घर छोडेको अन्तिम रात
साँझ परिसकेको छ, बिस्तारै भयाउँकिरी र मच्छेडको संगीतमय साँझ पनि शुरु भैसकेको छ । जेठामासको समय, यतिखेर हामी पाल्पाको दक्षिणी क्षेत्र गोठादीको हात्तिलुङमा छौं । मेची महाकाली साँस्कृतिक प्रतिरोध अभियानको क्रममा हाम्रो प्रतिरोध साँस्कृतिक परिवार गण्डक अभियानको यात्रामा छ । हिजो पश्चिम पाल्पादेखि पूर्वी पाल्पातर्फ थालिएको यात्रा अझैं जारी छ, आज दिनभर बाटोमा हिड्दै गर्दा दिदी प्रगतिसँगको लामो कुराकानी अझैं टुंगिएको छैन । दिदी प्रगति अर्थात् कुश्मा महरा । एकजना जनकलाकार, सफल गायिका, देश र दुनियाँ बदल्ने महान यात्रामा अविचलित यात्रारत एक योद्धा । सायद यतिले मात्रै उनको सबै परिचय पूरा हुदैन । र्सवहारावर्गको धरोहर नेकपा माओवादी पाटीका एक प्रभावशाली, वरिष्ठ नेता कृष्णबहादुर महराकी कान्छी छोरी । वर्ग संघर्षको केन्द्र रोल्पाको महरा परिवार साँच्ची दशवर्ष जनयुद्धको इतिहासमै एउटा आदर्श, उदाहरणीय र सच्चा क्रान्तिकारी परिवार । यही नमुना परिवारकी सदस्य प्रगति पारिवारिक जीवनकै एउटा घुम्तीको वास्तविक कथा सुनाइरहेकी छिन् । जुन दिन स-परिवार उनीहरुले घर छोडे, त्यसपछि त्यो घरमा उनीहरु कहिल्यै फर्किएनन् । घर छोडेका त्यो रात, त्यसबखत उनीहरुको हालत कस्तो थियो ? दिदी प्रगति धाराप्रवाह बोलिरहेकी छिन्, म सुनिरहेछु - "झण्डै ८ वर्षपुग्नै आटेछ । समयले नेटो काटेको पत्तै भएन । त्यतिबेला म १२ वर्षी मात्र थिए । मेरो बाल मस्तिष्कले सबै कुरा त बुभन सक्दैनथ्यो तर एउटा घटनाले बेला-बेला झस्काउछ । त्यो अतित वर्तमान बनेर उभिन्छ । त्यो भयानक दृश्य मेरो आखा वरिपरी घुमिरहन्छ । अहिले पनि विगत सम्झन्छु, एकाएक मनमा प्रश्न उब्जिन्छ-त्यो रात हामीले घर नछोडेको भए……….अवश्य हामीले घर छोडिसकेका थियौं । कहिले फर्किने ? त्यो पनि निश्चित थिएन । बाध्यताको बन्धनभित्र जेलिएर अनिश्चितताको कालो बादलमुनि हराउ"दै हामी निस्कियौं । सदरमुकाम लिवाङकै छेउमै हाम्रो घर थियो । बुवा कम्युनिष्ट भएकै कारण तत्कालिन सरकार र प्रशासनको आ"खाको कसिंगर बन्नुभएको थियो । जनयुद्धको शुरुवात हुनुपूर्व नै बुवा भूमिगत बस्नुपर्ने बाध्यता भयो । जनयुद्धको थालनी भैसकेपछि त झन् पुलिसको बिगविगी बढ्न थाल्यो । त्यसपछिका दिनहरु यति कष्टप्रद बिते कि, मैले शब्दमा व्यक्त गर्न नै सक्दिन । मेरो, भाई निर्माण, दाजु निर्मल र दिदी उन्नतिको पर्ढाई विगर्दै गयो । बुवा घरमा आउने स्थिति नै रहेन । दुश्मनले हप्तामा ३ पटकभन्दा बढी खानतलासी लिने गथ्र्यो । घरमा आमा र हामी चार भाईबैनी गरी ५ जनामात्रै थियौं । हाम्रो लागि पुलिसको गालीगलौज, कुटपीट र धाकधम्की त सामान्य भैसकेका थिए । दानवहरुको हुलले कहिले मध्यरातमा आएर ढोका हान्थे, कोठा-कोठा, बुइगल र भकारी जम्मै हेर्थे । अन्नपात जहा"तही पोखिदिन्थे, केही नभेटेर रीसले मुर्मुरिदै फर्किन्थे । कहिलेका"ही एक दुइजना मात्रै साधारण भेष गरेर आउ"थे । भाइ र मलाई चकलेट, बिस्कुट, कापी, कलम ल्याएर राख्न भन्थे तर हामी केही पनि राख्दैनथ्यौं । त्यसपछि उनीहरु एकआपसमा कानेखुसी गर्दै भन्थे- "माओवादीका बच्चाबच्चीहरु कति बाठा हुन्छन्, यी सालाहरु पनि ठूलो भएपछि माओवादी बन्ने त होलान् यीनलाई……….." हामी यसरी बाचिरहेका थियौं कि मृत्यू हरपल आखै अगाडि घुमिरहन्थ्यो । कतिबेला घरमा आगो लगाइने हो ? कतिबेला गोलीले उडाइने हो ? सन्त्रास र भयको कालो बादल सधैं मडारिरहन्थ्यो । तारबारको जेलभन्दा पनि अझ कठोर जेलमा कैद थियौं हामी । सधैं दुश्मनका भरौटेहरु आएर शारीरिक तथा मानसिक यातना दिइरहन्थे । जब र्सूय अस्ताउदै पश्चिममा हराउथ्यो र कालो रातले पृथ्वीलाई छोप्दै ल्याउथ्यो, हाम्रा मनहरुमा पनि सन्त्रासको कालो बादलले छोप्दै ल्याउथ्यो । जब बिहान हुन्थ्यो, मन केही हलुका त हुन्थ्यो तर घरको भित्तामा मृत्यूपुर्जी टा"सिएको हुन्थ्यो । कहिलेका"ही अज्ञात स्थानबाट बुवाले पठाएका पत्रहरु आउ"थे । हामीलाई ती पत्रले मार्गदर्शन गरिरहन्थे । पत्रहरु प्रेरणा बन्दथे, दुश्मनद्वारा लुछिएका, चुडिएका तनमनहरुमा मल्हमपट्ट िहुन्थे । बुवाले पत्रमा लेख्नुभएको हुन्थ्यो-"अथाह दुःखकष्ट र अप्ठेरोको बीचबाट मात्रै हामी क्रान्तिकारी बन्न सक्छौं । सजिलोमा जो पनि बाच्न सक्छ, रमाउन सक्छ तर कठिन अवस्थामा पनि जीउन सक्नुपर्छ । अवश्य दुश्मनले बेला-बेलामा सताउछ होला, झुकाउन प्रयास गर्ला तर दुःखमा नआत्तिनु, दुश्मनस"ग कहिल्यै झुक्नुहुदैन ।: हामी बुवाले लेखेका पत्रहरु धेरैपल्ट दोहोर्याइ तेहेर्याइ पढ्थ्यौं र दुश्मनले नभेट्टाउने ठाउ"मा लुकाएर राख्थ्यौं । हाम्रो बुवास"गको भेटघाट त्यही पत्रहरु नै हुन्थे । २०५४ साउन २९ गते शुक्रबारको दिन † वर्षायाम भएपनि त्यसदिन पानी परेको थिएन । सा"झपख केहीछिन आधीहुरी चल्यो । आकाशमा कतै-कतै बादलका छिर्काहरु देखिन्थे । घाम नअस्ताउ"दै सदरमुकाम लिवाङ सुनसान भैसकेको थियो । कारण साझ ७ बजेदेखि बिहान ६ बजेसम्म कथित् कप\mर्यू आदेश जारी गरिएको थियो । हामी सधैंझैं त्यससा"झ पनि सबेरै खाना खाएर सुतिसकेका थियौं । त्यो रात मेरो मानस्पटलमा अझैं पनि ताजै छ । सायद, मेरो मस्तिष्क चलचित्रको चक्का हो । चक्का निरन्तर घुम्दै जान्छ अनि हरक्षण ती दृश्यहरु मेरो आखामा क्रमैस"ग आउ"छन् । हामी ओछ्यानमा पल्टिएपनि निदाइसकेका थिएनौं । एक्कासी "ढ्याम्म" कसैले ढोकामा जोडले लात्ती बजार्यो । ढोका हानेको आवाजसगै "ए राडी ढोका खोल ।" को एउटा कर्कश मानवरुपी पशुको आवाज पनि आयो । उफ् ! लामो सुस्केरा हाल्नुभयो आमाले । फेरि पनि कुकुरहरु आए, अब के-के हुने हो ? हाम्रो मनमा सन्त्रास, भय र आक्रोश एकैपटक उब्जियो । बाहिर भयाल, ढोकामा लात्तीले हिर्काउने काम जारी थियो । अश्लिल शब्द बोल्दै राक्षसहरु आगन, करेसा सबैतिर होहल्ला गरिरहेथे । यसबाट पनि स्पष्ट हुन्थ्यो कि दुश्मनहरु धेरै आएका छन् । आमाले बत्ती बाल्नुभयो । हामी चार भाइबैनी पनि उठिसकेका थियौं । अझ यसो भनौं हामी सबै दुष्टहरुको कुटाइको लागि तयार हुदैछौं । "गर्ल्याम्म" ढोका ढलेको आवाज आयो र आवाजस"गै मैमत्त दानवहरु ग्वारग्वारती भित्र छिरे । कोठा, भकारी, बुइगल, भान्साकोठा सबैतिर र्सच गरे । पहिलेभन्दा त्यसदिन आएका दुष्टहरु बेग्लै थिए । कपडा पनि टाटेपाटे, अनुहार देख्दैमा डरलाग्दो मान्छे खाने दानवजस्तो । ३/४ जना आएर आमालाई झम्टे, कपाल लुछ्दै राइफलको कुन्दाले हिर्काउन थाले । अरु २ जना आएर हामी ४ भाइबैनीलाई पनि गालामा बेस्सरी हिर्काए । भाई डाको छोडेर रुन थाल्यो । दुष्टहरुले भाइलाई झन् अरु कुटे । दिदी, दाई र म चुपचाप उभिइरह्यौं । आवाज निकालेर रोयो भने झनै कुटाइ खानुपथ्र्यो । मन रोइरह्यो, आखाभरी आशु भरिएका थिए । दुष्टहरुले आमालाई कुटिरहेको हामीले मुकदर्शक बनेर हेरिरहनुपर्ने भयो । आमालाई कुटेर बेहाल बनाइसकेका थिए । एकछिन कुट्न छोडे । अनि शुरु भयो बकबास ।
"तेरो पोइ कहा छ ?" - थाहा छैन
"छिटो भन कहा छ ?" - थाहा छैन के भनु
"माओवादीका नेता कहा बस्छन् ?- थाहा छैन
"तेरो राडो कहा बस्छ ? - थाहा छैनफेरि शुरु भयो बुट र कुन्दाको काम । केहीछिनपछि बाहिरबाट अर्को राक्षस आयो । सायद त्यो अलि ठूलो हुनुपर्छ । "केटाहरु हो, यसले भन्दिन । आज यो राडीलाई नै सुट गर्नुपर्छ, अनिमात्र सबै कुरा ठिक हुनेछ ।" ए राडी कपडा लगा । केही भन्नु छ भने तेरा छाउरा छाउरीलाई भन, केही दिनुछ भने पनि दिए हुन्छ । अब फेरि तेरो यीनीहरुस"ग कहिल्यै भेट हुदैन बुझिस् । आमातर्फफर्केर ठूलो दानव करायो । आमा मौन रहिन् । "छिटो"
आमाले कपडा लगाउनुभयो । कम्मरमा बा"धेको पर्स फुकाल्नुभयो र दिदीको हातमा राखी दिनुभयो । हुनसक्छ आमा अब कहिल्यै फर्किनु हुनेछैन । हामीबाट आमाको न्यानो काख र माया जबर्जस्ती खोसिदैछ । मैले आमाको आ"खामा हेरे । आ"सु छचल्किएका थिए । सहजै अनुमान गर्न सकिन्थ्यो आमा आपना प्यारा छोराछोरीप्रति जीवनभरिकै असिम माया ममता पोखिरहनुभएको थियो । मलाई झट्ट बुवाको याद आयो । बुवा अहिले कहा के गर्दै हुनुहुन्छहोला - हाम्रो यो हालत, आमाको यस्तो अवस्था…. मुटु भक्कानिएर आयो तर के गर्ने ? आमाको अंगालोमा झुण्डिएर बेस्सरी रुन मन नलागेको कहा" हो र ? तर, बीचमा दुष्ट दानव उभिएको थियो । आमाले धौ-धौस"ग भन्नुभयो- "राम्रोसग बाचेर बसे । नराम्रो काम कहिल्यै नगरे…." आमाको गला अवरुद्ध भयो । बोल्दा बोल्दै दिदी प्रगतिले लामो सास फेरिन् । सायद उनलाई आमाको त्यो शब्द अहिले भर्खर भनेजस्तो लागिरहेछ । मानौं, उनी अहिले दुष्टको पञ्जामा परेकी आमाको अगाडि निरिह भएर उभिरहेकी छिन् । धाराप्रवाह उनको बोलीमा केही भिन्नता आएको छ अहिले । एकपटक खोकिसकेपछि उनले बाँकी वृतान्त फेरि शुरु गरिन्- दुष्टहरुले आमालाई घिसार्दै बाहिर लिए । आमा ˜˜ भन्दै भाइ जोडले चिच्यायो । तर, हाम्रो वेदना सुनिदिने कोही थिएन । पत्थरको जस्तो मुटु भएका दुष्टहरुलाई के मतलब आमाको माया कति हुन्छ - सबै दुष्टहरु बाहिर निस्किए । हामीलाई भित्रै थुनेर दुष्टहरु बाहिर निस्किए । एकैछिनपछि ढोकाको साङ्लो लगाएको आवाज सुनियो । अब सबै कुरा खतम भइसकेको थियो । हामी परिस्थितिले लत्याइएका बेसहारा ४ प्राणी घरभित्रै बेस्सरी रोयौं, करायौं । बाहिर दुश्मनहरु होहल्ला गरिरहेथे । एक्कासी एउटा करायो-"भागी, भागी ए त्यो रण्डी भागी ।" अर्को आवाज आयो-"ठोक ठोक सालेलाई" ड्याङ द्रद्र राइफल पडि्कएको आवाज आयो । आमा द्रद्र हामी घरभित्रैबाट जोडले चिच्यायौं । आकाश खसेर थिचेझैं भयो । खैं त्यो बेलाको पीडा मैले कसरी भनु" - हामी भित्रै छटपटाइरह्यौं । बाहिर राइफल पटि्करहेको आवाज बढिरहेको थियो । कोही मकैबारीमा दौडिरहेको आवाज पनि आइरहेको थियो । दिदीले शंका गर्दै भन्नुभयो-"आमा भाग्नु भएजस्तो छ, आमा भागेको भए उल्टो रिसले हामीलाई नै मार्छन् दुष्टहरुले बरु हामी पनि भागौं ।‘ हामी चारै भाइबैनी घरको पछिल्लो ढोकाबाट सुस्तरी बाहिर निस्कियौं । घरको करेसा हुँदै माथिल्लो बारीमा उक्लियौं र कान्ला-कान्लाबाट लुक्दै पर डाँडामा पुग्यौं । दुष्टहरु घर अगाडि र वरपर नै हल्ला गरिरहेथे । हामी दुष्टहरुको घेराभन्दा बाहिर निस्किसकेका थियौं । साउनको महिना भएपनि आकाशमा बादल देखिदैनथ्यो । डाँडोमा एकछिन सुस्तायौं । जलजलाबाट बहेको चिसो सिरेटोले मुटुसम्म छोएर र्फकन्थ्यो ।
आकाशमा लाखौं ताराहरु टिलपिल-टिलपिल गरिरहेथे । जुनको धिमा प्रकाश धर्तीमा छरिएको थियो । हाम्रो त्यो बेहाल ती निर्जीव जुनताराबाहेक अरु कसैले देखेन । घरबाट त निस्कियौं तर कहाँ जाने - रातको करिब २ बजेको छ । ुरानो बिनाका मौरीझैंु हाम्रो बेहाल थियो । आमालाई के भयो होला ? कतै दुष्टले….. हाम्रो यो हालत, बुवा कहाँ हुनुहुन्छ होला ? हामी ४ भाइबैनीको त्यो बेलाको अवस्था तपाइसँग कुन शब्दले अभिव्यक्त गरुँ - केही उपाय नआएर त्यसै बसिरहेका थियौं, जुनको मधुरो प्रकाशमा नजिकै एउटा कालो वस्तु हिडिरहेको देख्यौं । शुरुमा त पुलिस आयो भनेर झस्किर्यौं तर अलि नियालेर हेर्दा हतियार पनि छैन । पुलिस नभएको निश्चित भएपछि आमा हुनुहुन्छ कि भनि त्यही कालो वस्तुको पछि-पछि दौड्यौं । हामी दौडेको आवाज सुनेर त्यो झन् दौड्यो । दौडाइ आमाको जस्तै लागेर दिदी कराइन् आमा ….. तर त्यो झन्-झन पो दौड्यो । दिदी फेरि पनि कराइन् । "को हो ?"- प्रत्युत्तरमा दौडिने वस्तु करायो । त्यो अरु कोही नभएर आमा नै हुनुहुन्थ्यो । हामी आमा भएतिर हाम फाल्दै गयौं र अंगालोमा बाँधियौं । आमालाई छोपेर लगिसकेपछि हामीले फेरि मिलनको आशा त के कल्पनासमेत गरेका थिएनौं । कहिलेकाही चान्स पनि कस्तो अचम्मको हुँदो रहेछख । दुष्टहरुको घेराबन्दीबाट हामी सबै सकुशल बाहिर निस्किसकेका रहेछौं । दुश्मनद्वारा घरबास लुटिदा, तनमन चिथोरिदा पीडा त अवश्य थियो तर मृत्यूको मुखबाट फर्किएर आएझैं आमालाई पाउँदा खुसीले बेसरी रोयौं । घरमा भने दुष्टहरु आतंक मच्चाइरहेथे । सामानहरु यत्रतत्र फालेको मधुरो आवाज सुनिन्थ्यो । घर छोड्यौं । कहिले फर्किने अनिश्चितताको बन्धनले बाँधेको छ । बिल्कुल थाहा छैन । म भर्खर १२ वर्षिय थिए, भाइ त झन् ९ वर्षो मात्रै थियो । अब हामी कहाँ जाने ? के गर्ने ? तर, एउटै उपाय बाँकी रहेछ । हो, लिवाङस्थित हाम्रो त्यो सानो घर, जसलाई सधैंंको लागि छोडेर हिड्यौं । त्यो भन्दा कैयौं गुणा विशाल घर, लाखौंलाख उत्पीडित, उपेक्षित जनसमुदायको आस्था र विश्वासको धरोहर महान् क्रान्तियात्राको विशाल घर । जहाँ सधैं सन्त्रासको घेराभित्र बाँचिरहनु पर्दैन, खुल्ला आकाशमा पखेटा फट्फटाउँदै उड्ने पंक्षीजस्तै स्वतन्त्र जीउन सकिन्छ ।
त्यही विशाल घरको बाटो रोज्यौं । माडी आपनै धुनमा बगिरहेथ्यो । जलजलाको चिसो सिरेटोले मुटुसम्म छोएर फर्किन्थ्यो । लाखौं ताराहरु हाम्रो अथाह पीडा र क्रन्दनमा असिम माया र सहानुभूतिसहित शीतका थोपा खसालिरहेथे । जुनको मधुरो प्रकाशमा तनमन चिथोरिएका, घरबास लुटिएका हामी ५ प्राणी अस्तित्व, मुक्ति र स्वतन्त्रताको खोजीमा विशाल घरको बाटोतिर हिडिरह्यौं । उनले यति कुरा भनि सिध्याउँदासम्म रातको करिब ९ बजिसकेको थियो । उनको बाल्यकालमा घटेको घटनाको वृतान्त सुन्दा सुन्दै म त कतिपटक रोए, रोए । त्यसबखत जुनको मधुरो प्रकाशमा मैले देखेँ उनको आँखाबाटपनि थोपा-थोपा अश्रुदाना झरिसकेका थिए । -डिल्ली मल्ल "विवश" २०६२ बैसाख १३ (गोठादी पाल्पा) विस्तार Source:Nepal



