December 15, 2008

समाचार : Updated Mangsir 30, 2065

Filed under: Hot-News

स्कुल बस दर्ुघटनामा मृत्यु हुनेको संख्या २३,

दीपेन्द्र बडुवाल नारायणगढ, मंसिर २७ - ‘विपिन विद्यँलयकै रमाइलो शिक्ष्ँक हुनुहुन्थ्यो,’ भरतपुर-१२ स्थित हिलबर्ड उच्च मावि कक्ष्ँा ४ का प्रथम छात्र सन्दीप ढकालले शुक्रबार बिहान कुहिरोले ढाकेको सुनसान विद्यँलय चौरमा रु"दै कान्तिपुरसित भने, ‘अन्तिम दिन पनि जोक सुनाउ"दै पढाउनुभएको थियो ।’ उनलेे विपिन बराल सरस"ग बुधबार अन्तिम कक्ष्ँा लिएका थिए । वनभोज सकेर बुटवल फूलबारीबाट र्फक"दै गर्दा नवलपरासी मुकुन्दपुर-६ स्थित कलर्भटमा बस दर्ुघटनामा विपिनसहित नाबालक, विद्यार्थी र शिक्षक २३ जनाले ज्यान गुमाए । ६० जना घाइते छन् । ‘धन्न विपिनले आफ्नो छोरालाई बसको झ्यालबाट फ्या"केर जोगाएछन्,’ स्थानीय सञ्चारकर्मी भूमि चापागाईंले भने, ‘आफूचाहि" रहेनन् ।’ बसले नियन्त्रण गुमाएको थाहा पाएपछि बरालले करिब चार वर्षा छोरालाई झ्यालबाट फ्या"केका थिए । बालक स्वस्थ छन् । बिहीबार सा"झ सवा ८ बजे महेन्द्र राजमार्गको थुम्सी सडकमा दर्ुइ दिनअघिदेखि रहेको ट्याक्टरस"ग ठोक्किएर अनियन्त्रित बनेपछि बस करिब २० फिट तल खोलामा बजारि"दा बस टुक्राटुक्रा भएको थियो । घटनापछि चितवन शोकमग्न छ । अभिभावक र मृतकका आफन्त शोकाकुल छन् । चोकचोकमा भेला भएर र्सवसाधारण रोइरहेका थिए । प्रभातकालमा हि"डेकादेखि, बटुवा र कामकाजीको कुराकानीमा घटनाको पीडा अभिव्यक्त भइरहेको थियो । बालक हुन् या वृद्ध सबैका आ"खा अनि"दा देखिन्थे । रातभर विद्यालय आसपास र अस्पतालमा रुवाबासी चलेको थियो । शोकमा नारायणगढका अधिकांश पसल शुक्रबार बन्द भए । एफएम रेडियोमा लगातार बजेको शोकधुनले सबैलाई कारुणिक बनाइरह्यो । विद्यालय सुनसान छ । घटनामा विद्यालय अवस्थित भरतपुर-१२ का मात्रै १८ जनाको ज्यान गएको छ । स्कुल गेटमा पसल सञ्चालन गर्ने भण्डारा-१ की रिता दुवाली पनि घाइते भएकी छन् । प्रहरी निरीक्ष्ँक प्रकाश मल्लका अनुसार यो चितवनमा भएको तेस्रो ठूलो घटना हो । वषौर्ंपहिले नारायणीमा डुंगा डुब्दा यस्तै क्ष्ँति भएको थियो । करिब चार वर्षघि माओवादीले माडीको बा"दरमुढेमा यात्रुबसमा धराप विस्फोट गराउ"दा ३८ जना र्सवसाधरणको ज्यान गएको थियो । जिल्लावासी ती घटनालाई हृदयविदारक ठान्थे । ‘यो तेस्रो ठूलो घटना हो,’ मल्लले भने, ‘बालबालिका भएकाले सबैको हृदय रोएको छ ।’ भरतपुर अस्पतालमा मृतक, घाइतेका आफन्त र शुभेच्छुकको भीड लाग्दा टेक्ने ठाउ" थिएन । अधिकांश घाइते भरतपुर मेडिकल कलेजमा रहेकाले त्यहा" पनि घुइ"चो थियो । सरकारी अस्पतालको शवगृह बाहिर नपुग्ने कोही थिएन । त्यहा" पुगेका मृतकका आफन्त र साथीसंगी सम्झीसम्झी रोइरहेका थिए । मध्याह्न मैयादेवी कन्या कलेजमा सञ्चालित महायज्ञ स्थगित गरेर पण्डित दीनबन्धु पोखरेल समवेदना व्यक्त गर्न अस्पताल पुगेका थिए । उनले भावुक मुद्रामा भने, ‘अकल्पनीय क्ष्ँति भो ।’ ४० सिट क्षमताको बसमा करिब ८५ जना थिए । तीव्र गतिमा हुइ"क्याएका कारण चालकले सन्तुलन गुमाउन पुग्दा दर्ुघटना भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लेनप्रताप सेनले बताए । सडकमा खरसहित रोकिरहेको ट्याक्टरलाई ठक्कर दिएपछि करिब ४० मिटर पर्ूवतर्फमहेन्द्र राजमार्गमा रहेको कर्ल्भर्डमा ठोक्किएर बस खसेको थियो । चालक जीवन रानाभाट फरार छन् । विद्यालयबाट गएका दर्ुइवटा बसमध्ये अर्कोलाई उछिनेर तीव्र गतिमा उक्त बस कुदेको घाइते विद्यार्थीको भनाइ छ । वनभोजका लागि गएका दर्ुइवटामध्ये छात्राहरू चढेको बस दर्ुघटनामा परेको हो । अपराह्न आफन्तले शव बुझेर सामूहिक दाहसंस्कारको इच्छा व्यक्त गरेका थिए । मृतकका आफन्तले भकाभक शव उठाएर लैजा"दा अस्पताल परिसरमा ठूलो कोलाहल मच्चिएको थियो । भक्कानि"दै भित्तामा टाउको बजारिरहेकाहरूको दृश्य हृदयविदारक थियो । तर्ीथस्थल देवघाटमा लहरै १८ जनाको शव दाहसंस्कार गरिएको थियो । दर्ुघटनामा एकै परिवारका धेरै सदस्य परेका छन् । हिलबर्डका शिक्ष्ँकशिक्ष्ँिका र तिनका परिवार घटनामा परेका छन् । प्रहरीका अनुसार भरतपुर-१२ की शिक्ष्ँिका अप्सरा बराल र उनकी १० वषर्ीया छोरी सिर्जनाको मृत्यु भएको छ । विद्यालयका भाइस प्रिन्सिपल चेतन सेर्ढाईंको परिवारै परेको छ । उनकी श्रीमती उषा र सात वषर्ीय छोरा उचितको मृत्यु भएको छ । शिक्ष्ँिका कमला सुवेदी गम्भीर घाइते छिन् तर उनका दर्ुइ सन्तान १४ वषर्ीया प्रवीणा र ६ वषर्ीय प्रवेगको मृत्यु भएको छ । भरतपुर-१२ का मृतकमा १२ वषर्ीया एलिना आचार्य, १६ की रोजिना राना, १४ आकृति पाठक, १६ वषर्ीय दिव्य फुयाल, ११ वषर्ीया शोनिसा गैरे, १० वषर्ीय रिमु सुवेदी, १२ वषर्ीया निकिता देवकोटा, १२ वषर्ीय दिवस श्रेष्ठ, ५ वषर्ीय सन्ध्या पंज्ञेनी, ५ कक्ष्ँामा अध्ययनरत दीपा सुवेदी छन् । अन्यमा भरतपुर-८ का आमूल अधिकारी, भरतपुर-९ की आयुषी न्यौपाने, भरतपुर-११ की दर्ुगा पौडेल, भनपा-१० की शारदा चापागाईं र शिवनगर गाविसकी जुना भण्डारी छन् । थप उपचार्रार्थ काठमाडौं लगिएकी १२ वषर्ीया छात्रा एन्जिला पौडेलको शुक्रबार दिउ"सो मृत्यु भएको प्रहरीले बतायो । घटनाका ६० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ३० जनाको भरतपुर मेडिकल कलेज, १८ जनाको सरकारी अस्पताल, १० जनाको चितवन मेडिकल कलेज र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । वनभोजबाट फर्केको ग१ख १४५९ नम्बरको बस खोल्सामा तीन टुक्रा भएको छ । अधिकांशको बसमा च्यापिएर मृत्यु भएको थियो । प्रहरीभन्दा अघि यात्रु र स्थानीय बासिन्दाले उद्धार थालेका थिए । उद्धारमा जनपद, सशस्त्र प्रहरी र सहयोगका लागि नेपाली सेना जुटेका थिए । विद्यालयका तीन कर्मचारी हिरासतमा चितवन- पीडित अभिभावक र पीडितका आफन्तले शुक्रबार पत्रकार सम्मेलन गरी विभिन्न माग राखेका छन् । उनीहरूले मृतकको सम्झनामा कम्तीमा २० लाखको कोष खडा गर्न विद्यालय व्यवस्थापनस"ग माग गरेका छन् । पीडित परिवारलाई २५ हजार किरिया खर्च उपलब्ध गराउन माग गरेका छन् । पुरानो ४० सिट भएको बसमा ८० जनाभन्दा बढी विद्यर्ँर्थी चढाउने विद्यँलय व्यवस्थापनमाथि कारबाहीको माग छ । प्रहरीले विद्यालयका एकाउन्टेन्ट बालकृष्ण शर्मा, प्रमोल पौडेल र दिनेश र्घर्तीलाई हिरासतमा लिएको छ । विद्यालयका प्रिन्सिपल लेखनाथ खनाल प्रहरी सर्म्पर्कमा छन् । ‘समयमा प्रशासनले सघाएन,’ पीडित अगुवा उपेन्द्रराज ढुंगानाले आरोप लगाए, ‘मृतकका नामसमेत आफैंले पर्खालमा टा"स्नुपर्‍यो ।’ अभिभावकले स-साना विद्यार्थीलाई वनभोज खान १ सय १५ किमि टाढा बुटवल पठाउनु विद्यालयको गम्भीर गल्ती भएको आरोप लगाएका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै एक सयभन्दा बढी संघसंस्थाले विज्ञप्तिमार्फ समवेदना व्यक्त गरेका छन् ।

December 6, 2008

बस दुर्घटनामा ६ यात्रुको मृत्यु, ५ घाइते

Filed under: Hot-News

बस दुर्घटनामा यात्रुको मृत्यु, घाइते , कृष्ण आचार्य

गोरखा, मंसिर २० - क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेर गोरखा बजार आउँदै गरेको बस शुक्रबार नारेश्वरको झोलुङ्गेमा दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । छत र भित्र कोचाकोच यात्रु बोकेर यहाँ सञ्चालित सडक महोत्सवमा आएको बस झोलुङ्गेमा आएपछि सडकबाट ५० मिटर तल खसेको थियो । कच्ची सडकको खाल्डामा परी बस असन्तुलित बनेर जंगलमा खसेपछि ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा ५० भन्दा बढी यात्रु घाइते छन् । मृत्यु हुनेमा मसेल-१ का १६ वषर्ीय विजय थापा, १२ वषर्ीय विद्यार्थी प्रदीप श्रेष्ठ, १६ वषर्ीय मनबहादुर रम्तेल, ६ की १८ वषर्ीया उषा पुडासैनी, ५ का १० वषर्ीय विद्यार्थी सुशील शाक्य र ताप्लेस्थित निबेल प्राथमिक विद्यालयका ४० वषर्ीय शिक्षक क्षेत्रकुमार श्रेष्ठ छन् । घाइते ५० मध्ये ३० को गोरखा अस्पताल र गम्भीर अवस्थाका २० लाई उपचारका लागि वीर अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ‘क्षमताभन्दा बढ यिात्रु बोकेकाले बस दुर्घटनामा परेको हो,’ गोरखाका प्रहरी नायब उपरीक्षक सुरेश बस्नेतले भने, ‘धेरै घाइतेको टाउको र ढाडमा चोट लागेको छ ।’ घाइतेलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल लगेका थिए । ३० सिट क्षमताको बसले भित्र र छतमा गरी करिब १ सय २० यात्रु बोकेर आएको घाइते यात्रुले बताए । ‘भित्र र छतमा टनाटन मान्छे बोकेर आएको बस खाल्डामा परेपछि तल गुल्टियो,’ घाइते यात्रु योगेन्द्र भट्टले भने, ‘महोत्सवको रमाइलो हेर्न आएको धन्न ज्यान गएन ।’ सदरमुकामदेखि ७ किलोमिटर उत्तरपश्चिमस्थित मसेलको निबेल बजारबाट आएको ग१ख १०११ नम्बरको बसका यात्रु महोत्सव हेर्न आएका थिए । तीमध्ये आधाभन्दा बढी निबेल प्राविका विद्यार्थी थिए । सदरमुकाममा बिहीबारदेखि सडक महोत्सव चलिरहेको छ ।

गोरखा, मंसिर २० - क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेर गोरखा बजार आउँदै गरेको बस शुक्रबार नारेश्वरको झोलुङ्गेमा दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । छत र भित्र कोचाकोच यात्रु बोकेर यहाँ सञ्चालित सडक महोत्सवमा आएको बस झोलुङ्गेमा आएपछि सडकबाट ५० मिटर तल खसेको थियो । कच्ची सडकको खाल्डामा परी बस असन्तुलित बनेर जंगलमा खसेपछि ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा ५० भन्दा बढी यात्रु घाइते छन् । मृत्यु हुनेमा मसेल-१ का १६ वषर्ीय विजय थापा, १२ वषर्ीय विद्यार्थी प्रदीप श्रेष्ठ, १६ वषर्ीय मनबहादुर रम्तेल, ६ की १८ वषर्ीया उषा पुडासैनी, ५ का १० वषर्ीय विद्यार्थी सुशील शाक्य र ताप्लेस्थित निबेल प्राथमिक विद्यालयका ४० वषर्ीय शिक्षक क्षेत्रकुमार श्रेष्ठ छन् । घाइते ५० मध्ये ३० को गोरखा अस्पताल र गम्भीर अवस्थाका २० लाई उपचारका लागि वीर अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ‘क्षमताभन्दा बढ यिात्रु बोकेकाले बस दुर्घटनामा परेको हो,’ गोरखाका प्रहरी नायब उपरीक्षक सुरेश बस्नेतले भने, ‘धेरै घाइतेको टाउको र ढाडमा चोट लागेको छ ।’ घाइतेलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल लगेका थिए । ३० सिट क्षमताको बसले भित्र र छतमा गरी करिब १ सय २० यात्रु बोकेर आएको घाइते यात्रुले बताए । ‘भित्र र छतमा टनाटन मान्छे बोकेर आएको बस खाल्डामा परेपछि तल गुल्टियो,’ घाइते यात्रु योगेन्द्र भट्टले भने, ‘महोत्सवको रमाइलो हेर्न आएको धन्न ज्यान गएन ।’ सदरमुकामदेखि ७ किलोमिटर उत्तरपश्चिमस्थित मसेलको निबेल बजारबाट आएको ग१ख १०११ नम्बरको बसका यात्रु महोत्सव हेर्न आएका थिए । तीमध्ये आधाभन्दा बढी निबेल प्राविका विद्यार्थी थिए । सदरमुकाममा बिहीबारदेखि सडक महोत्सव चलिरहेको छ ।

इराक पठाउने नेपाली गिरोह दुबईमा पक्राउ

Filed under: Hot-News

इराक पठाउने नेपाली गिरोह दुबईमा पक्राउ , देवेन्द्र भट्टराई दोहा, मंसिर २० - असुरक्षित र प्रतिबन्धित गन्तव्य इराकमा नेपाली कामदार पठाउने नेपाली गिरोहको एउटा समूह संयुक्त अरब इमिरेट्सको दुबई सहरमा पक्राउ परेको छ । दुबईबाट २ सय किलोमिटरभित्रको रासलखेमाका बस्तीमा इराक लैजान भनी ठीक पारिएका नेपाली कामदारसँगै उनीहरूलाई बिचल्ली बनाउने एजेन्ट पनि फेला परेका छन् । माओवादीको संयुक्त अरबस्थित भ्रातृ संगठन नेपाल जनप्रगतिशील मञ्चले फेला पारेर ल्याएको यो संजालको गिरोहमध्येका दुईको पासपोर्ट दूतावासले जफत गरेको छ । अबुधावीबाट पत्रकार जाकिर हुसैनले दिएको जानकारीमा गोरखा, पालुङटार घर भई हाल संयुक्त अरबमा कार्यरत दामोदर गिरी, शंकर बोगटी र नारायण लम्सालसमेतले आफूहरू मानव तस्करीको गिरोहमा रहेको मंगलबार अबुधावीमा आयोजित एक पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । लम्साल नेपाल टेलिभिजनमा प्रशारित हुने ‘हेलो नेपाल’ कार्यक्रमका लगानीकर्तासमेत हुन् । एजेन्टहरूले आफ्नो समूहबाट मात्रै दुई वर्षको अन्तरमा तीन सयभन्दा बढी नेपाली इराक गएको र प्रत्येकसँग बढीमा अढाई लाख रुपैयाँसम्म लिइने गरेको बताएका थिए । अबुधावीस्थित नेपाली राजदूत अर्जुनबहादुर थापाले भेटिएका पीडित कामदारलाई घर फिर्ता गर्ने र सम्बन्धित एजेन्टलाई कानुनी कारबाहीका लागि नेपाल पठाउने योजना रहेको जानकारी दिए । इराक मामिला पाकिस्तानस्थित नेपाली नियोगले हेर्ने भएकाले आफूले समस्या समाधानमा सीधा पहल गर्न नमिल्ने राजदूतको भनाइ थियो । एजेन्टले मानव तस्करी गिरोहमा संयुक्त अरबस्थित राजन खतिवडा, विष्णु पाण्डे -चितवन), तेज आचार्य, नरेन्द्र पौडेल -झापा), कृष्ण आचार्य, टेकराज भण्डारी -हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, विष्णु पाण्डेलगायतका व्यक्ति सक्रिय रहेको उल्लेख गरेका थिए । यस्तै नेपालमा दिनेश अर्याल, सुरेश पौडेल, गणेश कटवाल, नेत्रबहादुर थापा, शेरबहादुर थापा -पोखरा), राम कुंवर -चितवन), कृष्णबहादुर पुन -बागलुङ), क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतीश क्षेत्री, टेकबहादुर थापा, जोनी थापा, नारायण ढुंगाना, सुरेश पौडेल, शर्मिला घिसिङ, गणेश कटवाल -बर्दिया) लगायतका एजेन्ट रहेको पनि जानकारी दिइएको थियो । इराकमा भने टेकराज भण्डारी मानव तस्करीमा सक्रिय रहेको एजेन्टले बताएका थिए । पक्राउ परेका एजेन्टहरू लम्साल, बोगटी र गिरीले १० दिनभित्रमा सबैको लागत रकम र फिर्ती टिकट उपलब्ध गराउने कागज गरेका छन् ।

३२ जनाको भिसा एकैपटक रद्द : दोहा- संयुक्त अरब इमिरेट्सको श्ाारजाहस्थित अल्-बद्दाद इन्टरनेसनल कम्पनीमा कार्यरत ३२ नेपाली कामदारको भिसा एकैपटक रद्द गरिएको छ । उक्त कम्पनीमा काम गर्दै आएका केही नेपालीले असन्तुष्टि जनाई काम छाडेकाले उनीहरूको भिसा रद्द गरिएको हो ।