December 27, 2008

भ्रम

Filed under: Story

नवीनको परिवार वास्वतमै सुखी किनकि ऊसँग स्थायी जागिर , प्रेमविवाह गरेको श्रीमती सोफी, दुइ वर्षी छोरी विधवा आमा हुनुहुन्छ नवीनले डिग्री पढ्दापढ्दै बीए पढेकी सोफीसँग प्रेमविवाह गरेको थियो पहिलो भेटमा नै सोफीको सुन्दरताले उसलाई मोहित पारेको थियो त्यही सम्बन्ध प्रेमबाट विवाहमा परिणत गर्न सफल भएको थियो समय बित्दै जाँदा सोफीले बीए पास गरिन् डिग्री पढ्न जाने इच्छा व्यक्त गरिन आफ्ना पतिदेवसँग सोफीको डिग्री गर्ने इच्छा पूरा गरिदिन दुई वर्षीय नाबालक छोरीलाई आफैसँग राखेर नवीनले काठमाडौंमा डेरा खोजिदियो दुई आत्मा दुईतिर भए पनि दिननदिनै फोनबाट निकटकता प्रस्तुत गर्दछन् नवीन सोफी छोरीको मम्मी भन्ने शब्द सुन्दा झन् खुशी हुन्छे सोफी छोरी स्मृति पनि मम्मीसँग कुरा गर्न पाउँदा ज्यादै खुशी हुन्छे सोध्छे बाबालाई, बाबा ममीको पढाइ कहिले सकिन्छ ? नवीन छोरीलाई काखमा दिँदै उत्तर दिन्छन्-अब चाँडै नै आउँछिन् तिम्री मम्मी पढाइ सकेर भन्दै छोरीलाई भुलाउँछन्

सानैदेखि मम्मीले छोडेको हजुरआमाको मायाले त्यो सानी बच्चीमा आमाको मायाको कत्ति पनि कमी देखिँदैन देखिओस् पनि कसरी विचरा ती बूढी चौबीसै घण्टा स्मृतिलाई च्यापेरै बस्छिन् यसरी नै समय बित्दै जान्छ नवीन अफिस जाने आउने क्रममा एक दिन एक्कासि उसको साथीले एउटा कुरा सुनाउँछ त्यो उसलाई वाहियात कुरो लाग्दछ तर विस्तार-विस्तार गाउँमा चर्चा चल्न थाल्दछ कि सोफी काठमाडौंमा कुनै अर्कै केटासँग हिँड्छे रे उसका चरित्रका बारेमा पनि त्यस्तै-त्यस्तै कुराहरू ….

यता सोफी काठमाडौंको रमझममा भुलेर होला, उनलाई नवीन, स्मृतिको नै सम्झना आउँछ सोफी अब सोफी हैन निशा बनेकी छे नवीनको पत्नी स्मृतिको ममी नभएर सन्तोषकी प्रेमिका भएकी छे सन्तोष निशा एउटै कक्षामा पढ्दछन् विषय पनि मिल्ने हुँदा उनीहरूलाई सजिलो भएको हो फेरि सन्तोषको बोलीबाट निशा यति प्रभावित भई कि उसले आफ्नी विगतलाई बिर्सी सोची सन्तोषले नै उसलाई सुख दिन सक्छ सधैं यही काठमाडौंमा नै बस्न पाउँछे नवीनसँग के ? त्यही गाउँको घर, बूढी आमाको स्याहार आदि आदि निशा सन्तोषको प्रेममा अन्धी बनी यस्तै यस्तै सोच्न लागि निशा सन्तोषकै घरमा डेरा सरेकी थिई त्यसैले पनि उनीहरूलाई नजिकिन सजिलो भएको थियो निशा सन्तोषको प्रेममा उन्मक्त थिई

बाटोमा गाडी बिग्रिएकाले नवीन रातको .३० बजे सोफीको कोठामा बल्लतल्ल आइपुग्यो तर कोठामा सोफी थिइनन् त्यसपछि नवीन केहीबेर कुर्दा पनि सोफी नआएपछि छोरी लिएर होटलमा जान्छ रातभर निन्द्रा लाग्दैन उसलाई अब डराउन पनि थाल्छ कि कतै गाउँलेहरूले भनेको कुरा साँचो निक्स्यो भने ? निदाएकी छोरीलाई सम्सुम्याउँछ यस्तै-यस्तै कुराहरू सोच्न थाल्दछ कुरा सोच्दा सोच्दै कतिखेर निदाएछ कुन्नि नवीन, विहान पो सुर्यको किरण कोठामा पुगेर उसको निन्द्रालाई व्यूँउझाइदिन्छ छोरी अझै सुतिरहेकी हुन्छे विहानको नित्य कर्म सकेर खानपीन गरी नवीन पूनः सोफीको कोठामा जान्छ तर अझै कोठामा चावी लागेको देखेर भरबेटीसँग सोध्न जान्छ नवीन सोफी कहाँ गई होली भनेर घरबेटीका अनुसार सोफी कोठा छोडेर केही परको घरमा बसेको थाहा पाएपछि नवीन त्यही घर जान्छ यता निशा सन्तोष घाम ताप्दै चेस खेलिरहेका हुन्छन् गेटमा नवीन स्मृतिलाई देखेर निशा छक्क पर्छे अपरिचित मानिस आफ्नो घरमा आएको देखेर सन्तोषले नवीनलाई सोध्छ- कसलाई खोज्नुभयो यहा"ले - सोफीलाई…. वाक्य पूरा गर्न नपाउँदै निशाले भनी-यहाँ कोही सोफी छैन, तपाई जान सक्नुहुन्छ हिँड जाउँ सन्तोष, कस्ता कस्ता मान्छे आउँछन् यहाँ पनि भन्दै सन्तोष निशा घरभित्र पस्दछन् नवीनलाई यो घटना फिल्मजस्तै लाग्छ फेरि बोल्दछ- सोफी तिमीले मलाई चिनिनौं ? यी हेर हाम्री छोरी स्मृति, तिमीलाई भेट्न कति आतुर ? तर उसको आवाज सन्ने त्यहाँ कोही पनि हुँदैन नवीन आँखाबाट आँसु झार्दछ आफ्नो बाबा रोएको देखेर छोरी स्मृति भन्दछे-बाबा किन रूनुभएको ? नवीन जवाफ दिन्छु-हेर छोरी, तिम्री ममीले हामीलाई चिनिनन् नवीन झन् रून थाल्दछ यसैबचि स्मृति भन्छे-त्यस्तो छुच्ची पनि मेरो मम्मी हुन्छ, मेरो मम्मी कति जाती हुनुहुन्छ मेरो मम्मीले मलाई देख्नुभयो भने काखमा लिनुहुन्छ, म्वाइँ खानु हुन्छ मीठा-मीठा कुराहरू दिनुहुन्छ स्मृतिका यस्ता कुरा सेनेर झन् नवीनको भक्कानो छुट्छ आफ्नो भाग्यलाई धिक्कार्दै घरतर्फर्फकन्छ

विभिन्न ठाउँमा घम्ने क्रममा एक दिनन सन्तोष निशा घुम्न भनेर सुन्दर नगरी पोखरा पुग्दछन् यसैबीच निशाले सन्दोषलाई आफू बच्चाको आमा बन्न लागेको कुरा बताएपछि सन्तोष झसंग हुन्छ निशालाई गर्भपतन गर्न सल्लाह दिन्छ यसबीच दुई जनामा वाद-प्रतिवादनन चल्न थाल्दछ बल्ल आएर निशाले सन्तोषको वास्तविक रूप चिन्छे पश्चाताप गर्न थाल्दछे अब नवीन स्मृतिलाई झलझली "खा अगाडि देख्न थाल्दछे,तर अब समय धेरै अगाडि गइसकेको पनि उसलाई थाहा हुन्छ आफूलाई नवीनले पहिले गरेको माया सम्झेर पागलजस्तै हुन्छे अन्त्यमा नवीनलाई चिठ्ठी लेख्दछे

 


नवीन,


मलाई थाहा तिमी मसँग कति रिसाएका छौं भनेर मलाई काठमाडौंको हावालेपागल बनाएको थियो मैले तिम्रो प्रेमलाई लत्याएँ मलाई काठमाडौंको गगनचुम्बी महलमा बस्ने भुतले सताएकोले नै आज त्यसको परिणाम भोग्दैछु तिम्रो सामन्ने आउन नसक्ने भएकाले यो पत्र पठाउँदैछु तिमीसँग क्षमा मागन लायककी छैन तर पनि हुन सक्छ भने मलाई माफ गरिदेऊ हाम्रो प्रेमको निशानी स्मृतिलाई मम्मीको कमी हुन नदेऊ आमालाई मेरो सम्झना सुनाइदेऊ अर्को जुनीमा तिम्रो प्रेमिका भएर जन्मन पाउँ मलाई खोज्ने प्रयास नगर्नु

उही अभागिनी , सोफी

चिठ्ठी पढ्दापढ्दै नवीन बेहोस भएर ढल्दछ एकैछिनमा एक हुल गाउँले आएर नवीनलाई अस्पतालतिर दौडाउ"छन्

- विश्वमणि अधिकारी Source : Tanahunonline

Comments »

The URI to TrackBack this entry is: http://devdaha.blogsome.com/2008/12/27/p92/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.