December 27, 2008

एक बिछोड

Filed under: Story


ऊ सँग मेरो पहिलो भेट ठमेलको एक होटलमा भएको थियो। त्यो बिवाहको उत्सव थियो। चारैतिर झिलिमिली बत्ति बलेका थिए अनि मेरो मन पनि उसलाई देखेर कताकता जगमगाएको थियो। म ऊ सँग परिचयगर्न चाहन्थेँ तर ऊ साथीहरू सँग गफमा मस्त थियो। म बिस्तारै उसको छेउमा गएँ तर बोल्ने साहस भने गर्न सकिन।म धक मानेर त्यहीँ उभिइरहेकी कति सौम्य, कति शालिन अनि कति कोमल मुटु थियो उसको। सम्झँदा मात्र पनि मन विभोर हुन्छ। खै, कतिखेर उसलाई प्रेम गर्न थालेँ आफैलाई पत्तो छैन। पहिलो भेटमा छुट्टिनु अघि उसले आफ्नो फोन नम्बर दिएको थियो। मैले उसलाई फोन गरेँ र हामीले भेट्ने योजना बनायौ। संयोग बस उसको अफिस र मेरो क्याम्पस नजिक थियो। त्यसपछि हाम्रो भेटले तीब्रता पाउन थाल्यो। म बडो ब्यग्रताका साथ उसको प्रतीक्षा गर्थेँ। भेटमा हामी जीवन, राजनीति, साहित्य आदीका बारेमा कुरा गर्दथ्यौँ। मेरा कविताहरू ऊ चाख मानेर पढ्थ्यो र मलाई सधै राजनिति छोड्न आग्रह गर्दथ्यो। म उसलाई हृदयको भित्री तहदेखि प्रेम गर्थेँ। मेरो एक्लो प्रेम, अन्धो प्रेम- उसले बुझ्यो वा बुझेन थाहाभएन। उसको साथ बिताएका हर क्षण मेरा लागि विशेष थिए। मैले उसको साथ सपनाको सुन्दर महलको कल्पना गरेको थिएँ। तर भविष्य त अनिश्चत ……. घरमा मेरो बिहेको कुरो चलेको चाल पाउने बित्तिकै म अताल्लिँदै उसका पुगेँ। मेरो कुरो सुनेर ऊ गम्भिर भयो। निकै बेर हामी दुवै मौन रह्यौँ। त्यो सुन्यता आँधी अघिको हो वा आँधी पछिको मैले खुट्याउनै नसकिरहेको बेला अचानक उसले भन्यो– "म पनि तिमीलाई औधि प्रेम गर्छु, तर मेरो आर्थिक अवस्था तिमीलाई तिमीलाई थाहै छ। म तिमीलाई राम्रो भविष्य दिन सक्तिन। फेरी मेरो दाजुको पनि बिहे भएको छैन। दाजुको बिहे नभए सम्म मेरो बिहेको त कुरै आउँदैन।" उसका यी शब्दले म रन्थनिएँ। मन थाम्नै सकिन र भाक्कानिएर उसको अगाडि नै रोए। मैले मुटु भित्र राखेको मान्छे सँग बिछोडिने समय आयो भन्ने कल्पनाले आगोको लप्का बनेर मेरो सारा शरीर जलाउन थाल्यो। हाम्रो प्रेमको बारेमा मेरो घरमा सबैलाई थाहा थियो। ऊ सँगै बेहे गराउन पनि मेरो परिवार राजी थियो। तर उसले मानेन। ऊ भन्थ्यो- "सुविधामा हुर्केकी तिमीलाई म संघर्षमय जीवन दिन चाहन्न। म तिमीलाई दुखी देख्न सक्तिन किनभने म तिमीलाई प्रेम गर्छु।" मेरो सुख त उसको साथ जीवन बिताउनुमा थियो जुन कुरो उसले बुझ्नै सकेन। "तिमी सँग बिहे नभए म जीवन भर दुखी हुनेछु", मेरो कुरा उसले पत्याएन र आफ्नो अन्तिम निर्णय सुनायो- "तिम्रो परिवारले रोजेको केटो सँगै तिमी बिहे गर!"


अनि मैले ऊ सँग भनेका सबै शब्द सत्य भए। बिहे पछि म सुनको पिजडामा कैद भएँ जहाँ मेरा नयाँ आफन्तहरूद्वारा मेरा सपनाहरूको नित्य हत्या हुनथाल्यो। उँचो घरको बिग्रिएको छोरो सुधार्न मेरो भर्ना भएको रहेछ। र, म आशा गरिएका नतिजा ल्याउन असमर्थ भएँ। बिहेले मेरो जीवनको पूर्णतया नाश गर्यो। शरीर भरी छरिएका निल डाम शरीर भरी छरिएका निल डाम र मुटु भित्र गडेका असंख्य शब्द बाणहरू आज यति सामान्य लाग्न थालेका छन् कि मानौ सास फेरे जस्तो होस्, खाना खाए जस्तो होस्! मेरो बिहे पछि उसले काठमाण्डौं छाडी अन्तै गयो भन्ने सुनेँ। उसको परिवारले पनि मलाई मनपराएको थियो रे तर कमजोर आर्थिक आवस्थाको कारण बिहे गर्न राजी नभएको रे। म अचम्ममा परेँ। उफ! कस्तो प्रेम हो त्यो। साथी, सुख पैसामा हैन प्रेममा हुन्छ, तिमीले किन नबुझेको? हेर म तिम्रो स्नेही काखको कल्पना गर्दै सुनको काँडामा सुतिरहेकी छु। तिमी पनि पक्कै सम्झन्छौ होला नि मलाई र दुखी हुन्छौ होला बिताका दिनको सम्झनामा डुबेर। जिन्दगीको मोडमा कुनै दिन हाम्रो जम्काभेट भएमा म तिमीलाई पक्कै सोध्ने छु- सबैलाई दुखी बनाउने साथी ,कस्तो प्रेम यो तिम्रो ?..कस्तो प्रेम यो तिम्रो ? -कृष्ण पोखरेल (बिवस), साउथ ईराक Source : yetautabata

Comments »

The URI to TrackBack this entry is: http://devdaha.blogsome.com/2008/12/27/p91/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.