December 24, 2008

हेप्छौ किन ?

Filed under: Poem

हेप्छौ किन जिउदा सडकको पेटी हरुमा!
मैले पनि देश रुदा आशुले आँखा धोएको छु!!
थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा!
मैले पनि भोको पेट लाज छोपेकै छु!!
निधार भरि तिमीले अन्न अवीरको टिका लाउदा!
रगत पसिनाले मुछिएको माटोको टिका लाएकै छु!!
रमाउदा तिमीले बाहिरी सस्कृतिहरुमा!
नेपाली पन नेपाली सस्कृतिमा नाचेकै छु!!
त्यसैले साथी खाते नभन्नु है घरि-घरि!
मैले पनि आफ्नै संसार सजाएकै छु!!
यो भुमिमा तिमीले जस्तो गर्यौ उसै गरी!
नेपाल आमाको दश धारा दुध चुसेकै छु!!
पछारिन खोज्दा बिदेशी वर्दिका बुटहरु यहाँ!
विशालु काडा बनी नाकाभरि छेकेकै छु!!
नेपाली हुँ तिम्रै जस्तो अस्तित्व प्रतिष्ठा यहाँ!
गरीबिले पिल्सिएर के भो मुटुभरि देशको माया साचेकै छु!!
                  -मन्जील दिप शुब्बा (गरिव)
  (Source: sayapatri)

किन यो मन रोइरहेको छ

Filed under: Poem

भुलेकै छु अतित लाई
किन याद अरहेछ
छुटेकै हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ

रितिएकै आशु
किन छल्कि पोखिन खोजिरहेछ
रोकिएकै बर्षा किन
परेलि भिझिरहेछ

एक्लै छु एकान्तमा
किन कोहि अइ सताईरहेछ
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको !

- सुनी डिम्दुङ

अंगालोमा कसौला नि

Filed under: Poem

तिमी र म दुवै मिली, सँगसँगै बसौला नि

तिमीलाई नै मेरो न्यानो, अंगालोमा कसौला नि

तिम्रो सिँउदो सजाउने, इच्छा मलाई जागेको छ

तिम्लाई मञ्जुर छैन भने, मै खरानी घसौला नि

तिम्रो मेरो मिलनमा, दुनियाँले कुरा काट्छन्

कुरा काटे के भयो त, दुवै मुग्लान पसौला नि

परिवारले स्वीकार्नेछ, तिम्रो मेरो सम्बन्धलाई

नस्वीकारे दुवै जना, त्रिशुलीमा खसौला नि

- दिलीप कु. कार्की

आशा

Filed under: Poem

बिबश्ताको भेल् सगेइ महासागरमा हरायो जिन्दगि,
सहानुभुतिको कुनै आवाज नै आयेन,
डुबीरहे गहिरो- गहिरो गहिराइभित्र,
सहाराको डुङगा कसैले खियाउन सकेन

त्यसै बिबश् छु जिउदोलाश जिउन यहा
बिबश् जिन्दगिलाई साथमा लियेर
अझै पनि आशा अनि बिस्वाशहरु आलै छन
कतै सहाराको भिख् पाईन्छकी भनेर

           -बी जे बान्तवा राइ , भोजपुर्, कोशी, नेपाल

पानाको संसार

Filed under: Poem

 माया बस्यो फेरी किन छुट्नु पर्दो होला
केही क्षण बिछोडदिदैमा किन आसु झर्दोहोला
चोखै माया लाए पनि किन बिछोड हुन्छ होला
उनिलाइ नै सम्झी सम्झी यो मन किन रुन्छ होला?

तिम्रो सम्झनाले मलाई तड्पाइ तड्पाइ मार्ने भयो
सुख्खा यि नयन हरुमा साउने झरि झार्ने भयो
यो मन सार्है खुशी हुन्छ सपनिमा आइदिदा
फेरी यो मन रोइ दिन्छ बिपनि मा नपाई दिदा

                       -Navin B.K (China)