहाल बनाइसकेका थिए । एकछिन कुट्न छोडे । अनि शुरु भयो बकबास ।
"तेरो पोइ कहा छ ?" - थाहा छैन
"छिटो भन कहा छ ?" - थाहा छैन के भनु
"माओवादीका नेता कहा बस्छन् ?- थाहा छैन
"तेरो राडो कहा बस्छ ? - थाहा छैनफेरि शुरु भयो बुट र कुन्दाको काम । केहीछिनपछि बाहिरबाट अर्को राक्षस आयो । सायद त्यो अलि ठूलो हुनुपर्छ । "केटाहरु हो, यसले भन्दिन । आज यो राडीलाई नै सुट गर्नुपर्छ, अनिमात्र सबै कुरा ठिक हुनेछ ।" ए राडी कपडा लगा । केही भन्नु छ भने तेरा छाउरा छाउरीलाई भन, केही दिनुछ भने पनि दिए हुन्छ । अब फेरि तेरो यीनीहरुस"ग कहिल्यै भेट हुदैन बुझिस् । आमातर्फफर्केर ठूलो दानव करायो । आमा मौन रहिन् । "छिटो"
आमाले कपडा लगाउनुभयो । कम्मरमा बा"धेको पर्स फुकाल्नुभयो र दिदीको हातमा राखी दिनुभयो । हुनसक्छ आमा अब कहिल्यै फर्किनु हुनेछैन । हामीबाट आमाको न्यानो काख र माया जबर्जस्ती खोसिदैछ । मैले आमाको आ"खामा हेरे । आ"सु छचल्किएका थिए । सहजै अनुमान गर्न सकिन्थ्यो आमा आपना प्यारा छोराछोरीप्रति जीवनभरिकै असिम माया ममता पोखिरहनुभएको थियो । मलाई झट्ट बुवाको याद आयो । बुवा अहिले कहा के गर्दै हुनुहुन्छहोला - हाम्रो यो हालत, आमाको यस्तो अवस्था…. मुटु भक्कानिएर आयो तर के गर्ने ? आमाको अंगालोमा झुण्डिएर बेस्सरी रुन मन नलागेको कहा" हो र ? तर, बीचमा दुष्ट दानव उभिएको थियो । आमाले धौ-धौस"ग भन्नुभयो- "राम्रोसग बाचेर बसे । नराम्रो काम कहिल्यै नगरे…." आमाको गला अवरुद्ध भयो । बोल्दा बोल्दै दिदी प्रगतिले लामो सास फेरिन् । सायद उनलाई आमाको त्यो शब्द अहिले भर्खर भनेजस्तो लागिरहेछ । मानौं, उनी अहिले दुष्टको पञ्जामा परेकी आमाको अगाडि निरिह भएर उभिरहेकी छिन् । धाराप्रवाह उनको बोलीमा केही भिन्नता आएको छ अहिले । एकपटक खोकिसकेपछि उनले बाँकी वृतान्त फेरि शुरु गरिन्- दुष्टहरुले आमालाई घिसार्दै बाहिर लिए । आमा ˜˜ भन्दै भाइ जोडले चिच्यायो । तर, हाम्रो वेदना सुनिदिने कोही थिएन । पत्थरको जस्तो मुटु भएका दुष्टहरुलाई के मतलब आमाको माया कति हुन्छ - सबै दुष्टहरु बाहिर निस्किए । हामीलाई भित्रै थुनेर दुष्टहरु बाहिर निस्किए । एकैछिनपछि ढोकाको साङ्लो लगाएको आवाज सुनियो । अब सबै कुरा खतम भइसकेको थियो । हामी परिस्थितिले लत्याइएका बेसहारा ४ प्राणी घरभित्रै बेस्सरी रोयौं, करायौं । बाहिर दुश्मनहरु होहल्ला गरिरहेथे । एक्कासी एउटा करायो-"भागी, भागी ए त्यो रण्डी भागी ।" अर्को आवाज आयो-"ठोक ठोक सालेलाई" ड्याङ द्रद्र राइफल पडि्कएको आवाज आयो । आमा द्रद्र हामी घरभित्रैबाट जोडले चिच्यायौं । आकाश खसेर थिचेझैं भयो । खैं त्यो बेलाको पीडा मैले कसरी भनु" - हामी भित्रै छटपटाइरह्यौं । बाहिर राइफल पटि्करहेको आवाज बढिरहेको थियो । कोही मकैबारीमा दौडिरहेको आवाज पनि आइरहेको थियो । दिदीले शंका गर्दै भन्नुभयो-"आमा भाग्नु भएजस्तो छ, आमा भागेको भए उल्टो रिसले हामीलाई नै मार्छन् दुष्टहरुले बरु हामी पनि भागौं ।‘ हामी चारै भाइबैनी घरको पछिल्लो ढोकाबाट सुस्तरी बाहिर निस्कियौं । घरको करेसा हुँदै माथिल्लो बारीमा उक्लियौं र कान्ला-कान्लाबाट लुक्दै पर डाँडामा पुग्यौं । दुष्टहरु घर अगाडि र वरपर नै हल्ला गरिरहेथे । हामी दुष्टहरुको घेराभन्दा बाहिर निस्किसकेका थियौं । साउनको महिना भएपनि आकाशमा बादल देखिदैनथ्यो । डाँडोमा एकछिन सुस्तायौं । जलजलाबाट बहेको चिसो सिरेटोले मुटुसम्म छोएर र्फकन्थ्यो ।
आकाशमा लाखौं ताराहरु टिलपिल-टिलपिल गरिरहेथे । जुनको धिमा प्रकाश धर्तीमा छरिएको थियो । हाम्रो त्यो बेहाल ती निर्जीव जुनताराबाहेक अरु कसैले देखेन । घरबाट त निस्कियौं तर कहाँ जाने - रातको करिब २ बजेको छ । ुरानो बिनाका मौरीझैंु हाम्रो बेहाल थियो । आमालाई के भयो होला ? कतै दुष्टले….. हाम्रो यो हालत, बुवा कहाँ हुनुहुन्छ होला ? हामी ४ भाइबैनीको त्यो बेलाको अवस्था तपाइसँग कुन शब्दले अभिव्यक्त गरुँ - केही उपाय नआएर त्यसै बसिरहेका थियौं, जुनको मधुरो प्रकाशमा नजिकै एउटा कालो वस्तु हिडिरहेको देख्यौं । शुरुमा त पुलिस आयो भनेर झस्किर्यौं तर अलि नियालेर हेर्दा हतियार पनि छैन । पुलिस नभएको निश्चित भएपछि आमा हुनुहुन्छ कि भनि त्यही कालो वस्तुको पछि-पछि दौड्यौं । हामी दौडेको आवाज सुनेर त्यो झन् दौड्यो । दौडाइ आमाको जस्तै लागेर दिदी कराइन् आमा ….. तर त्यो झन्-झन पो दौड्यो । दिदी फेरि पनि कराइन् । "को हो ?"- प्रत्युत्तरमा दौडिने वस्तु करायो । त्यो अरु कोही नभएर आमा नै हुनुहुन्थ्यो । हामी आमा भएतिर हाम फाल्दै गयौं र अंगालोमा बाँधियौं । आमालाई छोपेर लगिसकेपछि हामीले फेरि मिलनको आशा त के कल्पनासमेत गरेका थिएनौं । कहिलेकाही चान्स पनि कस्तो अचम्मको हुँदो रहेछख । दुष्टहरुको घेराबन्दीबाट हामी सबै सकुशल बाहिर निस्किसकेका रहेछौं । दुश्मनद्वारा घरबास लुटिदा, तनमन चिथोरिदा पीडा त अवश्य थियो तर मृत्यूको मुखबाट फर्किएर आएझैं आमालाई पाउँदा खुसीले बेसरी रोयौं । घरमा भने दुष्टहरु आतंक मच्चाइरहेथे । सामानहरु यत्रतत्र फालेको मधुरो आवाज सुनिन्थ्यो । घर छोड्यौं । कहिले फर्किने अनिश्चितताको बन्धनले बाँधेको छ । बिल्कुल थाहा छैन । म भर्खर १२ वर्षिय थिए, भाइ त झन् ९ वर्षो मात्रै थियो । अब हामी कहाँ जाने ? के गर्ने ? तर, एउटै उपाय बाँकी रहेछ । हो, लिवाङस्थित हाम्रो त्यो सानो घर, जसलाई सधैंंको लागि छोडेर हिड्यौं । त्यो भन्दा कैयौं गुणा विशाल घर, लाखौंलाख उत्पीडित, उपेक्षित जनसमुदायको आस्था र विश्वासको धरोहर महान् क्रान्तियात्राको विशाल घर । जहाँ सधैं सन्त्रासको घेराभित्र बाँचिरहनु पर्दैन, खुल्ला आकाशमा पखेटा फट्फटाउँदै उड्ने पंक्षीजस्तै स्वतन्त्र जीउन सकिन्छ ।
त्यही विशाल घरको बाटो रोज्यौं । माडी आपनै धुनमा बगिरहेथ्यो । जलजलाको चिसो सिरेटोले मुटुसम्म छोएर फर्किन्थ्यो । लाखौं ताराहरु हाम्रो अथाह पीडा र क्रन्दनमा असिम माया र सहानुभूतिसहित शीतका थोपा खसालिरहेथे । जुनको मधुरो प्रकाशमा तनमन चिथोरिएका, घरबास लुटिएका हामी ५ प्राणी अस्तित्व, मुक्ति र स्वतन्त्रताको खोजीमा विशाल घरको बाटोतिर हिडिरह्यौं । उनले यति कुरा भनि सिध्याउँदासम्म रातको करिब ९ बजिसकेको थियो । उनको बाल्यकालमा घटेको घटनाको वृतान्त सुन्दा सुन्दै म त कतिपटक रोए, रोए । त्यसबखत जुनको मधुरो प्रकाशमा मैले देखेँ उनको आँखाबाटपनि थोपा-थोपा अश्रुदाना झरिसकेका थिए । -डिल्ली मल्ल "विवश" २०६२ बैसाख १३ (गोठादी पाल्पा) विस्तार Source:Nepal
हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा!
मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!!
थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा!
मैले पनि त भोको पेट र लाज छोपेकै छु!!
निधार भरि तिमीले अन्न र अवीरको टिका लाउदा!
रगत र पसिनाले मुछिएको माटोको टिका लाएकै छु!!
रमाउदा तिमीले बाहिरी सस्कृतिहरुमा!
नेपाली पन र नेपाली सस्कृतिमा नाचेकै छु!!
त्यसैले साथी खाते नभन्नु है घरि-घरि!
मैले पनि त आफ्नै संसार सजाएकै छु!!
यो भुमिमा तिमीले जस्तो गर्यौ उसै गरी!
नेपाल आमाको दश धारा दुध चुसेकै छु!!
पछारिन खोज्दा बिदेशी वर्दिका बुटहरु यहाँ!
विशालु काडा बनी नाकाभरि छेकेकै छु!!
नेपाली हुँ तिम्रै जस्तो अस्तित्व र प्रतिष्ठा छ यहाँ!
गरीबिले पिल्सिएर के भो मुटुभरि देशको माया साचेकै छु!!
-मन्जील दिप शुब्बा (गरिव)
(Source: sayapatri)
भुलेकै छु अतित लाई रितिएकै छ आशु एक्लै छु एकान्तमा
किन याद अरहेछ
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ
किन छल्कि पोखिन खोजिरहेछ
रोकिएकै छ बर्षा किन
परेलि भिझिरहेछ
किन कोहि अइ सताईरहेछ
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको छ !
- सुनी डिम्दुङ
तिमी र म दुवै मिली, सँगसँगै बसौला नि
तिमीलाई नै मेरो न्यानो, अंगालोमा कसौला नि
तिम्रो सिँउदो सजाउने, इच्छा मलाई जागेको छ
तिम्लाई मञ्जुर छैन भने, मै खरानी घसौला नि
तिम्रो मेरो मिलनमा, दुनियाँले कुरा काट्छन्
कुरा काटे के भयो त, दुवै मुग्लान पसौला नि
परिवारले स्वीकार्नेछ, तिम्रो मेरो सम्बन्धलाई
नस्वीकारे दुवै जना, त्रिशुलीमा खसौला नि
- दिलीप कु. कार्की