December 27, 2008

सीताहरू

Filed under: Story

आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै समय लगायो । त्यहाँबाट बाहिर निस्क्यो । बाहिरको धारामा दाँत माझयो । दाँत माझुञ्जेल पनि उसलाई खोकीले छाडेन । उसले मुख धोयो र सोध्यो- चिया पाक्यो - आज ढिला भइसक्यो । उसले हातको घडी हेरेर भन्यो- ल हेर, नौ बज्न लागिसकेछ । कतिबेला भात खाने र अफिस जाने -
म केही बोलिँन । किनभने यी वाक्यहरू हरेक दिन मैले सुन्दै आएकी छु - टेप रिकर्डरझैँ । उसलाई चिया दिएँ । हतारहतार चिया खाएर ऊ भात खान बस्यो । भात राम्ररी पाकिसकेको थिएन । ऊ अचानक जङ्गियो- यस्तो पनि हो । जाबो भात पकाएर ख्वाउन पनि नसक्ने ।

 

मसँग जवाफ थिएन । मैले केही बोलिँन । ऊ फेरि रिसायो- किन केही नबोलेकी-यस्तै ढुङ्गा रहिछे र त लोग्नेले छाडेछ ।
लोग्नेले ‘छाडेछ’ले मलाई भित्रसम्म पोल्यो । मलाई ढिँडे खर्ुसानी खाएजस्तो लाग्यो - कहाँ कहाँ पिरो भयो । म सङ्क्षिप्त जवाफ दिन बाध्य भएँ- आज ग्याँस थिएन । स्टोभमा पकाउँदा ढिला भयो ।
"ग्याँस नयाँ ल्याउनु पर्दैन.. ।"

 

"पैसा पनि थिएन, फेरि भाउ पनि बढ्यो ।"

 

"त्यो मेरो मतलबको कुरा होइन । तेरोजस्तो दिनभर सुतेर बस्ने हो र ! अफिसमा कस्तो मारामार छ । एकैदिन सास फर्ेन पाइने होइन । तेरो पो मोज छ ।" - ऊ करायो । धमाधम लुगा लगायो । ढोका खोलेर भन्यो- "म गएँ । तेरो भात पर्खिरहने फर्ूसत मलाई छैन ।"

 

"खाना खाएर जानुहोस्, पाकिनै सक्यो ।"
"तेरा नाठाहरूलाई खुवा…. म तेरो को हुँ र !" ऊ सरासर बाहिर निस्क्यो । यो कुनै नयाँ घटना थिएन । झण्डै दर्ुइ वर्षहुन लाग्यो- म यस डेरामा बसेको । मैले आफ्नो भाग्यलाई धिक्कारेँ । स्वास्नीमान्छे भएर जन्मनु परेकोमा फेरि आफूभित्रै रोएँ ।

 

भोक लाग्यो । हिजो बेलुकी पनि राम्रो खान पाएको थिइँन । आफ्नो भाग खाना खाएँ । उसको भाग भाँडैमा राखिदिएँ । केही काम थिएन- शिवाय निदाउनु । ओछ्यानमा गएँ र पल्टेँ । मन धेरै भारी भएर आयो । धेरै डाँडाहरू पारिको माइती सम्झेँ । रमाइलो बाल्यकालका चित्रहरू आए । कत्ति रमाइला थिए ती दिनहरू । स्कुलको हाफटाइममा छेउको जङ्गलमा ऐँसेलुहरू टिप्नु ! साथीहरूसँग लुकामारी खेल्नु ! दशैँमा रोटेपिङ खेल्नु ! अनि आफूलाई केही थाहा नभई अरूले तरुनी भइछे भन्नु ! ती दिनहरूमा र्फकन पाए ! अर्को जुनीमा … । तर अर्को जुनी हुन्छ र –

 

एकछिन निदाउन पाए हुने । कहाँ न्रि्रा आउनु ! सबै कुराहरू सपनाजस्तो । पीडै-पीडाले भरिएको विगत । अनि अचानक अरबको लाहुरे आउनु । धनसम्पत्ति र गरगहनाको लोभमा बिहे हुनु । पुतलीको खेलजस्तो । लाहुरे विदेश जानु र धेरै लामा वर्षरू बस्नु । बस… वर्षा एक दर्ुइ चिठ्ठी आउनु । सँगसँगैजस्तो बाआमा दुवै खस्नु । आफूलाई निक्कै कडा रोग लाग्नु । गाउँ-घरमा औषधि कहाँ पाउनु ! शहर जाने रकम खै - दाजुहरू भाउजूका हुनु । अब ती सबैका अस्पष्ट अनुहारहरू मात्र छन् । कत्ति बाङ्गाटिङ्गा छन्- मेरो गोरेटाहरू !

 


अझ न्रि्रा लाग्दैन । फेरि यौटा स्पष्ट चित्र अगाडि आउँछ । सुन्छु- धेरै वर्षछि लोग्ने फर्केर आई धरानमा बसेको छ । त्यहाँ ऊ एक्लै छैन । साथमा अरबमा आफूसँगै काम गर्ने युवती पनि छे । रात-साँझ नभनी धरान पुगेर सोध्छु- यो सब कसरी भयो - मेरो जिन्दगी किन यसरी बरबाद पारिदिनुभो । मैले के भूल गरेकी थिएँ र । ऊ कत्ति सजिलै जवाफ दिन्छ- भूल कसैको छैन । भूल वा गल्ति हाम्रो भाग्यको छ सीता ! तिमी आफ्नो बाटो लिन सक्छ्यौ- म त्रि्रो रोडा हुन्न । हजारका केही नोटहरू फ्याँकेर ऊ कठोर हुन्छ- "मैले उही बिहे गरेँ । हामीसँगै काम गथ्र्यौँ । पश्चिम बाग्लुङ्की केटी । मायाप्रीति बस्यो ।"

 

"मलाई बर्बाद पार्न पाइन्छ !" - म रुन्छु । तर ऊ केही अर्थ दिँदैन । यत्ति कठोर हुनसक्छ लोग्नेमान्छे -
घडी हर्ेर्छर्ुु दिनको एक बज्न लागिसक्यो । न्रि्रा कहाँ आउनु ! त्यही नोट बोकेर राजधानी आएँ । यो शहरमा आएँ । कसरी आएँ- थाहा छैन । राति ११ः०० बजे गाडीले ल्याएर कलङ्कीमा छाडिदिँदा कुनै होश थिएन । कहाँ जाने - र कसरी जाने - कुनै टुङ्गो थिए । त्यहीबीच सडकमा भेटियो- यो जँड्याहा राम ! ‘तिमी भर्खरै धरानको गाडीमा आएकी । तिमी सीता होइनौँ । म तिमीलाई चिन्छु । म धेरै सीताहरूलाई चिन्छु । मसँग हिँड…’ मलाई भगवान् राम नै भेटेको जस्तो लाग्छ । तै पनि सोध्छु- ‘तपाईँ को - के, नाताले म तपाईँकहाँ जाऊँ - तपाईंको घरमा परिवार होलान् -’
"कोही पनि छैनन् । तिमी मेरी भाञ्जी । म त्रि्रो मामा । हामी मामा-भाञ्जी । डेरा नजिकै छ । मध्यरात हुन लाग्यो …" यसरी शुरु भएको थियो यो नाटक ।

 

त्यसै दिनदेखि म यहाँ छु । अर्थात् ऊ मामा भएको छ म भाञ्जी । जाँडले मात्तिएर नआएको उसको कुनै रात हुँदैन । सारा सडक थर्किने गरी कराउँदै आउँछ- ए मेरी भाञ्जी ! ए सीता भाञ्जी । म त्रि्रै साख्खै मामा आएँ । खास मामा आएँ । कुनै रात उसले डेरामा भात खाएको थाहा छैन । धेरै बेर ऊ बर्बराउँछ- सायद रक्सी बर्बराएको हो । सधैँ ऊ यिनै शब्दहरू दोहोर्?याउँछ- ‘म गुल्मीको मान्छे हुँ । म खानदानको बच्चा हुँ । मलाई के ठानेकी छेस् हँ तैँले - म आकाश-पाताल एक गरिदिन सक्छु । मेरा स्वास्नी छोरा-छोरी बुटवलमा बस्छन् । के कसरी बस्छन् - तँलाई थाहा छ - ती महलमा बस्छन् - विशाल महलमा । ल झुप्रै सही । त्यही झुप्रो मेरो महल हो । धन्दा नमान सीता ! म तिनलाई यहाँ ल्याउँदिन । त्यहीँ खेती छ- काम गर्छन् खान्छन् । मलाई के मतलब ! चारचारजना भाल्टाङ्गभुल्टुङ्ग कसले पाउनु भन्यो त्यस राँडलाई । मेरो यो सानु जागिरले काहीँ खानपुग्छ । जबर्जस्ती निदाउन बल गर्छर्ुुक्तिन । भित्रकतै अन्धकार छ । झस्कन्छु- आज आएर के के उपद्रो गर्ने हुन् अब । स्टोभमा रातो चिया बनाउँछु । बिहान एक पैसा थिएन- दूध ल्याउन सकिँन । चिया खाँदै आफैँलाई सोध्छु- सीता ! के यसरी तैँले यो जिन्दगी काट्न सक्छेस् । यो तेरो लोग्ने हो- होइन - यो तेरो मामा हो- होइन - यो तेरो नातेदार हो- होइन - गाउँले हो - होइन - अनि के हो यो - कुन्नि … कहिलेसम्म यसरी जान्छ । त्यसपछि के हुन्छ- थाहा छैन । आफूलाई काटिएको यौटा चङ्गाजस्तो लाग्छ- कहाँ गएर खस्छ के थाहा -
अचानक सम्झन्छु- भोलि साउन एक गते हो । भोलि छिट्टै उसको अफिसमा पुगेर मैले ड्यूटी दिनर्ुपर्छ । भोलि उसको पाकेटबाट रुपियाँ लिन नसके महिनाभरि के खानु - अलिकति तलामाथि परे- सबै तलब बाटोमा न कतै हराउँछ । यसरी कत्ति वर्षबस्नु हो ! मलाई रिङ्गटा लाग्छ ।

 


बाहिर कहीँ जानु छैन । आफ्नो भन्ने खास कोही छैन । कसलाई भेट्न जानु- यो निष्ठुरी शहरमा । दिनभरि टिभी हेरेर बस्नु- म चाइनिज टिभी ल्याइदिन्छु भनेको पनि स्यालकै कथा भो । कुनै दिनसँगै सिनेमा हर्ेन जाउँला भनेको पनि दन्तकथा भयो । सम्झाएँ भने ऊ सजिलै जवाफ दिन्छ - तँ मेरो को होस् र सिनेमा हर्ेन लगूँ । तँ मेरो श्रीमती होस् - तँ मेरी भाञ्जी होस्.. - कस्तो मान्छे ! सद्दे कहिल्यै नहुने, नभेटिने । साँझ पर्न लाग्यो । साँझसँगै यौटा अव्यक्त डर, असहज अन्धकारले मलाई नराम्ररी छोप्छ । उसका प्रत्येक शब्द मेरा कानमा रिङ्गरिङ्गाउँछन् - तँ घिनलाग्दी भएर नबस् सीता ! मलाई सुघ्घरी, सफा र राम्री आइमाई मनपर्छ । राक्षस्नी जस्ती आइमाई बोक्सी हुन्छन् । म तलाई बोक्सी भएको देख्न चाहन्न । उसका आदेशहरू पालना गर्न म बाध्य छु, विवश छु । आफूले धेरै पढेको छैन- काम गर्न कहाँ जाउँ - फेरि कसले जागिर दिने यो कालमा । उसका जँड्याहा वाक्यहरूले मलाई धेरै पटक थिलथिलो बनाएका छन् - तँलाई मसँग बस्न मन नलागे आजै भाग । अहिल्यै भाग । मलाई तँसँग केही लिनुदिनु छैन । सडकबाट आएकी होस् - सडकमै जान सक्छेस् । राति आएकी थिइस्- बिहानै भाग्न सक्छेस् । धन्य तँलाई लाउनखान दिएको छु, बस्न दिएको छु । अरु तँलाई के चाहियो । महिनावारी खर्च दिएको छु । राम्रै लाएकी छेस्, मीठै खाएकी छेस् ।

 


कस्तो सङ्कट हो ! यसरी पनि बाँच्नु पर्दो रहेछ । यसरी पनि जिन्दगी हाँक्नुपर्ने रहेछ । आठ बज्यो- उसका जाँड लागेका आवाजहरूले म र्सतर्क हुन्छु - कहाँ छेस् ए राँड ! के गरी मर्दैछेस् ! कि भागिसकिस्… । यी रुटिङ शब्दहरू हुन् । मैले पचाइसकेकी छु । म ढोका खोल्छु । ऊभित्र पस्छ । खाटमा बस्छ । भलाद्मी हुन खोज्छ । तै पनि स्वर निस्कन्छ- बिहान मलाई किन खाना दिइनस् –

 

"मैले नदिएकी होइन, तपाईँले नखाएको !" म नरम हुन बाध्य छु । "मैले आफ्नो कमाई खान नपाउनु ! तेरो पेवा हो !"
म बोल्दिन । यस्ता कुराहरूको जवाफ मसित छैन । म सहजरूपमा भन्छु- तपाईँको बिहानको खाना बाँकी छ । ल्याइदिउँ ।
"तैँ राँड खा ! मलाई तँ बासी भात ख्वाउने ! के म तेरो नोकर हुँ ।"

 

"बोल सीता राँड ! म तेरो को हुँ - मसँग तेरो के नाता छ - के सम्बन्धले तँ मसँग बस्छेस् -" उसको रक्सी बोल्छ ।
म बोल्दिन । ऊ जुरुक्क उठ्छ र मेरो गालामा एक थप्पड हान्छ । म ऐया.. भन्छु ।
अझ ऐया भन्छेस् ..! ऊ अर्को थप्पड हान्छ । मेरो गालामा जोडसँग दुख्छ । म रुन थाल्छु ।
"तेरो भात तैँ खा । लौ मेरो खुट्टा मिच । दिनभरि मेचमा बस्दा बस्दा कस्तरी दुखेको छ ।"
म खुट्टा मल्न थाल्छु । ऊ आराम भएको बहाना गर्छ । अचानक एक सयको एक बण्डल नोठ झक्िछ र फ्याँक्छ । "हेर ! मेरो आजको आम्दानी ! पूरै पाँच हजार छ । यौटा घाइते नराम्ररी फस्यो । देखिस् मेरो अफिस कस्तो छ । मेरो जागिर कति राम्रो छ… ।" ऊ भन्छ- त्यो बण्डल तँ राख । केही गरगहना बना । यसै त राम्री छेस् । गहना लगाउँदा बल्दी होस् बत्ती नचाहिने भो ।
मलाई थाहा छ- उसको बानी । म त्यो बण्डल टिप्तिन । "त्यो बण्डल टिप… तँलाई भो !"
म दोधारमा हुन्छु । ऊ के चाहन्छ - मलाई थाहा छ । ऊ होस् र बेहोसमा प्रश्न गर्छ- तँ मेरी स्वास्नी होस् - ऊ आफैँ जवाफ दिन्छ- होइनस् । फेरि प्रश्न गर्छ तँ मेरी भाञ्जी होस् - होइनस्… आफैँ जवाफ दिन्छ ।
"तेरो ब्लाउज खोल… ।" म शून्य हुन्छु ।
"ए सुन, तेरो ब्लाउज खोल…" ऊ कडा हुन्छ ।
"अहिले किन ! यत्रा हत्तार !"
"ए खोल्दिनस् ! " ऊ उठ्छ र म छेउ आएर मेरो ब्लाउज च्यातिदिन्छ । मेरो ब्रेसरीसमेत खोलेर फ्याँकिदिन्छ ।
"तपाईंलाई आज केको भूत चढ्यो !" म कमजोर छु ।
"ए… तँ सारी खोल…. ।"
"किन सारी खोल्ने -…." म दह्रो हुने प्रयास गर्छर्ुु फेरि उसमा राक्षसीपन देखापर्छ । ऊ जबर्जस्ती मेरो सारी खोलखाल पारेर हुत्याइदिन्छ ।
"मेरो हर्ुमत नलिनोस् ! म हात जोड्छु… ।" म लुगलुग काँप्छु । मलाई कम्प छुट्छ । मेरो साया मात्र बाँकी छ । नत्र म निर्वस्त्र छु ।
"तँ सीता होइनस् । तँ द्रौपदी होस् र म दुशासन हुँ… ।"
मेरा वाक्य बन्द हुन्छन् । म आफैँलाई सोध्छु- म सीता हुँ कि द्रौपदी । ऊ अझ अगाडि बढ्छ र मेरो साया फुकाल्ने प्रयत्न गर्छ । म पानी.. पानी हुन्छु ।
"तँ को होस् - भन त को होस्… -"
"म आइमाई ! म स्वास्नीमान्छे…" मेरो स्वर निस्किन्छ ।
"म तेरो को हुँ… -" गर्जिन्छ ।
"तपाईँ मेरो लोग्ने होइन…. । त्यतिबेलै अचानक बत्ती जान्छ ।

 

-परशु प्रधान (samakalinsahitya)

भ्रम

Filed under: Story

नवीनको परिवार वास्वतमै सुखी किनकि ऊसँग स्थायी जागिर , प्रेमविवाह गरेको श्रीमती सोफी, दुइ वर्षी छोरी विधवा आमा हुनुहुन्छ नवीनले डिग्री पढ्दापढ्दै बीए पढेकी सोफीसँग प्रेमविवाह गरेको थियो पहिलो भेटमा नै सोफीको सुन्दरताले उसलाई मोहित पारेको थियो त्यही सम्बन्ध प्रेमबाट विवाहमा परिणत गर्न सफल भएको थियो समय बित्दै जाँदा सोफीले बीए पास गरिन् डिग्री पढ्न जाने इच्छा व्यक्त गरिन आफ्ना पतिदेवसँग सोफीको डिग्री गर्ने इच्छा पूरा गरिदिन दुई वर्षीय नाबालक छोरीलाई आफैसँग राखेर नवीनले काठमाडौंमा डेरा खोजिदियो दुई आत्मा दुईतिर भए पनि दिननदिनै फोनबाट निकटकता प्रस्तुत गर्दछन् नवीन सोफी छोरीको मम्मी भन्ने शब्द सुन्दा झन् खुशी हुन्छे सोफी छोरी स्मृति पनि मम्मीसँग कुरा गर्न पाउँदा ज्यादै खुशी हुन्छे सोध्छे बाबालाई, बाबा ममीको पढाइ कहिले सकिन्छ ? नवीन छोरीलाई काखमा दिँदै उत्तर दिन्छन्-अब चाँडै नै आउँछिन् तिम्री मम्मी पढाइ सकेर भन्दै छोरीलाई भुलाउँछन्

सानैदेखि मम्मीले छोडेको हजुरआमाको मायाले त्यो सानी बच्चीमा आमाको मायाको कत्ति पनि कमी देखिँदैन देखिओस् पनि कसरी विचरा ती बूढी चौबीसै घण्टा स्मृतिलाई च्यापेरै बस्छिन् यसरी नै समय बित्दै जान्छ नवीन अफिस जाने आउने क्रममा एक दिन एक्कासि उसको साथीले एउटा कुरा सुनाउँछ त्यो उसलाई वाहियात कुरो लाग्दछ तर विस्तार-विस्तार गाउँमा चर्चा चल्न थाल्दछ कि सोफी काठमाडौंमा कुनै अर्कै केटासँग हिँड्छे रे उसका चरित्रका बारेमा पनि त्यस्तै-त्यस्तै कुराहरू ….

यता सोफी काठमाडौंको रमझममा भुलेर होला, उनलाई नवीन, स्मृतिको नै सम्झना आउँछ सोफी अब सोफी हैन निशा बनेकी छे नवीनको पत्नी स्मृतिको ममी नभएर सन्तोषकी प्रेमिका भएकी छे सन्तोष निशा एउटै कक्षामा पढ्दछन् विषय पनि मिल्ने हुँदा उनीहरूलाई सजिलो भएको हो फेरि सन्तोषको बोलीबाट निशा यति प्रभावित भई कि उसले आफ्नी विगतलाई बिर्सी सोची सन्तोषले नै उसलाई सुख दिन सक्छ सधैं यही काठमाडौंमा नै बस्न पाउँछे नवीनसँग के ? त्यही गाउँको घर, बूढी आमाको स्याहार आदि आदि निशा सन्तोषको प्रेममा अन्धी बनी यस्तै यस्तै सोच्न लागि निशा सन्तोषकै घरमा डेरा सरेकी थिई त्यसैले पनि उनीहरूलाई नजिकिन सजिलो भएको थियो निशा सन्तोषको प्रेममा उन्मक्त थिई

बाटोमा गाडी बिग्रिएकाले नवीन रातको .३० बजे सोफीको कोठामा बल्लतल्ल आइपुग्यो तर कोठामा सोफी थिइनन् त्यसपछि नवीन केहीबेर कुर्दा पनि सोफी नआएपछि छोरी लिएर होटलमा जान्छ रातभर निन्द्रा लाग्दैन उसलाई अब डराउन पनि थाल्छ कि कतै गाउँलेहरूले भनेको कुरा साँचो निक्स्यो भने ? निदाएकी छोरीलाई सम्सुम्याउँछ यस्तै-यस्तै कुराहरू सोच्न थाल्दछ कुरा सोच्दा सोच्दै कतिखेर निदाएछ कुन्नि नवीन, विहान पो सुर्यको किरण कोठामा पुगेर उसको निन्द्रालाई व्यूँउझाइदिन्छ छोरी अझै सुतिरहेकी हुन्छे विहानको नित्य कर्म सकेर खानपीन गरी नवीन पूनः सोफीको कोठामा जान्छ तर अझै कोठामा चावी लागेको देखेर भरबेटीसँग सोध्न जान्छ नवीन सोफी कहाँ गई होली भनेर घरबेटीका अनुसार सोफी कोठा छोडेर केही परको घरमा बसेको थाहा पाएपछि नवीन त्यही घर जान्छ यता निशा सन्तोष घाम ताप्दै चेस खेलिरहेका हुन्छन् गेटमा नवीन स्मृतिलाई देखेर निशा छक्क पर्छे अपरिचित मानिस आफ्नो घरमा आएको देखेर सन्तोषले नवीनलाई सोध्छ- कसलाई खोज्नुभयो यहा"ले - सोफीलाई…. वाक्य पूरा गर्न नपाउँदै निशाले भनी-यहाँ कोही सोफी छैन, तपाई जान सक्नुहुन्छ हिँड जाउँ सन्तोष, कस्ता कस्ता मान्छे आउँछन् यहाँ पनि भन्दै सन्तोष निशा घरभित्र पस्दछन् नवीनलाई यो घटना फिल्मजस्तै लाग्छ फेरि बोल्दछ- सोफी तिमीले मलाई चिनिनौं ? यी हेर हाम्री छोरी स्मृति, तिमीलाई भेट्न कति आतुर ? तर उसको आवाज सन्ने त्यहाँ कोही पनि हुँदैन नवीन आँखाबाट आँसु झार्दछ आफ्नो बाबा रोएको देखेर छोरी स्मृति भन्दछे-बाबा किन रूनुभएको ? नवीन जवाफ दिन्छु-हेर छोरी, तिम्री ममीले हामीलाई चिनिनन् नवीन झन् रून थाल्दछ यसैबचि स्मृति भन्छे-त्यस्तो छुच्ची पनि मेरो मम्मी हुन्छ, मेरो मम्मी कति जाती हुनुहुन्छ मेरो मम्मीले मलाई देख्नुभयो भने काखमा लिनुहुन्छ, म्वाइँ खानु हुन्छ मीठा-मीठा कुराहरू दिनुहुन्छ स्मृतिका यस्ता कुरा सेनेर झन् नवीनको भक्कानो छुट्छ आफ्नो भाग्यलाई धिक्कार्दै घरतर्फर्फकन्छ

विभिन्न ठाउँमा घम्ने क्रममा एक दिनन सन्तोष निशा घुम्न भनेर सुन्दर नगरी पोखरा पुग्दछन् यसैबीच निशाले सन्दोषलाई आफू बच्चाको आमा बन्न लागेको कुरा बताएपछि सन्तोष झसंग हुन्छ निशालाई गर्भपतन गर्न सल्लाह दिन्छ यसबीच दुई जनामा वाद-प्रतिवादनन चल्न थाल्दछ बल्ल आएर निशाले सन्तोषको वास्तविक रूप चिन्छे पश्चाताप गर्न थाल्दछे अब नवीन स्मृतिलाई झलझली "खा अगाडि देख्न थाल्दछे,तर अब समय धेरै अगाडि गइसकेको पनि उसलाई थाहा हुन्छ आफूलाई नवीनले पहिले गरेको माया सम्झेर पागलजस्तै हुन्छे अन्त्यमा नवीनलाई चिठ्ठी लेख्दछे

 


नवीन,


मलाई थाहा तिमी मसँग कति रिसाएका छौं भनेर मलाई काठमाडौंको हावालेपागल बनाएको थियो मैले तिम्रो प्रेमलाई लत्याएँ मलाई काठमाडौंको गगनचुम्बी महलमा बस्ने भुतले सताएकोले नै आज त्यसको परिणाम भोग्दैछु तिम्रो सामन्ने आउन नसक्ने भएकाले यो पत्र पठाउँदैछु तिमीसँग क्षमा मागन लायककी छैन तर पनि हुन सक्छ भने मलाई माफ गरिदेऊ हाम्रो प्रेमको निशानी स्मृतिलाई मम्मीको कमी हुन नदेऊ आमालाई मेरो सम्झना सुनाइदेऊ अर्को जुनीमा तिम्रो प्रेमिका भएर जन्मन पाउँ मलाई खोज्ने प्रयास नगर्नु

उही अभागिनी , सोफी

चिठ्ठी पढ्दापढ्दै नवीन बेहोस भएर ढल्दछ एकैछिनमा एक हुल गाउँले आएर नवीनलाई अस्पतालतिर दौडाउ"छन्

- विश्वमणि अधिकारी Source : Tanahunonline

एक बिछोड

Filed under: Story


ऊ सँग मेरो पहिलो भेट ठमेलको एक होटलमा भएको थियो। त्यो बिवाहको उत्सव थियो। चारैतिर झिलिमिली बत्ति बलेका थिए अनि मेरो मन पनि उसलाई देखेर कताकता जगमगाएको थियो। म ऊ सँग परिचयगर्न चाहन्थेँ तर ऊ साथीहरू सँग गफमा मस्त थियो। म बिस्तारै उसको छेउमा गएँ तर बोल्ने साहस भने गर्न सकिन।म धक मानेर त्यहीँ उभिइरहेकी कति सौम्य, कति शालिन अनि कति कोमल मुटु थियो उसको। सम्झँदा मात्र पनि मन विभोर हुन्छ। खै, कतिखेर उसलाई प्रेम गर्न थालेँ आफैलाई पत्तो छैन। पहिलो भेटमा छुट्टिनु अघि उसले आफ्नो फोन नम्बर दिएको थियो। मैले उसलाई फोन गरेँ र हामीले भेट्ने योजना बनायौ। संयोग बस उसको अफिस र मेरो क्याम्पस नजिक थियो। त्यसपछि हाम्रो भेटले तीब्रता पाउन थाल्यो। म बडो ब्यग्रताका साथ उसको प्रतीक्षा गर्थेँ। भेटमा हामी जीवन, राजनीति, साहित्य आदीका बारेमा कुरा गर्दथ्यौँ। मेरा कविताहरू ऊ चाख मानेर पढ्थ्यो र मलाई सधै राजनिति छोड्न आग्रह गर्दथ्यो। म उसलाई हृदयको भित्री तहदेखि प्रेम गर्थेँ। मेरो एक्लो प्रेम, अन्धो प्रेम- उसले बुझ्यो वा बुझेन थाहाभएन। उसको साथ बिताएका हर क्षण मेरा लागि विशेष थिए। मैले उसको साथ सपनाको सुन्दर महलको कल्पना गरेको थिएँ। तर भविष्य त अनिश्चत ……. घरमा मेरो बिहेको कुरो चलेको चाल पाउने बित्तिकै म अताल्लिँदै उसका पुगेँ। मेरो कुरो सुनेर ऊ गम्भिर भयो। निकै बेर हामी दुवै मौन रह्यौँ। त्यो सुन्यता आँधी अघिको हो वा आँधी पछिको मैले खुट्याउनै नसकिरहेको बेला अचानक उसले भन्यो– "म पनि तिमीलाई औधि प्रेम गर्छु, तर मेरो आर्थिक अवस्था तिमीलाई तिमीलाई थाहै छ। म तिमीलाई राम्रो भविष्य दिन सक्तिन। फेरी मेरो दाजुको पनि बिहे भएको छैन। दाजुको बिहे नभए सम्म मेरो बिहेको त कुरै आउँदैन।" उसका यी शब्दले म रन्थनिएँ। मन थाम्नै सकिन र भाक्कानिएर उसको अगाडि नै रोए। मैले मुटु भित्र राखेको मान्छे सँग बिछोडिने समय आयो भन्ने कल्पनाले आगोको लप्का बनेर मेरो सारा शरीर जलाउन थाल्यो। हाम्रो प्रेमको बारेमा मेरो घरमा सबैलाई थाहा थियो। ऊ सँगै बेहे गराउन पनि मेरो परिवार राजी थियो। तर उसले मानेन। ऊ भन्थ्यो- "सुविधामा हुर्केकी तिमीलाई म संघर्षमय जीवन दिन चाहन्न। म तिमीलाई दुखी देख्न सक्तिन किनभने म तिमीलाई प्रेम गर्छु।" मेरो सुख त उसको साथ जीवन बिताउनुमा थियो जुन कुरो उसले बुझ्नै सकेन। "तिमी सँग बिहे नभए म जीवन भर दुखी हुनेछु", मेरो कुरा उसले पत्याएन र आफ्नो अन्तिम निर्णय सुनायो- "तिम्रो परिवारले रोजेको केटो सँगै तिमी बिहे गर!"


अनि मैले ऊ सँग भनेका सबै शब्द सत्य भए। बिहे पछि म सुनको पिजडामा कैद भएँ जहाँ मेरा नयाँ आफन्तहरूद्वारा मेरा सपनाहरूको नित्य हत्या हुनथाल्यो। उँचो घरको बिग्रिएको छोरो सुधार्न मेरो भर्ना भएको रहेछ। र, म आशा गरिएका नतिजा ल्याउन असमर्थ भएँ। बिहेले मेरो जीवनको पूर्णतया नाश गर्यो। शरीर भरी छरिएका निल डाम शरीर भरी छरिएका निल डाम र मुटु भित्र गडेका असंख्य शब्द बाणहरू आज यति सामान्य लाग्न थालेका छन् कि मानौ सास फेरे जस्तो होस्, खाना खाए जस्तो होस्! मेरो बिहे पछि उसले काठमाण्डौं छाडी अन्तै गयो भन्ने सुनेँ। उसको परिवारले पनि मलाई मनपराएको थियो रे तर कमजोर आर्थिक आवस्थाको कारण बिहे गर्न राजी नभएको रे। म अचम्ममा परेँ। उफ! कस्तो प्रेम हो त्यो। साथी, सुख पैसामा हैन प्रेममा हुन्छ, तिमीले किन नबुझेको? हेर म तिम्रो स्नेही काखको कल्पना गर्दै सुनको काँडामा सुतिरहेकी छु। तिमी पनि पक्कै सम्झन्छौ होला नि मलाई र दुखी हुन्छौ होला बिताका दिनको सम्झनामा डुबेर। जिन्दगीको मोडमा कुनै दिन हाम्रो जम्काभेट भएमा म तिमीलाई पक्कै सोध्ने छु- सबैलाई दुखी बनाउने साथी ,कस्तो प्रेम यो तिम्रो ?..कस्तो प्रेम यो तिम्रो ? -कृष्ण पोखरेल (बिवस), साउथ ईराक Source : yetautabata

तिमी बाँच्नु पथ्र्यो

Filed under: Story

मैले विवाह गरेँ यो एउटी कुमारीको विवाह होइन विवाह कुमारीलाई डर कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ बिहे नगरे के गर्थेँ - यो शरीरले यौनको रस मज्जाले चाखेर हुर्किएको तीसको उमेरको बिहेको संरचनावेगर कुनै महिला यौनिक तृप्ति प्राप्त गर्दिन यो समाजको परिवेश हो बसेकै थिएँ छोराछोरीको जिम्मा लिएर तिमी मेरो भरोसाको सम्पत्ति छातीभरि बोकेर विदेशियौ त्यो नै थिएँ तिमीलाई बिदा दिने जाऊ, कमाऊ आऊ भन्ने

तिमी प्यारी पत्नी, त्रि्रो प्रेम पनि खै प्रेम केलाई भन्छन् - कसरी यो आत्माबाट उत्पन्न हुन्छ शरीरमा ठोकिएर मर्छ - तिमी गएको डेढ वर्षै त्यो प्रेम टाडाटाडा अदृश्यजस्तो लाग्न थाल्यो प्रेम अदृश्य नै हुन्छ फेरि किन पातलियो - आतेस लाग्न थाल्यो मेरै समिपको कुनै अर्कै शरीरप्रेममा अल्भिmएँ छोराछोरीको तोतेबोलीसँग पनि बट्टारिएँ बुबा-आमा -सासु-ससूरा) को सन्देहपर्ूण्ा बातहरूलाई दर्ुइ चार दिन सहेँ नभएको कुरा पनि थिएनन् ती कुन प्रेम हो त्यो - तर विस्तारै तानिँदै गएँ कहिले बजार जाने निहुँले श्यामसँग भेट्थेँ

छेउमा वस्ता उसको सासको गन्धले पनि पग्लन्थेँ एउटै उमेरका थियौँ पनि अविवाहित थियो कति सम्हालिएँ थुप्रैपटक आफैँलाई गाली गरेँ, सम्झाएँ मलेसियाबाट त्रि्रो फोन आइरहृयो मीठो बोल्यौ कहिल्यै दुःखको कुरा पनि भनेनौ त्रि्रो फोन राखेपछि झन् द्वन्द्वमा फसिरहन्थेँ छोराछोरीको अनुहार हेरेर टोलिन्थेँ फेरि किन बदलिएँ तिमीले पैसा पठाइरहृयौ कति दुःख गर्यौ होला भित्रभित्रै दुःखी हुन्थेँ कसले पत्याउला - अब यो भन्नुको कुनै अर्थ छैन

तिमीलाई पर्खिएर बूढी हुँली बरु, सेतै फुलुन्जेल नआए पनि मरौँला बरु भन्थ्यो एक मनले फेरि श्याम, संयोगले मसम्म आइपुगेको उपहारझैँ थियो कसरी पर भाग्न सकौँला - श्याम, मेरी भाउजूको काकाको छोरा एकदिन बुधबारे बजारमा भेट भयो कुरैकुरामा रातै बस्न आयो मेरो घरमा मार्केटिङ गर्दोरहेछ एउटा हर्वल वस्तुको शृङ्गारका सामान, चिया, ज्जनयस्तै यस्तै ग्राहक बनेकी थिएँ त्यसको उसले सुरुमा पैसा लिन्थ्यो मसँग अब पैसा पुग्दो थियो तिमीले पसिना चुहाएर पठाएको पैसा पसिनाको सम्मान गथेँ तर अभिमान थिएन त्रि्रो पैसामा

भित्रभित्रै कुनै अर्कै उदासिनताले ग्रसित थिएँ त्रि्रो पैसाको एक-एक हिसाब राखिदिएकी थिएँ तर अब यस हिसाबको के कुरा गरौँ कुरा त्रि्रो मृत्युको गर्नुछ मलाई पुराना उखानहरूले पनि उल्टा अर्थ दिए र्मर्दको प्रतीकले मलाई गिज्याइरहृयो मैले तिमीलाई कहिल्यै अविश्वास गरिँन तर तिमी त्यहाँ के चोखो बस्यौ होला ! मैले एउटा परदेशीलाई पत्याइँन पनि आफू तिमीभन्दा चुकेकी रहेँछु क्यारे समाजले कसरी चियो गर्छ एउटी आइमाईलाई -मैले तल्लोघरकी सीमाको हुइँया खवरहरू सुनेर पत्याएकी छु

लोग्ने मरेकी विधवा, एउटी छोरी कोही छिमेकी पुरुष आकृति त्यहाँ गयो कि बात बढिहाल्थ्यो गाउँमा विरुद्धमा थिएँ त्यो हल्लाको सीमा विधुवा थिई तर काँतर थिई कि विवश थिई - त्यो मैले बेहोर्नु परेको थिएन श्यामकै वरिपरि रुमल्लिइरहेकी राधासरी थिएँ। सकुन्जेल सन्तानलाई अँगालेर सुतेँ रातले कुटुन्जेल द्वन्द्वमा छचल्किएर उठेँ फेरि एकदिन श्याम आयो यसरी श्याम आउनुमा डराइडर्राई खुसी हुन थालेँ प्रेमका कुरा गथ्र्यो, उति रसिलो थियो तर आकषिर्त भएको पत्तो मलाई राम्ररी थियो कहिले ठूलो साँझमा झपक्कै कसैले नदेख्नेगरी पाहुना बनेर आउँथ्यो

छोराछोरी चकलेट अन्य उपहार, खेलौना पाएर मख्ख पर्थे सायद बाबुको उपस्थितिको प्यास पनि मेट्थे होलान् उनीहरू खुसी हुन्थे श्यामलाई देखेर पनि त्यही खुसीमा सामेल हुन्थेँ खाना खाएर बच्चाहरू, सुतिहाल्थे श्याम धेरैबेर कुरा गरेर बस्थ्यौँ त्यसो हामी साथीजस्तो पनि भइसकेका थियौँ कति सहयोग व्यवहारले उसले गथ्र्यो पनि त्यो दिन, झ्यालमा सेतैपर्दा हल्लिरहेको थियो शीतल हावा, नीलो बल्बको मधूरो प्रकाश एकजोडी स्त्री-पुरुष साथीहरू समाजको भाषामा त्यसैदिन बिटुलिएँ

इमानको परिधि हुन्छ भने त्यसैदिन बेइमान बनेँ प्रकृतिको संरचना-स्त्री-पुरुष साथी, खै हारेजस्तो पनि लाग्यो तर शरीरका हरेक कोषकोष बिहान उठ्दा हलुका भएका थिए तर्क-वितर्क, सत्य-असत्य, आमा-पत्नी, सबै नामबाट आफूलाई केलाएँ यसरी चल्दै गयो महिना/दर्ुइ महिना/ महिना महिनापछि महिना मेरो महिनावारी रोकियो अत्तालिएँ श्यामलाई भनेँ उसले आफ्नै कुरा गर्यो "हेर अब जे भो भो हामी बिहे गरौँ " मलाई आफ्नो आतेस उतार्ने बलियो स्थान मात्रै मिलेन ऊप्रति अनौठो र्समर्पण पनि जाग्यो जति शान्त थियो, त्यति नै उसको निचोड देखेर मेरो अपराधबोध अलि हलुका भयो एकातिर सम्पत्ति कमाउन गएको लोग्ने, अर्कोतिर छोराछोरी मेरो घरपरिवार अनि यो आकस्मिक परिवेशको अवतरणले मसामु पालैपालो औँला उठाउँथे झर्थेँ अनन्तः समर्पित आमा पनि भइँन, समर्पित पत्नी पनि भइँन श्यामसँग बिहे गरेर त्यो गाउँ, जिल्ला अञ्चलसमेत छोडेर बुटवलमा बस्न थालेँ कहिलेकाहीँ छोराछोरीको एकदम याद आउँथ्यो हिँड्ने बेलामा बजार जान्छु भनेर ढाँटेर हिँडेकी थिएँ उमेशलाई सुम्सुम्याउँदै भनेकी थिएँ- "आमाघरमा बस्नु है, राति भयो भने बहिनीको ख्याल राख्नु

उसका निर्दोष आँखाले झ्वाट्ट आमाको फरक अनुभव गरेजस्तो झलक्क हेर्यो उठेर कुद्यो आमाघरमा राति कतिबेरसम्म बसेहोलान्, पर्खिएहोलान्, सुकसुकाएहोलान्, रोएहोलान् यो अपराधबोधले मेरो मनमा सुइरोजस्तो घोचिरहन्थ्यो आफ्नै बाटोमा हराएकी उनीहरूको भविष्यबाट पनि गुमनाम भएँ अब यो पीडाको पनि के व्याख्या गर्नु कतिपल्ट उनीहरूको यादमा एक्लै रोएँ, श्यामसँग पनि डराएँ, मेरो मातृत्व मात्रै तपतप खसिरहृयो एक्लै बाबुहरू जो भए पनि कोखको उत्पत्ति समान हुँदोरहेछन् कहिलेकाहीँदेखिने सपनामा तिनै बालकहरू झल्किन्थे आँखाका डिलमा

अब बालकबाट किशोर भइसकेका होलान् थुप्रै वर्षबिते सम्झन्थेँ बाबु पनि फर्किएहोलान् हाम्रो एउटै मात्र सन्तान थियो अब सुमन उतै दोकान गरेर हामी एककिसिमले स्थायी भयौँ स्थायी मेरो पर्ूवको जीवन पनि थियौँ टेलिभिजनमा, रेडियोमा पर्ूवका खबर सुनेर चङ्गा हुन्थेँ अक्सर श्याम पनि घरको कुरा गर्थे सुसाउँथे निदाउँथे।

कताकता मेरो इतिहास मसँगै हिँड्छ मनमा। कहिले पश्चातापको रङ छ्यापिन खोज्थ्यो तर श्यामको नजिक खुसी थिएँ । समयसँगै घुम्दै थिएँ उसकै वरिपरि फेरि अचानक शम्भुसँग भेट भयो मेरो दमकको छिमेकी पनि व्यापारको सिलसिलामा बुटवल बस्न थालेको रहेछ कहिलेकाहीँ मूलघर जाँदोरहेछ मभित्र मेटिएका ती प्यारा अनुहार फेरि सलबलाउन थाले उमेश, आशा उनीहरूको बाबु कृष्ण उसले चोइटिएका सीसाजस्ता खबरहरू बोल्यो।

अचानक चिरिएँ उसले ओकलेका सीसाहरूबाट मैले आफूलाई अपराधी होइन, हत्यारा नै सम्भिmएँ हो मैले प्रत्यक्ष उसको हत्या गरिनँ तर हत्यारा बनिसकेकी रहेँछु मरेछ, मेरो पर्ूवपति मेरा विछोडिएका छोराछोरीको बाबु आफ्नी पत्नीको आघातपर्ूण्ा खबर सुनेपछि उसले आफ्नो मूल्य त्यसैमा बगाइदिएछ मप्रति देखाएको उसको अगाध त्यागले थिचिएर आलसतालस भएँ त्यसैत्यसै आफू यति घृणित महसुस गरेँ कि मलाई दिन सुहाउने अब कुनै शब्दै छैनन्, शब्दकोशमा सयौँ भोल्टको बिजुली मेरो शरीरबाट पार हुँदैछ मैले अझै सहेर बस्नुछ.. चुपचाप संवेदनाको गहन ऐनामा मेरो कुरूप अनुहारको प्रतिविम्ब भित्रभित्रै थर्कियो चर्किएर झर्यापझुरूप भयो वास्तवमा मेरोलागि बाँचेको रहेछ हिँडेकी सुनेपछि कयौँ महिना बिरामी परेछ "त्यहाँ रीता छैनन्, मेरो जीवन पनि छैन" भनेर पत्रहरूमा लेख्थ्यो रे त्यो पसिना, त्यो पीडा, त्यो प्रेम ! जम्मै जिन्दगी उसले समाप्त गरिदिएछ आफ्नो अर्थात् उसले आत्महत्या गरेछ

त्यो निस्वार्थ, स्निग्ध, त्यागी प्रेमको आभाले यतिखेर मेरो आत्मा पत्पत् धुवाइरहेछ यो समाजको संरचना, आमाबाबु, छोराछोरी, यी शरीरका हरेक अङ्गहरू, सबै थुपारेर आगो लगाउनुजस्तो ताप भित्र तर खरानी हुन सकिरहेकी छैन यताको सानो घरबार, श्याम सुमन मीलेको गृहस्थी, शान्त श्याम, सबै हेर्छु यी परका टुहुराहरूकी आमा, जसले आमा मात्रै होइन, बाबु पनि खोसेकी छे तिनीहरूको अधुरो स्नेह कल्पिन्छु तानिन्छु सधैँ बीचमा एउटी हत्याराको बोझ बोकेर हिँडिरहेँछु

मेरो आत्मसंयम, मेरो खेलाँची मनोदशा, शरीरमोह वा आघातको सजायले टुट्न लागेको डोरीजस्तो ड्रि्रेसनको घोर खाल्डोमा दिन प्रतिदिन धकेलिँदैछु वर्षौं बिताइसकेँ एउटै प्रश्नले पिटिन्छ- किन मर्यो - मैले उसलाई मारेँ वा उसले उसैलाई मार्यो - मलाई जीवनभर मेरै जिन्दगीले मारिरहेछ तैपनि यो पापी आत्मा आफैँलाई सान्त्वना दिन्छ घरिघरि अब कुनै त्यस्तो मौका आउँदैन नत्र सोध्ने थिएँ उसलाई- किन मर्यौ तिमी - बाँच्नु जसरी पनि पथ्र्यो तिमीले अनि भन्ने थिएँ.. तिमी नमरेको भए हुन्थ्यो मेरोलागि पनि -ज्योति ·-विराटनगर- Source: Madhupark

आडम्बर

Filed under: Story

पात्र परिचय:
१.         लिंग – महिला, उमेर – पच्चिस वर्ष , शिक्षा – स्नातकोत्तर, पेशा – विध्यार्थी,
            पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट , कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधार
२.         लिंग – पुरुष,     उमेर – छब्विस वर्ष , शिक्षा – स्नातकोत्तर , पेशा – जागिरे
            कपाल रंगाएको खैरो, रंग गहुँगोरो। नाम थाहा नभएपनि हुन्छ।
: पहिलो दिन: केटाकेटी विच परिचय त्यसपछि सामान्य बोलचाल भयो। केटी लजाएर लुकिलुकी केटालाई हेरिरहेको थिई तर केटो सिधा नजरले एकोहोरो हेरेरहेको थियो।
: दोस्रो दिन: केटा र केटीबिच साँझको समयमा भेटघाट भयो। केटा बोल्यो – कति पढ्दैछौ? ……………….ओहो! धेरै पढ्नुपर्छ, केहि बन्नुपर्छ, स्वाभिमानी हुनुपर्छ। जमाना कहाँबाट कहाँ पुगिसक्यो। तिमी पनि अघि बढ्नुपर्छ। केटी केही बोलिन, सुनी र केटाबाट प्रभावित भई।
: तेस्रो दिन: तिमीलाई यो छोटो कपाल असाध्यै सुहाएको छ भन्दै केटाले गफ शुरु गर्यो। लामो कपाल झन्झट हो अहिलेको ब्यस्त समयमा। अहिले महिलाहरुले श्रृंगारमा हैन ब्यक्तित्व विकासमा जोड दिनुपर्छ। श्रृंगारले महिलाहरुलाई पुतली झैं बनाएको छ। श्रृंगार त त्यस्ता महिलाले गर्छन जो अरुमाथि (पुरुष) निर्भर रहन चाहन्छन् र श्रृंगारलाई सिंढी बनाएर चढ्छन्। जो महिला स्वाभिमानी हुन खोज्छे र उसले श्रृंगारमा हैन ब्यक्तित्व विकासमा जोड दिन्छे। तिमीले श्रृंगारलाई महत्व नदिएको देख्दा मलाई सार्है खुसी लाग्यो। म तिम्रो यो सादा तर सुन्दर ब्यक्तित्वको प्रंशशा गर्छु। केटी केटाका कुरा सुनेर दंग परी। उसको विचारसँग कुनै एउटा केटा साथीको विचार मिलेको देखेर।
: चौथोदिन: भेट हुने बित्तिकै केटाले भन्यो – तिमी किन कतै जागिर खोज्दैनौ? केटीहरुको यहि बानी खराब, जागिर गर्नु छैन, लोग्नेले पालिहाल्छ भन्ने सोच्छन्। म त मेरी स्वास्नीलाई मरे पाल्दिन, आँफैले आँफैलाई पाल्नुपर्छ। एउटा राम्रो कार्यलायले मान्छे खोजिरहेको छ, तिमी त्यसमा try गर। मलाई विश्वाश छ, त्यो काम तिमीले नै पाउनेछौ। केटाले केटीलाई आँफै अफिस लिएर गयो र केटीले गर्नुपर्ने सबै काम कुरा सिकाएर केटीलाई घरसम्म छाडिदियो।
: पाँचौदिन: केटा आयो, हालखबर सोध्यो। यो पाइन्टमा तिमीलाई खुब सुहाएको छ। पाइन्ट लगाउन पनि सजिलो हुन्छ। फेरी हरेक मान्छे जस्तै आइमाइ मान्छे पनि जे इच्क्षा लाग्छ त्यो लाउन स्वतन्त्र हुन्छे। आइमाइले चाँहि सधैं बाह्र हातको सारी नै बेर्नुपर्छ भन्ने छैन नि ! जे होस तिमीलाई पाइन्ट सुहाउँछ, तिमी सधैं पाइन्ट लाऊ है, केटाले भनेको कुरा केटीले सुनिरही।
: छैठौदिन: केटाको औंलामा ब्यान्डेज थियो। घाउ नभएको हातमा एउटा झोला थियो। केटा र केटीको बाटोमा भेट भयो। केटीले अत्तालिएर सोधी – हातमा के भयो? केटाले मुस्कराएर जवाफ दियो – चुलेसीले हात काट्यो, बिहान तरकारी काट्दा। औषधी लाएको छु ठिक भइहाल्छ नी!  केटीले भनी – चुलेसी चलाउन नजान्नेले किन चलाएको त? केटाले भन्यो – अरे मलाई चुलेसी चलाउन किन आउँदैन? त्यो त भर्खर धार लगाएको चुलेसी थियो, फेरी मेरो ध्यान पनि अन्तै थियो, त्यहि भएर पो काटेको त। म सधैं खाना बनाउँछु, मलाई राम्रो खाना बनाउन आउँछ। के सोचेको तिमीले म त घरको सब कामगर्छु, कुचो लाउनेदेखि लुगा धुनेसम्म मलाई यो कुरामा कुनै लाज लाग्दैन बरु गर्व लाग्छ। मान्छेहरु यो केटाको काम हो केटीको काम भन्छन् तर म त काम केवल मान्छेको हुन्छ भन्ने सोच्छु। कोहि यसलाई मेरो नामर्दिपन भन्छन् भने भन्दैगरुन्।
: सातौंदिन: केटाले अर्की एउटी केटी लिएर आयो र साथी भनि परिचय गरायो। एकछिनको गफगाफपछि केटाले भन्यो, “मानिसहरु अहिले जमानामा आएर पनि केटा र केटीलाई सँगै देख्ने बित्तिकै नानाथरी कुरा काट्न थाल्छन्। मलाई तिनिहरुको वास्ता छैन म त केटा र केटी श्रीमान् र श्रीमती, प्रेमि-प्रेमिका, दाजु-बहिनी, बाउ-छोरी बाहेकको नाता मित्रता पनि हुनसक्छ भन्ने विचार राख्छु। मेरो केटा मात्र हैन केटी पनि साथी छन्।
: आठौंदिन: “ल बधाइ छ, अब मलाई लड्डु खुवाउँ” केटाले परबाट नै भन्यो। “किन र? के खुसीमा?” केटिले सोधी। “तिमीले जागिर पायौ त्यही खुसीमा नि”, केटाले भन्यो। “मलाई अहिले अलि अप्ठेरो लागिरहेको छ। अफिसमा त साँझ सात बजेसम्म काम गर्नुपर्ने रहेछ, म छोरी मान्छे, मान्छेले कुरा काट्लान् रातबिरात……” केटाले केटीलाई बिचमै रोकेर भन्यो, “यो २१औं शताब्दि हो। नबिराउनु नडराउनु। आफ्नो काम भएपछि केको रातबिरात? लोग्ने मान्छेले चाँही रक्सी धोकेर रातको एक बजे आएपनि केही नहुने आइमाइ मान्छेले चाँही काम गरेर सात बजे फर्कंदा कुरा काट्ने? त्यस्ता कुरा काट्ने मान्छेलाई त मुख भरीको जवाफ पो दिनुपर्छ। केटाको कुरा सुनेर केटी ढुक्क भई।
: नवौदिन: केटा गंभिर थियो। आज उसले आफ्नो सबभन्दा मनपर्ने पोशाक लगायो। अत्तर छर्क्यो। बिहान भरी ऐना नै हेरिरह्यो। केटाले केटीलाई फोन गर्यो। केटाले केटीलाई एउटा पार्कमा भेट्यो र आफूले केटीलाई असाध्यै मन पराएको, प्रेम गर्ने गरेको र भविष्यमा विवाहगर्न चाहेको सबै एकैचोटी बतायो। केटीले पनि केटाको बिचारबाट आफू प्रभावित भएको र उसको प्रेम स्विकार गरेको वताई।
===============================
अब केटा र केटी प्रेमी प्रेमीका भए। / मध्य
===============================
: पहिलोदिन: मिठा मिठा कुरा भए। प्रेमी प्रेमीका पार्कतिर गए। फिल्म हलतिर गए। दिन रमाइलो भयो।
: दोस्रोदिन: “केटीहरुलाई त कपाल पालेकै सुहाउँछ, गर गहना लाएकै राम्रो देखिन्छ, श्रृंगारमै नारी खुल्दछे। पहिरनमा पनि केटीहरु सतर्क हुनुपर्छ” प्रेमीले भन्यो। प्रेमिकाले शशंकित भएर प्रेमीको आँखामा हेरी। हत्तनपत्त प्रेमीले भन्यो, “मेरी आमा, गाउँका मान्छेले कुरा काट्छन्। एकदिन हाम्रो बिवाह हुन्छ। तिमीले आमासँग मिलेर बस्न पनि त आमाको मन राख्नै पर्यो नि। त्यहि भएर तिमी अब अलिक व्यवहारिक वन, आफूमा change ल्याऊ।” प्रेमिकाले शशंकित भएर प्रेमीको आँखामा हेरी। हत्तनपत्त प्रेमीले भन्यो, “मेरी आमा, गाउँका मान्छेले कुरा काट्छन्। एकदिन हाम्रो बिवाह हुन्छ। तिमीले आमासँग मिलेर बस्न पनि त आमाको मन राख्नै पर्यो नि। त्यहि भएर तिमी अब अलिक व्यवहारिक वन, आफूमा change ल्याऊ।” केटीले खै के सोची, ऊ यो कुरामा सम्झौतागर्न तयार भई।
: तेस्रोदिन: प्रेमी र प्रेमीकाको अचानक बजारमा भेट भयो। प्रेमिका एउटा अर्कै केटासँग थिई। कुरा भएन उनीहरु छुट्टिहाले। बेलुका प्रेमीले प्रेमिकालाई फोन गर्यो। प्रेमिकाको हालखबर, चिया, खाजा, खाना खाए नखाएको केही सोधेन सिधै बजारमा देखिको केटाबारे सोध्यो। प्रेमिको आवाजले ऊ त्यो केटाको बारेमा जान्न हतारिएको संकेत गर्थ्यो। प्रेमिकाको मनमा चीसो पस्यो तर पनि जवाफ दिन थाली तर उसले जवाफ दिनु अगाडि नै प्रेमी बोल्यो, “सुन, अब तिमी मेरी मात्र हौ, तिमी अरु कोही केटासँग बोलेको हाँसेको हिडेको मन पर्दैन। त्यसैले अब आइन्दा मैले तिमीलाई अरु कोही केटासँग बोलेको हिंडेको देखें भने ठिक हुँदैन।”  प्रेमिकाले पनि सोधी, “तिमी पनि अब मात्र मेरो हौ। के तिमी अब अरु कोही केटीसँग बोल्दैनौ?” प्रेमी हाँस्यो र भन्यो, “मेरो कुरा अलग हो, म छोरामान्छे हुँ।” प्रेमिको स्वाभिमानले उसलाई घचेट्यो र उसले भनी, “न म तिमीलाई मेरो सम्पति सोच्छु न तिमी मलाई यो सोच्ने भूल गर भन्ने चाहन्छु। म कोसँग बोल्नुपर्छ, कोसँग हिड्नुपर्छ यो कुरा म आँफै निर्णय गर्छु। तर अँ एउटा कुरा दिउँसो तिमीले मसँग देखेको केटा मेरो दाजु हो र म मेरो दाजुसँग हिडिरहेकी थिएँ।” यति भनेर प्रेमिकाले फोन राखिदिई।
:चौथोदिन: प्रेमीले प्रेमिकालाई फूल दियो र माफी माग्यो। प्रेमीका एकछिन रिसाइ तर प्रेमीले आफूले उसलाई धेरै माया गर्ने गरेको हुनाले उसमा इर्ष्या उत्पन्न भएको भनेर भनेपछि प्रेमिका हाँसी।
: पाँचौदिन: अफिसले प्रेमिकाको बढुवा गर्यो। प्रेमीभन्दा प्रेमिकामाथि पुगी। समारोहमा सबले प्रेमिकालाई बधाइ र हौसला दिए। प्रशंशा गरे। प्रेमी समारोहमा उपस्थित थिएन। त्यो दिन प्रेमीले अफिसमा बिदा लिएर कोठा थुनेर डेरामानै बितायो।
: छैठौंदिन: प्रेमिकाले प्रेमीको अनुपस्थितिबारे सोधी, प्रेमीले कारणमा व्यस्तता जनायो। “अब त तिमीलाई मैले ‘म्याडम’ पो भन्नुपर्ने भयो हैन त?” उपहाँसको स्वरमा प्रेमीले भन्यो।
: सातौंदिन: प्रेमीले आफूलाई घरवाट बिवाहको दवाव आइरहेको र आफूले पनि बिवाहगर्ने सोच बनाएको कुरा प्रेमिकालाई बतायो। प्रेमीका पनि तयार भई। रातो सारी, गरगहनाले झकिझकाउ, ओठमा लाली, आँखामा गाजल, हातमा चुरा, पाउमा पाउजु, प्रेमीकाले मानौं चोला नै फेरेको थिई। बिवाह भयो। अब उनिहरु श्रीमान र श्रीमति भए।
===========================
अन्त्य
===========================
पहिलोदिन: बेहुला बेहुली पलङ्गमा सँगै बसेका थिए। बेहुलाले बेहुलीको घुम्टो उठाएर, चिउँडो समाएर अनुहार हेरेन, सायद सधैं हेरिरहेको मुहार भएर पनि होला। “अब तिमी मेरी श्रीमती र कसैकी बुहारी भएकी छौ। तिमीले आफ्नो सँस्कृति मानमर्यादा सबैकुराको पालना गर्नुपर्छ, एउटी कुशल श्रीमती बन्ने नै अब तिम्रो एकमात्र उदेश्य हुनेछ। मैले तिमीलाई सम्झाइ राख्नु नपरोस” सैनिकका जवानलाई प्रशिक्षण दिएजस्तो गरेर बेहुलाले बत्ति निभाइदियो।
: दोस्रोदिन: बिहानको खाना श्रीमतीले नै पकाई। खाना खाइवरी दुवैजना आ-आफ्नो कार्यस्थलतिर गए। बेलुका लगभग उहि समयमा फर्किए तर नापेर ठिक्क भन्ने हो भने श्रीमती नै अघि फर्कि। श्रीमतिले नै चिया वनाई तर खाना पकाउने पालो श्रीमानको भनेर भनी। “ल के कुरा गरेको तिमीले स्वास्नी हुँदाहुँदै मैले खाना पकाउने, यस्तो भयो भने त तिमीसँग बिहे गरेको के फाइदा?” श्रीमानले हाँस्दै भन्यो। श्रीमती छक्क परी। चुप लागौं कि भन्ने सोची तर बोली, “तर तिमी त खाना आफै बनाउँछु भन्थ्यौ त” “ए त्यो त एक्लै हुँदा, गृहमन्त्री पनि सम्हाल्नै परो नि तर अब त म प्रधानमन्त्री तिमी गृहमन्त्री। अरुले सुने भने लाजै हुन्छ, स्वास्नी हुँदाहुदैँ लोग्नेले खाना बनाउने, वरपरको डेरावालको अगाडि बेइज्जत नगर है” श्रीमानले हाँसी हाँसी जिस्किदै आफ्नो कुरा भन्यो। बिवाह अगाडि त भनेनौ नि यो कुरा” श्रीमतीले गम्भिर भएर कडा स्वरमा भनि। “ए! त्यतिबेलाको त कुरा नै अर्को थियो” छाती फूलाउँदै त्यति भनेर रिमोट हातमा लिएर श्रीमान टि.भी. हेर्न थाल्यो।
: तेस्रोदिन: श्रीमती अफिस जान ठिक्क परी। श्रीमानले सोध्यो, “कँहा जान लागेकी तिमी?” श्रीमतीले भनी, “अफिस। किन तिमी जाँदैनौ?” श्रीमानले भन्यो, “हैन म जान्छु तर तिमी आज अफिस नजाऊ। आज मेरा साथीहरु तिमीलाई हेर्न आउँदैछन्।” श्रीमतीले भनी, “तिम्रो साथीहरुलाई बिदाको दिन बोलाऊ नत्र साँझमा बोलाऊ। म तिम्रो साथीहरुको लागि अफिस छाड्न त सक्तिन।” श्रीमानले थप्यो, “साथीहरु साँझमा नै आउँछन् तर म चाहन्छु दिउँसो तिमी व्युटिपार्लर जाऊ, कपाल वनाऊ, आइव्रो बनाऊ, मेकअप गरेर ठिक्क परेर बस, साथीहरुले पनि भनुन् वाह! अँ सारी नै लगाउ है, बरु लेउ यो पैसा। दिउँसो सारी पनि किन्नु” श्रीमतीले तुरुन्त प्रतिक्रिया दिई, “ओ! के म गुडिया हुँ? चिटिक्क परेर बस्ने? कि म राम्री छैन र मैले मेकअप गर्नुपर्ने अँ बरु यसो गरौं म पनि मेरा साथीहरुलाई बोलाउँछु। आऊ तिमी पनि अफिस नजाऊ। पार्लर जाऊँ, दार्ही जुंगा बनाऊ, फेसियल, मसाज गर। राम्रो बन। मेरा साथीहरुले पनि भनुन् वाह! बेलुका सवै मिलेर गेटटुगेदर गरौं। रमाइलै हुन्छ। ए! बरु तिमी पनि दौरा, सुरुवा अब आज एकदिनमा त सिलाइ हुँदैन, भाडामा कँहा पाइन्छ तिमीलाई थाहा नहोला। त्यहि भएर दिउँसोभर त खोज्न लाग्छ नै। अँ बरु मलाई सारी किन्न दिएको पैसा तिमीलाई नै काम लाग्छ। त्यहि पैसाले तिमी भाडाको दौरा सुरुवाल किन्नु। कस्तो हुन्छ? यसो गर्दा।” श्रीमतीले यति धेरै कुरा एकछिन पनि नरोकिकन भनि अनि आफ्नो व्याग बोकेर अफिसतिर लागी। श्रीमान रिसायो।
: चौथोदिन: श्रीमानले पाँचसात जोर लुगा श्रीमतीका अगाडी राखिदियो, “यो मेरो लुगा धोइदेऊ त” “मेरो टाउको दुखेको छ। फेरी तिम्रो पनि आज विदा नै हो” “म क्रिकेट हेर्छु। सिटामोल खाऊ न, त्यो जाबो टाउको दुखेको त निको भइहाल्छ नि। तिमी आइमाईहरुले त्यो जाबो टाउको दुखेको त पचाइ हाल्छौ नि” “तिमी त आफ्नो लुगा आफै धुने मान्छे हैनौ?” “त्यो त विवाह अगाडि अब त तिमी हुँदाहुँदै कँहा?” “पल्लो कोठाको रबीजी त बिवाहपछि पनि आफै लुगा धुन्छन् त”,  “उ त जोइटिंग्रे हो नि त!” ,  “उसो भए तिमीले मलाई पोइटिंग्रे बनाउन खोजेको?”, “हैन कर्तव्य परायण श्रीमती”
: पाचौंदिन: रातको नौ बजिसकेको थियो। श्रीमान सोफामा बसेर टि.भी. हेरिरहेको थियो। श्रीमती आई श्रीमानले घडि हेर्यो र आँखा तर्यो। श्रीमानले चर्को स्वरमा भन्यो, “यहि हो घर आउने समय? कँहा थियौ? के गर्दै थियौ? घरमा पनि मान्छे छन् तिमीलाई थाहा छ कि छैन? मलाई भोक लागिसक्यो, घरमा खाना पाकेको छैन। रात बिरात घर आएर वरपरका मान्छेले नानाथरीका कुरा गर्छन्। आइमाइ मान्छे भएर रात बिरातको त ख्याल राख्नुपर्छ।”,  “मेरो अफिसमा मिटिङ्ग थियो। यो कुरा त तिमीलाई पनि थाहा थियो। तिम्रो त चार बजे नै विदा भा’को हैन। भोक लागेको भए खान पकाएको भए भैहाल्थ्यो नि। भान्सामा सबथोक छ। म आफ्नो काममा थिएँ, घुम्न गएर ढिलो आएको हैन, र घुमेरै ढिलो भएको भए पनि तिमीसँग म डराउनु पर्ने केहि छैन। तिमी रातमा घर आउँदा मैले कहिल्यै सोधिन त”,  “मेरो कुरा अलग हो”,  “किन? तिमी फलामको मान्छे हौ?”,  “हैन तर म लोग्ने मान्छे हुँ” ,  “त्यही त मान्छे न हौ भगवान त होइन। “जेहोस तिमी जागिरबाट राजिनामा देऊ। यसरी राती राती आइमाइ मान्छे हिंडेको राम्रो होइन म कमाई हाल्छु। म पाल्छु तिमीलाई। भोलीबाट तिमी अफिस जानुपर्दैन”,  श्रीमती तत्काल बोलिन। फोनको घण्टि वज्छ। श्रीमतीले फोन उठाई। “ए, निकिताजी, …… अँ मैले त्यो फाइल यही लयाए… ए भोली अफिसमा नै छलफल गरौला त्यसबारेमा… ल त, शुभरात्री” श्रीमतीले फोन राखी।
: छैँठौदिन: बिदाको दिन। दुवै घरमा टि.भी. हेरिरहेका। रिमोट श्रीमानले लिएको छ।,  “रिमोट देउ त। एकछिन sports channel हेरौं” श्रीमतीले भनी। “के आइमाइ भएर sports हेर्छौ, ल यो हेर(अर्को च्यानल लगाइदिएर) यसमा तिमीलाई काम लाग्ने सिरियलहरु दिन्छ। सब आइमाइ यहि त हेर्छन् नि। तिमी यसो रामायण महाभारत हेर्ने गर। त्यसवाट तिमीले थाहा पाउँछौ आइमाइको काम कर्तव्य अधिकार।”
: सातौंदिन: घरमा श्रीमानका आफन्तहरु छन्। श्रीमती भान्छामा खाजा बनाउदैछे। “मलाई आफन्तको अगाडि तिमी नभन्नु, हजुर भन्नु” “किन?” श्रीमतीले आश्चर्य चकित भएर सोधी। “नत्र श्रीमतीले हेपेर राखेकी रहिछ भन्छन् क्या” , “ खै त अस्ति मेरो आफन्तको अगाडी तिमीले मलाई तँ नै भन्दा पनि कसैले तिमीले मलाई हेप्छौ भनेर भनेन त! फेरी………..”, “उफ! म लोग्नेमान्छे, तिमी आइमाइ। कत्ति चोटी भन्नु। एकछिन हजुर भन्दा तिमी सानी त हुन्नौ नि।“ , : श्रीमतीले चिया खाजा लिएर गई। आफन्तका अगाडिराखी। “ओहो! पानी ल्याउन बिर्सेछु, यसो गरन भित्र गएर पानी ल्याउन” श्रीमतीले आफन्तहरुलाई खाजा दिदै भनी।
: आठौंदिन: अफिसबाट फर्केर सोफामा बस्दै छेउमा उभिएकी श्रीमतीलाई श्रीमानले भन्यो, “सब साथीहरु बाउ भइसके। आफ्नो भने सुरसार नै छैन। तिमी एकचोटी डाक्टरकोमा जाऊ न” , “मलाई पनि बच्चाको चाहना छ तर मैले गर्दा नै बच्चा नभएको भन्ने त हैन नि। भोली दुवैजना गएर डाक्टरलाई देखाउनुपर्छ।” , “म किन जाने? ममा के खराबी छ?” ,  “अनी ममा चाँहि के कमी छ?” , “ तिमी त आइमाइ मान्छे?” , “तिमी पनि त मान्छे नै हौ।
: नवौदिन: दुवैजना डाक्टरकोमा जान्छन्।
: दशौँदिन: श्रीमान् अफसवाट श्रीमती पहिला नै आइसकेको हुन्छे। श्रीमानको मुहारमा विजयी मुस्कान नाचिरहेको थियो। “आज म एकदम खुसी छु, मेरो बढुवा भयो” श्रीमानले कोट फुकाल्दै भन्यो। , “बधाइ छ। के के मुल्याङ्कन गरेछ अफसले?” , “समयमा अफिस पुग्ने, अफिसमा पुरा समय दिने, बिदा नलिने, इमान्दार आदी आदी” “तर मलाई त जागिरबाट निकालियो” , “के भयो त! म कमाइहाल्छु नि। तिम्रो काम नै के छ र, मिठो मिठो पकाउ, बुढालाई खुवाउ, अफिस पठाउ। दिउँसो घर सफा राख, घर सजाउ। म साँझमा अफिसवाट आउँछु चिया खाजा खुवाउ। तिमीलाई त त्यसैपनि कामै काम” , “तिमीलाई थाहा छ, मलाई अफिस समयमा नपुग्ने, अफिसमा पुरा समय दिन नसक्ने, जहिले पनि बिदा माग्ने भएकोले जागिरबाट निकालियो।“
: एघारौदिन: श्रीमानले सिधै भन्यो, “म दोस्रो बिवाह गर्न चाहन्छु” , “किन?” “मलाई बच्चा चाहियो। म बाउ बन्न चाहन्छु”,  “म पनि आमा बन्न चाहन्छु र म पनि दोस्रो बिवाह गर्छु” , “मतलब?” : “मतलब, आज म डाक्टरकोमा गएकी थिएँ।ल यी यो Report बच्चा जन्माउन नसक्ने कमी तिमीमा छ ममा हैन”
: बार्हौँदिन: श्रीमान आफ्ना साथीहरुसँग घरमा गफ गरिरहेको थियो। पहिलो साथी, “यार! बच्चाको पास्नी कहिले खुवाउँछस्?”
: श्रीमान्, “यार आफ्नो भाग्यमा बच्चा रहेनछ”
: दोस्रो साथी, “के भनेको त्यस्तो?” : श्रीमान, “हेर न मेरी श्रीमती बच्चा पाउन सक्दिन। अव बच्चाकै लागि दोस्रो विवाह के गर्नु? गरु एउटा बच्चा नै काख लिनुपर्ला”
: तेस्रो साथी, “चेक गराएको? कि कतै तँ मा नै पो….?”
: श्रीमान, “कँहा यार ममा, डाक्टरहरु पनि जे पनि भन्छन्। म त लोग्नेमान्छे हो नी”
: श्रीमती सबैकुरा सुनिरहेकी थिई।
: तेर्हौदिन: “ यो समबन्ध विच्छेदको कागजपत्र, पढेर साइन गरिदिनु। म तिमीलाई छाड्दैछु” श्रीमतीले कडा स्वरमा भनी।
: “ के? किन joke गरेको?”
: “यो joke हैन, यो साँचो कुरा हो”
: “लोग्नेमान्छे बिना आइमाइ एकपल पनि बाँच्न सक्दिन। के गर्छौ तिमी म बिना”
: “म आफ्नो जीवनको आफै मालिक हुँ। लोगनेमान्छे विना आइमाइ मान्छे बाँच्न सक्छे कि सक्दिन लोग्नेले छाडिदिएकी तिम्री आमालाई सोध।” श्रीमती व्याग बोकेर निस्की।  -Source : yetautabata

December 22, 2008

अस्तित्व

Filed under: Story

सामानहरू ब्यागमा हाल्दै गर्दा अचानक दीपालाई वाकवाकी लाग्यो। ऊ छेवैको बाथरुममा गई र बान्ता गरी । आज बिहान मात्र उसलाई डाक्टरले भनेकी थिइन् “It’s the symptom of early pregnancy. Don’t worry, but…” अनि डाक्टर भन्दै गइन्- “यस्तो बेलामा धेरै विचार पुर्‍याउनु पर्ने हुन्छ। जोखिमको काम नगर्नुस्, गह्रौ भारी नउचाल्नुस् र बढी भन्दा बढी आराम गर्नुस् ।” “तपाईको श्रीमानलाई पनि” डाक्टरले भनिन् “यस बारेमा सचेत गराउन जरुरी हुन्छ । साँच्चै, के काम गर्नुहुन्छ उहाँ ?” सायद यो प्रश्नको जवाफ दीपासँग थिएन । एकछिन अनकनाएर उसले भनी “उहाँ विदेशमा हुनुहुन्छ ।” दीपाको लागि आजदेखि यो घर विरानो बन्दैछ । ऊ जाँदैछे आज । लाग्छ पश्चिमतिर अस्ताउन लागेको घामले भन्दैछ “दीपा चाँडो गर, नत्र म तिम्रो बाटोको सारा उज्यालो उठाएर लगिदिन्छु ।” दीपा एक नजर अस्ताउँदो घामलाई हेर्छे । उसको मनमा कुन्नि के हुन्छ- ऊ अलिकति उदास बन्छे । तर उसले आज यहाँबाट जानैछ, जसरी पनि । ========त्यहाँ भएका धेरै कुरा उसका भएर पनि ऊ लैजान चाहन्नथी। केही सामान जुन ऊ आफैंले किनेकी हो तिनमा द्विविधा थिएन तर अरु सामान ऊ सोची-सोची हाल्दैछे । यही क्रममा कैयौं प्रसङ्गहरू उसको मानसपटलमा आउँदै-जाँदै गर्दैछन् । उसलाई लाग्छ बितेको समय त धुलोको कणझैं यी सामानहरूमा पो टाँसिएको रहेछ । दीपा सम्झन्छे कसरी ऊ यहाँ आइपुगी - आमा कहिले मरिन् उसलाई थाहाछैन । बाबु मर्दा ऊ सोह्र वर्षकी थिई । घरको आर्थिक अवस्था कमजोर थियो । ऊ भन्दा अघिका दिदीहरूको क्रमश: पन्द्र, सत्र र अठार वर्षको उमेरमा बिहे भएको थियो जसको भार बाबुलाई बोक्नु न बिसाउनु भएको थियो । कान्छा रसाईली सधैं भन्ने गर्थे “तिन्टी छोरीको त पार लगाएँ जे जसरी भएपनि, अब यो कान्छीको के गरी गरौं ? गैरीखेत नभा’ पाखोबारी निखन्न पाए नि त्यसैले बन्दोबस्त हुन्थ्यो ।” तर सोचेजस्तो कहाँ हुन्थ्यो र ? पीरै पीरको भारी बोकेको कान्छोले एकदिन खै कुन्नि कस्तो रक्सी पारेको थियो घरमा, दुई गिलास पिएर चर्पी गएको फर्केन । काज किर्याको त के कुरा गर्नु उल्टै साहुहरूले घर घेरे । नावालक छोरी मात्र के गरोस् र ? दीपाले भनी दिई “बुबाको लास उठाउन दिनुस् घरबारी जे जति छ तपाईहरूले बाँडिचुँडी लानुहोला।“ भन्न त भनी तर ऊ के गरोस् ? उसको कुनै उपाय थिएन । एक त गरिब त्यहाँ माथि कथित तल्लो जाति । तर अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् भनेझैं एकजना सामाजिक कार्यकर्ताको सहयोगमा लास उठ्यो । हो, भाष्‍कर तिवारीले गाउँका सवै युवाको सहयोग लिएर कान्छाको दाहसंस्कार गराए । छोराले गर्ने बाबुको संस्कार सबै (कपाल काट्ने बाहेक) दीपाले गरी। कुसंस्कारको भारी बोकेको समाज नराम्ररी जिल्लियो । यति त भयो तर बाबुले लिएको ऋणका तमसुकले घरखेत खाने नै भयो । कहाँ जाने, के गर्ने भन्ने अन्योल भइरहेको बेला दीपालाई भाष्करले आफूसँग लगेर पढाउने प्रस्ताव गर्‍यो । विकल्परहित दीपालाई यो भन्दा उत्तम के हुनसक्थ्यो र ? ऊ भाष्करसँग काठमाण्डौ आई । अनि उनीहरू तीनजनाको परिवार भयो- दीपा, भाष्कर र भाष्करकी पत्‍नी- दिब्या। आर्थिक अभावले गर्दा दीपाले गाउँमा राम्रो पढ्न सकेकी थिइन । सोह्र वर्षको उमेरमा बल्ल सातमा पढ्दै गरेकी दीपालाई भाष्करले सामान्य अङ्ग्रेजी स्कुलमा भर्ना गरिदियो । बिहान बेलुका दिब्यालाई घरको काम सघाएर पनि दीपालाई प्रसस्तै पढ्ने समय निस्कन्थ्यो । अनि सोही समयको सदुपयोगबाट दीपाले आफ्नो बौद्धिकता बढाइरहेकी थिई । ऊ कक्षामा प्रथम हुन थाली । यसरी दिनानुदिन उसले पढाइमा प्रगति गर्दैगई । त्यसैगरि दिब्या गर्भवती हुँदा र सुत्केरी हुँदा जुन किसिमले सहयोग पुर्‍याई दिब्या लाई त्यो गुन बिर्सिनसक्नु थियो । पढाइ र शीलस्वभाव मात्र होइन रूपमा पनि दीपा बिछट्ट राम्री थिई । उसको सौन्दर्य देखेर त दिव्यालाई समेत कहिलेकाहीँ इर्श्या लाग्थ्यो । तर के गर्नु जसको भाग्यमा जति लेखेको छ… “दीपु…! यहाँ आऊ त” भाष्कर प्राय दीपु नै भन्ने गर्छ । भाष्करका केही साथिहरू आएका रहेछन्, त्यसैले उसले चिया बनाउनु भन्नको लागि बोलाएको रहेछ। लहलहाउँदो कपाल, छिनेको कम्मर, ताजा गुलाफको पत्रझैं ओठ… भो छोडिदिऊँ उसको रूपको वर्णन गरेर साध्यै छैन । दीपालाई देखेर भाष्करको साथी अनमोल हेरेको हेर्‍यै भयो । अनि खै कुन्नि के खासखुस गर्‍यो दीपाले बुझिन । उसलाई लाजले/डरले के ले हो के ले चिया लिएर जान मन थिएन । तर नगई उपाय पनि त थिएन, आजै दिब्या केही दिनका लागि माइत गएकी थिइन् । एसएलसी परिक्षा आउन लागेको थियो । करिव १० दिन मात्र बाँकी । रात छिप्पिदै थियो । दीपा अध्ययनमा ब्यस्त थिई । अचानक भाष्कर कोठामा पस्छ । दीपालाई एकटक हेरिरहन्छ । दीपा केही बोल्न सक्दिन । ऊ सकेसम्म बेवास्ता गर्न खोज्छे । बाबुसमान मानेको भाष्करको हेराई किन-किन आज उसलाई अस्वभाविक लागिरहेको थियो । तर भाष्करले हेरिनै रहन्छ । दीपालाई खपिनसक्नु अप्ठेरो लाग्छ । ऊ बाहिर निस्कन खोज्छे । ढोका निरै उभिए भाष्करले बाटो छेक्छ । “दीपु तिमी साँच्चै राम्री छ्यौ ।” उ भन्दै जान्छ “म पनि कति मुर्ख माली आफ्नै बगैंचामा फुलेको फूल चिन्न नसक्ने ।” यतिन्जेल उसको एउटा हात दिपाको केशराशिमा चल्न थालिसकेको थियो भने अर्को हात उसको वक्षस्थलमा । निरिह दीपा… एक पटक त भन्छे “नगर्नुस् न सर, छि के गरेको यस्तो ।” उसले फुत्कन कोशिश गर्छे “म तपाईलाई बुबाझैं इज्जत गर्छु ।” तर दीपाका यी शब्दहरू ब्यर्थ भए । अनि भाष्कर विजयपथमा अघि बढेको योद्धाझैं उन्मत्त भएर दीपाका अङ्ग प्रत्यङ्गसँग खूव खेल्छ । दीपा बेहोसझैं हुन्छे । भाष्कर पसिनाले लफ्रक्क भिजेर उत्तानो पर्छ । केही क्षण पछि दिपाले तन्दा भिजेको आभासले छाम्छे र हात हेर्छे रगताम्य…। त्यसदिन पश्चात दीपा विक्षिप्त हुन्छे । तर ऊ केही गर्न सक्दिन । आफूलाई एउटा नाजुक अवस्थावाट उठाएर यहाँसम्म ल्याउने मान्छे जसलाई उसले मनैदेखि देवता समान मानेकी थिई उसको दानवरूपको बारेमा ऊ कसलाई सुनाओस् । अनि फेरि उसले यो अन्धो समाजलाई पनि त चिनेकी थिई… जो कमजोर छ उसैमाथि दोष थोपरिन पनि त सक्थ्यो । भाष्कर दिव्याको अनुपस्थितिमा दीपाको कोठामै रात बिताउने गर्नथाल्यो । असहाय दीपाले यो शोषणलाई स्वभाविक मान्न बाध्य भई । त्यसरी आएको रात भाष्कर दीपालाई दुई चक्की औषधि खान दिन्थ्यो । दीपा निर्विरोध खाईदिन्थी । पटक-पटक बलात्कृत भएपछि दीपाले पढ्न सकिन । ऊ एसएलसीमा पनि फेल भई र पढाइमा चासो पनि त्यति राखिन । तर पत्र-पत्रिकाहरू भने विशेष रुचि लिएर पढ्ने उसको स्वभाव कायमै रह्यो । साथै ऊ त्यहीं अफिस कोठामा भएका भाष्करका रिसर्च पेपर, केस स्टडिहरू विशेष रुचिका साथ पढ्थी । जसले गर्दा नजानिंदो गरी उसमा चेतनाको विकास भइरहेको थियो । एकदिन दीपाले भाष्करसँग जागिर खाने अनुमति मागी । उसले पहिला त “किन तिमीलाई जागिर खान पर्‍यो?” भनेर कडा स्वरमा सोध्यो । तर पछि दिब्यासँग सल्लाह गरेर भनौंला भन्यो । “उ स्कूल जाँदा त ठिकै थियो भने म के भन्थे र ?” दिब्याको यस्तो जवाफ आएपछि दीपालाई बाटो खुल्यो । यस्तै कुराहरू भएका थिए र आज तिनै कुराहरू श्रृङ्खलाविहिन रूपमा पुनरावृत भइरहेका थिए दीपाको स्मृतिमा। एउटा खाम बन्द चिठीमा कुन्नि के लेखेकी थिई दीपाले, साइडटेवलको घर्रामा राखिदिई। तर ऊ निस्कन नपाउँदै कोही आएको संकेत कलबेलले गर्‍यो । दीपा ढोका खोल्न गई, भाष्कर आएको रहेछ । ऊ सरासर दीपाको कोठामा आयो (दिव्याको अनुपस्थितिमा ऊ त्यसै गर्थ्यो) ।

भाष्करले अचम्मित हुँदै सोध्यो- “यो के हो?” दीपा एकछिन केही बोल्न सकिन ।

अनि आफू भित्रको सारा हिम्मत एकढिक्को पारेर भनी “म आज जाँदैछु ।”

“कहाँ?” “जहाँ भाग्यले डोहोर्‍याउँछ।”

“किन?” “…म गर्भवति छु।“

“कसरी?” सधैं सुरक्षाको उपाय अपनाएको ऊ झस्कनु स्वभाविक थियो । “मैले तपाईले दिएको चक्की खान छाडेको थिएँ ।”

“किन?” “म भित्रको नारित्व जागेर ।”

“यो हुनसक्दैन तिमीले एभोर्सन गर्नुपर्छ…गर्नैपर्छ ।” “कदापि गर्दिन । म जन्म दिन्छु यसलाई ।”

 “यो सव तेरो चाल हो । तैंले मेरो सम्पत्तिमा हक लगाउन यसो गरेकी होस् ।

कुन अवस्थामा उठाएर ल्याएँ तलाई थाहा छ ?” भाष्करले आफ्नो असली रूप देखाउँदै बिषवमन गर्‍यो “थाहा छ, सब थाहा छ। त्यसैले त पटक पटक बलात्कृत हुँदा पनि सहें”, ऊ भन्दै गई “तपाई जति तुच्छ सोच्नुहुन्छ म त्यस्तो छैन । झिंगा लागोस तपाईको सम्पत्तिमा । मैले यसरी कैयौं पटक आफ्नो शरीर तपाईलाई सुम्पनु परेपछि निर्धक्क वेश्यावृत्ति गर्न थाले ।”

“त्यसोभए यो सन्तान त कसको हो के ठेगान ?” “यो तपाईकै हो, तर सम्पत्ति माथि दाबी गर्ने तुच्छ काम म गर्दिन । म आफ्नै वर्कतमा, आफ्नै अस्तित्वमा बाँच्न चाहन्छु । मेरो सन्तानलाई मेरै पहिचान दिन्छु । यदि कुनै दिन उसलाई बावुको परिचय आवश्यक परेछ नै भने तपाई सामू आउँला । अहिलेसम्म मलाई गर्नु भएको सहयोगको लागि धन्यवाद ।”

भाष्कर कही भन्न खोज्छ । तर उसको मुखबाट शव्द निस्कदैनन् । दीपा ब्यागहरू उठाउँछे र जान्छे । पराजित आँखाले भाष्कर दीपालाई हेरिरहन्छ गेटबाट नबाहिरिएसम्म । –Bipin Sharma Source:Tanneri

अर्काको छोरो

Filed under: Story


अरू कुमारी केटीहरू सपनामा ˆनो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ रोहणले मलाई दिएको माया यहाँ वर्णन गर्न सक्तिन बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर हुन्छ रे, हामी पनि त्यतापट्ट िसोच्ने हो कि ? एक दिन रोहणले प्रस्ताव ल्याए मैले स्वीकार गरेँ हाम्रो त्यो सहमतिमा जन्मेको छोरो आज राम्रो स्कुलमा बोडर्स गत असारदेखि दस वर्ष लागेको त्यसपछि दोस्रो सन्तानका लागि हामीले सोच्तै सोचेनौा

एक दिन रोहण अन्यमनस्क हुँदै अफिसबाट आए थचक्क सोफामा बसे मैले आजसम्म उनलाई यस्तो थकित गलित कहिल्यै देखेको थिइन छेउमा गएँ निधार छामेा, सुमसुम्याएा सोधेँ- के भयो मेरो राजा आज तिमीलाई ? उनले मेरो कम्मरमा हात बेरेर कुममा चिउँडो टेकाउँदै भने हेर मलाई जस्तो अवसर अरू कसैलाई आए थाप्लो ठोकी ठोकी हामफाल्दै जाने थिए। मेरो अफिसलाई अमेरिका जाने एउटा कोटा आएको मेरो बाहेक अरूको योग्यता पुग्दैन पढ्न पनि पाइन्छ, तलब पनि डलरको भाउमा हाकिमले जाऊ भन्छ तर तिमीलाई छोडेर मलाई जान पटक्कै मन छैन

छाँगाबाट खसे जत्तिकै भएा रोहण नभएको दिन मैले सपनामा पनि देखेकी छैन नभएको रातको कल्पना पनि गरेको छैन चिच्याउँदै भन्न चाहन्थाे, तिमी मलाई एक्लै छोडेर जाने कुरै नगर फेरि विचार गरें "भाग्यले दिने कर्मले ठेल्ने" भन्छन् मैले त्यसरी अड्डी लिादा हाम्रो ठूलै अवसर पो गुम्ने हो कि ? गहभरि आँसु जमाएर चुप लागेा रोहणको मुखबाट पनि एक वाक्य फुटेन हामी च्याप्प अँगालोमा कसिएर सुत्यौा अनिदै आँखा लिएर बिहान उठ्यौा

एक कान दुई कान मैदान भयो रोहणलाई अमेरिका जाने अवसर आएको कुरा रोहण जान मन गर्दैन रे भन्ने हल्ला पनि खडेरीको भष्मे सल्किए जस्तो सल्किसकेछ आफन्तहरू, नाता गोताहरू घरमा भेला भएर सम्झाउन थाले बाबै समय आउँछ पर्खिंदै अब छोरो पनि स्कुल जाने भैसक्यो लाजवन्ती छोरो पढाउँछिन् घर थामेर बस्छिन्, केही वर्षको कुरा हो त्यसपछि तिमीहरूलाई सुखै सुख रोहणको बारेमा गाउँभरि टीका टिप्पणी सुरु भए, स्वास्नी छोड्न नसक्ने लाछी कसै कसैले सुँगुरलाई स्वर्ग जान्छस् भनेजस्तै हो रोहणलाई अमेरिका जा भन्नुसम्म भने उता अफिसमा, हाम्रो कार्यालयको प्रतिष्ठाको कुरा हो तिमीले नाइँ भन्न मिल्दैन भनेर हाकिमले दबाब दिइरहेका थिए यी चौतर्फी राप तापबाट पनि गलिसकेकी थिएँ

अमेरिका जाऊ रोहण तिमी फिर्ने बाटो कुरेर यो घर रूँगिरहन्छु मैले यो भन्दा बढी बोल्न सकिन घोप्टो परेर रुन थालेँ रोहणले पनि मेरो पिठ्यूामा आँसु खसाउँदै रात बिताए हाम्रो बिछोड निश्चित भयो तिमीलाई दुःख हुन्छ, छोरालाई बोडर्स नै राखिदिनु भने रोहणले झन् एक्लै हुन्न ? मैले प्रश्न गरें भोलिपल्ट गाउँ गएर एउटा केटो लिएर आएँ गोरो, सुकिलो, सलक्क हात खुट्टा भएको दुब्लो त्यो केटो मेरो छोरो भन्दा दुई वर्ष जेठो रहेछ यसका बाबु अपा· छन् आमाले अर्कै घरजम गरिछन् यसले पेटभरि खान पाएको छैन, पुस्तक च्यापेर स्कुल जान पाएको छैन आजै स्कुल भर्ना गरिदिन्छु बिहान बेलुका तिमीलाई काम सघाउँछ, बोल्ने साथी हुन्छ भने मलाई पनि जायज नै लाग्यो नुहाइदिएँ, सफा कपडा लगाइदिएँ झन् सुकुमार देखियो

तेरो नाम के हो ? कुन्दन

कति वर्षको भइस् ? बाह्र वर्ष

आमाको माया लाग्छ ?

कुन्दन चुप लाग्यो लाग्छ पनि भनेन लाग्दैन पनि भनेन आमाले अपा· बाबु आफूलाई छोडेर पोइल गएको विषय उसका लागि पीडादायक भन्ने सोचें त्यसपछि मैले उसकी आमाका विषयमा प्रसङ्ग नै कोट्याइन भोलि रोहणको ˆलाइट हिथ्रोमा चार घन्टाको ट्रान्जिट भन्दै कुरा गर्छन् बिदाइका लागि आएका रोहणका साथीभाइ तिनीहरूका गफसँग मलाई कुनै सरोकार छैन भोलिदेखि मेरो अागालोमा रोहण हुने छैन एक्ली, नितान्त एक्ली मलाई कालो रातले सर्लक्कै निल्नेछ रोहण फिरेर आउँदा यो घरमा हैन मेरो आत्माले पर्खिरहेको हुन्छ होला उसलाई डरलाग्दा कल्पनाहरूले कहालिन पुगेछु सुटकेसमा सामान कोच्दै गरेका रोहण विद्युत्को गतिमा मलाई समाउन आइपुगे

लाजवन्ती बिर्खबहादुर अरबमा , गुणराज ज्यान जोखिममा पारेर इराक गएको , लाक्पा धनकेशर बेलायत अमेरिकामा छन् तिनीहरूका पनि मस्त जवानी छचल्किएका स्वास्नीहरू घरमा छन् तिमीले देखिरहेकी छ्यौ परदेश यात्राले ज्ञान बढ्छ, सीप बढ्छ, हिम्मत बढ्छ तिमी अधैर्य बन्नु हुँदैन, समयमा नै फिर्नेछु मेरो आधा मनले भन्दैछ- रोहण पुरुष हो, पुरुष चाँडै रङ फेर्न सक्छ छेपारोले जस्तो तर पनि उसको कुराले मलाई केही ढाडस दियो आँसु पुछें बिदाइको हात उठाएँ आन्टीको राम्रो हेरविचार गर्नु है, रोहणले कुन्दनतिर फर्केर भने अनि दैलाको ठेलामा भरिएको कलशको पानीले शिरमा शेचन गर्दै अघि बढे जति टाढासम्म पुर्‍यायो त्यति ढिलो घर फिर्छन् रे भन्छन्, त्यसैले दैलाको ठेलासम्म मात्र पुर्‍याएर मैले रोहणलाई बिदा गरें

आज रोहणसँग अलग भएर सुतेको पहिलो रात, थरिथरिका भय आशङ्काले थिचेर मर्माहत भै रहेकी छु यतिखेर कहाँ पुगे होलान् ? के खाए होलान् ? कहाँ सुते होलान् ? उसको अवस्था मेरो जस्तै होला कि ? यस्ता धेरै प्रश्नहरूमा जेलिादै छु एक-एक गरेर केलाउँदै छु, जुन दिन अन्मिएर रोहणसँग आएा त्यस दिनदेखि हाम्रो मन पनि एकाकार थियो भौतिक शरीर पनि एकाकार थियो यस घरमा भित्रिएपछिको पहिलो मासिक धर्मका दिन पलङमुनि ओछ्यान लगाएर सुत्ने तरखरमा थिएँ तर उनले ती लुगा उठाएर कुनामा राख्तै भने "छुनै हुँदैन भन्ने वैज्ञानिक मान्यता मैले कतै भेटेको छैन, त्यसैले हामी एकै ठाउँ सुत्छौं जिन्दगीभर एकै ठाउँ सुत्ने छौं " त्यस रात निक्कै डराएकी थिएँ सबैभन्दा धेरै डर मलाई पापको थियो यस कुरामा मेरी आमा निक्कै अनुदार हुनुहुन्थ्यो मैले पनि त्यही बुझेकी थिएँ माइत जाँदा पनि सँगै जान्थ्यौा, सँगै बस्थ्यौं सँगै फिथ्र्यौं, तर मलाई उनको सामीप्यताको बोझ कहिल्यैा भएन, झर्को कहिल्यै लागेन बरु कुनै कुनै भागमा अतृप्ति बाँकी नै भए जस्तो लाग्थ्यो सधैा उनको तातो सास ठोक्किने गरी नजिकिएकी हुन्थें जीवनभरि सँगै सुत्ने उद्घोष गर्ने रोहण आज मेरो साथमा छैन यो पलङ पनि उराठलाग्दो कहालीलाग्दो भएको अलिकति आँखा तानेर हेरें एउटा कुनामा सानो ओछ्यान लगाएर कुन्दन मस्तसँग बाल निद्रामा उसलाई बोलाउन मन लाग्यो "कुसमयमा कसैको निद्रा बिथोल्नु हुँदैन, पाप लाग्छ", आमाको भनाइ सम्झेा तर नबोलाई सकिन विस्तारै बोलाएा "कुन्दन" सुनेन, फेरि बोलाएँ, धेरैपल्ट बोलाएपछि चट्पटायो हस्याङ फस्याङ् गर्दै उठ्यो के भो आन्टी ?

तँ कस्तोसँग निदाइस्, हेर बाबु मलाई एक झप्को पनि निद्रा आएन निद्रामा उठाएर अन्याय गरेबापत उसलाई मैले मायालु वचन दिएँ कुन्दन पलङको छेउमा आयो, भुइँमा घुँडा टेक्यो कुहिनाले पलङ टेक्तै सोध्यो- सञ्चो भएन कि ? मनको विसञ्चो मात्र हो अरू केही होइन त्यो अबोधले मेरो आशय कसरी बुझ्थ्यो त्यै पनि भन्यो, केही औषधि खानुपर्छ कि ? मैले मनमनै भनें, मेरो मन विसञ्चो भएको औषधि कहाँ पाइन्छ भन्ने तँलाई के थाहा !

"कुन्दन " "हजुर "

"सुत्ने बेलामा तैाले हातगोडा धोइस् ?" "धोएँ । "

"राम्रोसँग धोइस् के त ?" "राम्रोसँग धोएँ, साबुन लगाएर, मुख पनि धोएँ । "

"लुगामा जुम्रा छ कि छैन ?" "तपाईंले दिनुभएको नयाँ लुगा त हो नि केही पनि छैन । मेरो पुरानो लुगामा पनि जुम्रा चाहिा थिएन । "

त्यसो भा आइज मसँगै सुत " कुन्दनले आश्चर्यजनक रूपमा आँखा फैलायो भन्यो "आन्टीसँगै ?"

"अँ अँ आइज । एक्लै त्यो कुनामा के सुत्छस् । " मैले एउटा सानो सुत्ने आधार पाएँ । कतिखेर निदाएा पत्तै भएन ।

कुन्दन
घरको काममा सिपालु भइसकेको थियो अह्राउनु नपर्ने, अझ भन्ने हो भने भएको बेला मैले केही गर्नै नपर्ने उसको पढाइ पनि दिनदिनै राम्रो हुँदै गएको थियो स्कुलमा तीन दिनको छुट्टी थियो कुन्दनलाई लिएर छोरालाई लिन स्कुलमा गएँ कुन्दन तँ भन्दा दुई वर्ष जेठो , तेरो दाजुजस्तै हो भनेर उसलाई चिनाएँ केटाकेटीको जात हो चाँडै घुलमिल भए छोरो घरमा बसुन्जेल मैले कुन्दनलाई घरको काम लगाइँन बोर्डिङ स्कुलको पराधीनताबाट मुक्ति पाएको समयमा उसले खेल्न पाउनु पर्छ, उपि|m दौडिन पाउनु पर्छ भन्ने लाग्यो कुन्दन छोराको खेल्ने जोडी खुबै मिल्यो माझमा सुतेर यी दुवैलाई आफूसँगै दुईपट्ट िसुताएँ राति अबेरसम्म तिनीहरू पलङमै खेलिरहन्थे, चलिरहन्थे, बोर्डिङ स्कुलका गफ गरिरहन्थे दुवैलाई एउटा एउटा अँगालोमा बेरेर टाँसी-टाँसी निदाउँथे त्यो तीन दिन रोहणको सम्झनाले अलिक कम थिचेको अनुभूति भयो

 


मेरो छोराले भनेको सुनेर कुन्दनले पनि एकपल्ट मलाई "मुमा" भन्यो अलमल्ल परेँ कुन्दन मेरो छोरो जस्तै मात्र हो तर मेरो छोरो हैन कसैको छोरो हो हुन रोहण पनि कसैको छोरो हो नि उसको मायामा पागल हुँदैछु यो कुन्दन, कसैको छोरो, यसको मायामा पनि लठ्ठ हुँदै गएकी छु अर्काका छोराहरूको माया किन लाग्छ यसरी, मैले बुझ्न सकेकी छैन मैले कुन्दनलाई अलिक कडा बोलीमा भने, कुन्दन तैँले मलाई आन्टी भन्नु, आन्टी मात्र भन्नु जिल्ल पर्‍यो मैले उसलाई किन त्यसो भनें मलाई नै थाहा छैन मेरो छोरालाई मैले ममी भन्न नसिकाएर मुमा भन्न सिकाएँ अङ्ग्रेजीका यी नाता बुझाउने शब्दहरूसँग मलाई विश्वास छैन ˆनोपन छैन तर कुन्दनसँग त्यही रूखो सारहीन सम्बोधन किन मागिरहेकी छु, आफैंलाई थाहा छैन

मेरो छोराको तीन दिन घर बसाइपछि कुन्दनलाई पनि मेरो शरीरमा लेपासिएर सुत्ने बानी परिसकेको थियो कहिले अागालो हाल्थ्यो कहिले खुट्टा बोकाउँथ्यो पनि उसलाई त्यसै गर्थेा अागालामा बेरेर म्वाइँ खान्थें, गाला सुम्सुम्याउँथे उसका चिल्ला, राता पुक्क परेका गालामा स्कुलका मिसहरूले टोकेको कुरा सुनाएको थियो उसले मलाई तेरा मिसहरूले खै कसरी टोकिदिए रे भन्दै पनि उसको गाला टोकिदिन्थे उसलाई तेल लगाएर जीउ मालिस गरिदिन्थें उसलाई उसकी आमाले दिन नसकेको माया दिएकी हूँ भनेर मेरो मनमा उठ्ने भय सम्भावनाहरूलाई पर-पर हुत्याउँथे पनि मैले उसकी आमा बन्न कहिल्यै स्वीकार गरिन कुन्दनले पनि मेरो कम सेवा गरेको छैन जीउभरि तेल दलेर मालिस गरिदिएको अस्त-व्यस्त कपडाहरूको पर्वाह नगरी नाङ्गो ढाडमा चिलाइ मर्नेगरी कन्याइदिएको कतिपल्ट मेरो उन्मुक्त ढाड थिच्दा-थिच्दै त्यही घोप्टो परेर निदाएको कहिलेकाहीं विचार गर्छु यो कुन्दन पनि नभएको भए पागल नै भइ सक्थें होला

 


रोहण गएको आज दुई वर्ष एघार महिना भयो अब एक महिनामा रोहणको बलियो तातो अागालोमा कसिएर अमेरिकाका मीठा-मीठा कथाहरू सुन्नेछु शरीर फूल जस्तै हलुङ्गो भएर आयो भोलि बिहानै उठेर कुन्दनलाई अङ्कल आउने समय भएको सुनाउने छु "अब तेरा मसँग सुत्ने दिन सकिए है बाबै", भन्नेछु भन्दै मीठा कल्पनाहरूले सजिएर निदाएँ उज्यालो भयो अरू दिनको भन्दा छिटो उठाे अर्थात् मेरा मनका खुसीका तरङ्गहरूले मलाई सुतिरहन दिएनन् फोनको घन्टी बज्यो फोनको रिसिभरलाई झम्टिएँ रोहण कति तारिखको टिकट ? रोहण मलाई पहिले भनन कति तारिखको टिकट लियौं ? तारिख सुन्न व्यग्र थिएँ तर रोहणले तारिख बताएन, उसले भन्यो "माफ गर लाजवन्ती अरू दुई वर्ष आउन नपाउने भएँ "

मैले त्यो अमेरिका भन्ने ठाउँलाई धारे हात पारेर सरापें रोहणको अफिस त्यो पापी हाकिमलाई सरापें आजसम्म कसैले नदुखाएको मेरो चित्तलाई चिरा-चिरा पारेर नून खोर्सानी छर्किदियो रोहणले आज मलाई उसँग पनि कहिल्यै नउठेको रिस उठेर आयो त्यहीं बस्नु, त्यहीं घरजम गर्नु, त्यहीं एउटी कुइरेनी ल्याउँनु, अब लाजवन्ती मरी भनिदिनु जस्तो लागेको थियो तर फोनको लाइन काटिइसकेको थियो कुन्दन स्कुल गएपछि रामेश्वरीको घर गएँ रामेश्वरी मसँग विचार मिल्ने साथी हो उसको पनि लोग्ने कतारमा रामेश्वरीको घरमा लोग्ने परदेश भएका आइमाईहरू भेला भएर छिल्लिंदै गफ गरिरहेका छन् लौ लाजवन्ती पनि थपिई भन्दै सबै हाँसे रामप्यारीको लोग्ने हिजै मात्र कोरियाबाट आएको रहेछ सबै मिलेर रामप्यारीलाई उल्ली-बिल्ली पारिरहेका छन् कोरकोराउँदै बसेकी थिइस् नि थाहा पाइस् भने रामप्यारीको अनुहार रगत चुहिएला जस्तो थियो रामप्यारीबाट आइमाईहरूको ध्यान हटाउने उद्देश्यले मैले भनें- परदेशबाट बूढो आउँदा त्यस्तो के हुन्छ ? तिम्रो पनि बूढा आएको दिन थाहा हुन्छ सेर्पिनी ठूलीले प्वाक्कै भनी, सबै गललल्ल हाँसे मैले पनि हाँसी सघाएँ तर मलाई मात्र थाहा मेरो बूढोको अवधि दुई वर्ष थपिएको

काम सकेर कुन्दन पनि हात पुछ्दै आयो, सिरकभित्र छिर्‍यो दाहिने हात मेरो छात्तीको वारपार तेस्र्याएर एकछिनमा भुसुक्क निदायो मेरो चौडा छात्ती नाघेर उसको हातको पञ्जा लत्रक्क लत्रिएको थियो कुन्दनको हात हो यति लामो बालकको हात कसरी यति लामो हुन्छ ? को आएर मसँग सुत्यो ? मेरो आङ जिरि· भएर आयो निधार छामे, गाला छामें, छात्ति छामाे त्यो कुन्दन नै थियो कुन्दन ˆनो टाउकोलाई मेरो टाउकाको समानान्तर राखेर निदाएको थियो ˆना खुट्टाले उसका खुट्टा छामेा, अर्थात् मैले उसको उचाइ नापें मभन्दा पनि अग्लो भइसकेको रहेछ मलाई पत्यारै लागेन, यो केटो कति चाँडो यसरी हलक्कै बढेछ छ्या यो सिङ्गो लोग्ने मान्छे पो भइसकेछ, रोहण जस्तै लोग्ने मान्छे मेरो शरीर ढक्क फुलेर आयो अलिकति लजाएँ, अलिकति डराएँ तर मेरो मन रोमाञ्चित भइरहेको थियो मभित्र सल्किादै निभ्दै गरेका आगाका लप्काहरू कुन्दनलाई अनुभूति हुने कुरै भएन, गहिरो निद्रामा थियो

एकछिनपछि कुन्दनतिरै कोल्टे फिरेा, उसलाई लपक्कै अागालो हाले देब्रे खुट्टा उसको शरीरमाथि राखेँ यतिले पनि मेरो मन अघाएको थिएन उसलाई ब्यूँझाएर चल्न, जिस्किन खेल्न मन लागिरहेको थियो तर उसलाई ब्यूझाउँने हिम्मत गर्न सकिन अझ मनमनै कामना गरिरहेकी थिएँ, यो अझ गहिरो निदाओस् मैले उसको छात्ती नापेा उसको छात्ती पनि कहिले-कहिले चौडा भइसकेको रहेछ मैले उसको कपाल मुसारे पिठ्यूा सुम्सुम्याएा, नितम्ब स्पर्श गरे कम्मरमा हात राखेँ मलाई झल्यास्स सम्झना भयो, सुरूका दिनमा रोहणको कम्मर पनि यस्तै पातलो थियो नि रोहणको सम्झनाले मलाई एकछिन व्याकुल बनायो तर त्यो व्याकुलता धेरैबेर टिक्न सकेन फेरि मेरो मन कुन्दनको शरीरमाथि नै पोखियो मलाई अहिले त्यो दिनको कुरा भन्न असजिलो लागिरहेको तर पनि सत्य भनिरहेकी छु मेरो मन थामिएन, त्यो दिन मेरा हातहरू कुन्दनको नितान्त गोप्य निजी क्षेत्रहरूमा पनि अतिक्रमण गर्न पुगे संवेदनशील कित्तामा सल्बलाए त्यसपछि कतिखेर निदाएँ, पत्तो भएन बिहान उठ्ता पलङको डिलमा खुट्टा तल झारेर कुन्दन घोसे मुन्टो लगाएर बसेको थियो मैले सङ्कोच मान्दै सोधे- कुन्दन के भयो ? उसले घोसे मुन्टो लगाएरै भन्यो "छ्या आन्टी पनि "

रोहण गएको साढे तीन वर्ष भयो, अब डेढ वर्षमा घर आउँछ तर त्यो कुराले मलाई कुनै सान्त्वना दिन सकिरहेको छैन यी बितेका वर्ष बित्ने वर्ष मेरो अमूल्य जीवनबाट त्यत्तिकै तुहेर जाँदैछन् पाँच वर्ष भनेको समय कम हैन मेरा कति इच्छाहरू झरेर गए, कति आकाङ्क्षाहरू ओइलाएर झरे, मेरा शारीरिक आवश्यकताहरू त्यत्तिकै टाक्सिए के त्यो पाँच वर्ष मलाई कसैले फिराइदिन सक्छ ? समयमा नखाएको फल कुहेर जान्छ मेरो ओइलाएको जवानी चाउरी परेको शरीरमा झुत्ती खेलेर रोहणले त्यस बेला के पाउँछ ? उमेर, जवानी चाहनाहरू साँचेर साँचिने कुरा हैनन् मलाई रोहणप्रति पनि शङ्का जागेर आयो के यतिका वर्ष मलाई नै सम्झेर रात काटिरहेको होला ? मेरै लागि बलवीर्य सञ्चय गरेर बसेको होला ? अहँ विश्वास गर्नु हुँदैन, लोग्ने मान्छे हो, स्वतन्त्र यौन इच्छा पूरा गर्न पाउने भूमिमा स्वयं पनि स्वतन्त्र

आज मैले दाहिने पाखुरा कुन्दनको गर्धन मुनिबाट छिराएँ आकाशतिर दृष्टि लगाएर सुतेँ कुन्दनको एउटा हात खुट्टाको भार मलाई महसुस भइरहेको तर मलाई त्यो भारसँग कुनै चाख थिएन मेरा स्मृतिहरू रोहणसँगको पहिलो रातमा हुत्तिएर पुगेका थिए डरले लगलग कामिरहेकी थिएँ रोहणका नरम स्पर्शहरूले मेरो सिङ्गो शरीरलाई कुत्कुत्याइरहेको थियो समर्पणका लागि उक्साइरहेको थियो रोहणले मलाई यसरी समातेको थियो कि जसरी शेरले ˆनो सिकारलाई समातेको हुन्छ झल्याास्स यथार्थमा फिर्छु एउटा वलिष्ठ वस्तुले मलाई थिचिरहेको मैले उसलाई ठेल्न खोजिनँ, पन्छाउन खोजिनँ बरु त्यो आगाको डल्लो जस्तो वस्तुलाई च्याप्प समाते दुई हातले तर त्यो तत्कालै चिसो भो बरफ जस्तो पग्लिन थाल्यो मैले समाउँदा समाउँदै शङ्खे कीरामा नून परेजस्तो पग्लिएर पलङमा पोखिन पुग्यो त्यो अधुरो यात्राले विचलित हुन पुगेँ रीस ग्लानि एकैचोटि मेरो शिरमा चढ्यो मैले उसलाई कुटें, चिथोरेा, टोकेा जगल्ट्याएँ निर्जीव मुढो जस्तो लडिरहृयो, सही रहृयो

फेरि सामान्य अवस्थामा आएँ, यस बेला मलाई खुसी लागिरहेको थियो, मैले मनमनै भने "कुन्दन पनि अब योग्य भएछ " फेरि मेरा ओठ फुसफुसाए, "रोहणले आज नराम्रो सपना देख्यो होला " - कृष्ण अधिकारी Source : Madhupark

अनौठो प्रेमकथा

Filed under: Story


खासै दुःखी थिइन तैपनि खै किन हो आफ्नो नामको पछाडि यही शब्द झुण्ड्याउन मन पराउँथी मान्छे सानै भएपनि धेरै ठूला ठूला कुरा गर्न सिपालु थिई पर्ढाईमा पनि कहिल्यै तेस्रो भइन, प्रथम द्धित्तीयमा नै उसको प्रतिस्प्रधा चलिरहृयो सायद उपन्यास पत्रपत्रिका अनि साथी सङ्गतको असरले होला कक्षा सातको अन्तिम परीक्षा दिनुभन्दा पहिले नै उसले प्रेमपत्र लेख्न जान्ने भएकी थिई

ऊ विवेकलाई असाध्यै मन पराउँथी । जीवनका हरेक सपना ऊ विवेककै साथमा देख्थी । विवेकविनाको जीवन ऊ सपनामा पनि कल्पना गर्न सक्तिनथी । विवेकलाई एकदिन मात्र पनि नदेख्दा उसको जीउमा घाम लाग्दैनथ्यो, खै के के हराएको जस्तो हुन्थ्यो । विवेकको छायाँ देख्दा मात्र पनि ऊ यति धेरै फुरुङ्ग हुन्थी कि भोक तिर्खा सबथोक बिर्सिन्थी । उसका अङ्ग प्रत्यङ्ग रोमाञ्चित भएर कल्पनाको सागरमा पौडी खेलीरहेका हुन्थे । ऊ त्यही संसारमा आहृलादित हुन्थी, दुनिया विर्सन्थी । १२/१३ वर्षो कलिलो उमेरदेखि नै उसको मनमा विवेक प्रतिको प्रेम अगाढ थियो ।

विवेक गाउँको सामान्य परिवारमा जन्मे हुर्केको एउटा सुन्दर, शुशील र मिलनसार किशोर थियो । कसैसँग झै झगडा नगर्ने, चाहिएको कुरा मात्र बोल्ने र मीठो बोल्ने उस्का विषेशता नै थिए । को सँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान थियो विवेकलाई । उसको बोली बचन र बानी व्यहोराको विषयमा गाउँका ठूलाबडाहरू पनि चर्चा गर्थे । हुन त विवेक सानो तिनो बदमासी गर्दै नगरेको भने होइन तर उसका बदमासीहरू कसैले कहिल्यै चाल पाएनन्। पढाइ सामान्य भएपनि गाउँका केटाहरूबीच टाठो बाठो गनिन्थ्यो । सोझो अर्थमा भन्नुपर्दा ऊ कहिल्यै कसैको आँखामा बिझाएन ।

ऊ त्यतिबेला कक्षा सातमा पढ्दै थिई जब विवेकलाई पहिलो प्रेम पत्र लेखेकी थिई र साथी योगेशलाई पुर्याउन लगाएकी थिई । साँझपख थामबारीमा बसेर विवेकले उक्त पत्र पढ्यो । उसलाई के गरुँ के नगरुँ जस्तो भयो । त्यतिबेला स्कुलतिर एक किसिमको प्रेमपत्र लेख्ने लहर नै चलेको थियो । अनि कसको लभ कोसँग पर्या छ, थाहा नपाउने पनि कमै हुन्थे । विवेकलाई किन किन यो कुरा उचित लागेन । पत्रवाला योगेशलाई ‘अब देखि यसो नगर्नु रे भन्देस् ‘ भन्दै चिठी च्यातेर फाल्यो ।

विवेक र ऊ एउटै गाउँका भएको हुनाले दिनहुँजसो भेटघाट भइनै रहन्थ्यो । चाड पर्व आउँदा गाउँमा हुने साँस्कृतिक कार्यक्रमहरूका नायक नायिका नै थिए उनीहरू । तिहारमा देउसी भैलो खेल्दा रात बिरात गाउँका अप्ठ्यारा बाटाहरू र खाल्डा खाल्डीमा विवेकले नै उसको हाथ समाएर लड्नबाट जोगाउँथ्यो । विवेकले उसको हर कुरामा साथ र सहयोग दिन्थ्यो । उसका आमा बाबुले पनि विवेकलाई धेरै माया र विश्वास गर्थे । सायद विवेक सँगैको उनीहरूको अभागी छोराको झझल्को विवेकको अनुहारमा देख्ने कोशिस गर्थे उनीहरू । घरमा परिआएको सानो तिनो समस्याहरू पनि उनीहरू विवेकलाई भनेर राय सुझाव माग्थे । यस्तै कारणले पनि होला ऊ विवेक प्रति आकषिर्त भएको । उसका तन मन अब उसका नियन्त्रणमा थिएनन्, स्वत स्फुर्त रूपमा विवेक तिर खिँचिइरहेका हुन्थे । विवेकले पनि उसलाई धेरै माया गथ्र्यो तर जुन नजरले उसले विवेकलाई हेर्थी त्यो नजरले विवेकले कहिल्यै हेर्न सकेन । सधै भेटघाट भएपनि उसले कहिल्यै मुख फोरेर यो कुरा भनेकी थिइन, उसको प्रेम प्रस्ताव केवल पत्रमा नै सिमित थियो, जसलाई विवेकले खासै चासो दिँदैनथ्यो ।

समय वित्दै गयो, ऊ पनि कक्षा चढ्दै गई । तर विवेकलाई पत्र लेख्न छाडिन । यो समयावधीमा ऊ चिठी लेख्ने कलामा पनि पोख्त हुँदै गएकी थिई । कहाँ कहाँ बाट कस्ता कस्ता सारगर्भिक शब्दहरू बटुलेर प्रेमपत्रमा फूलबुट्टा भर्थी । यतिबेलासम्म ऊ सानो तिनो कवियित्री पनि बनिसकेकी थिई । चिठीमा मुक्तक, सायरी र कविताहरूले पनि विशेष स्थान पाउन थालिसकेका थिए । योगेश बिचरा चिठी नलगिदिए ऊ रिसाउने लगेर विवेकलाई दिँदा उल्टै हुँकाइ खानुपर्ने । एक दिन विवेकले योगेशलाई साह्रै हपार्यो - ‘तँ किन ब्यर्थै हुलाकी बन्छस् हँ ? तँलाई थाहा छ यार् मलाई यो सब मन पर्दैन, प्लीज अबदेखि यो चिठी ल्याउने काम नगर र उस्लाई पनि भन्दे चिठी नलेख्न भनेर । विवेकको अनुहारमा रिस र हैरानीका लहरहरू सँगसँगै दौडिरहेका थिए । मलाई के भन्छौ, उसैलाई भनन । नभए एउटा सानो कागजमा लेखेर पठाइदेऊ आइन्दा यसो नगर्नु भनेर । योगेशको कुरा पनि विवेकलाई ठीकै लाग्यो । त्यसै रात विवेकले पहिलो पत्र लेख्यो-

‘प्यारी ——

तिमी किन प्रति यति धेरै मरिहत्ते गरेकी? पनि तिमीलाई माया गर्छ तिमीले सोँचेको जस्तो होइन तिमीलाई एउटा बहिनी को रूपमा अथवा एउटा असल साथीको रूपमा मात्र हेर्ने गरेको छु हेर, यो हाम्रो पढ्ने बेला हो, भविश्य बनाउन केही कुरा सिक्नुपर्ने बेला हो त्यसैले यस्ता नचाहिँदा कुराहरूमा समय बर्बाद गर्न छाडिदेऊ फेरी पनि पत्र लेख्न छाडिनौ भने भन्दा नराम्रो अरु कोही हुने छैन —-’ पत्र पट्याएर विवेकले योगेशलाई दियो, योगेशले उस्लाई विवेकको पत्रले समस्या समाधान गर्ला भनेको झन् उग्र रूप लियो चिठी पढिसकेपछि उसको जीवनमा आँधी आयो, उस्का सपनाहरूमाथि तुषारापात भयो मुटु छिया छिया भयो दिउँसै अन्धकार देख्न थाली त्यो दिन स्कुल पनि गइन दिनभर घरमा सिरानी भिजाउँदै बसी


 

साँझ योगेश विवेकको घरमा आयो यार् तिमीले के लेखेका थियौ त्यस्तो बिचरी हिँजोदेखि खाना पानी भएर घरमा रुँदै बसेकी छे ।योगेशको कुराले कता कता गल्ती पो गरिएछकी भन्ने हुन्छ विवेकलाई मैले आज मेरो घरमा बोलाएको छु, तिमी पनि आउँछौ त्यहीँ कुरा गर्नु भनिदिएको छु राम्ररी सम्झाउनु यार् विवेकले के गर्ने के नगर्ने निर्णयगर्नु पहिले नै योगेश त्यहाँबाट हिँडिसकेको थियो । राति खाना खाएर विवेक योगेशको घरमा गयो केही छिनपछि पनि आई श्रृङ्गारबिनाको अनुहार मलीन , सायद दिनभर रोएर होला उस्का आँखा सुन्निएका थिए नाक रातो रातो भएको थियो अनुहारमा कत्ति पनि कान्ती थिएन आँखाका डीलबाट ठूल्ठूला आँशुका ढिक्काहरू खस्लान् खस्लान् भै देखिएका थिए उसको मुहार औँशीको रातभन्दा पनि अँध्यारो देखिएको थियो त्यो बेला योगेश विवेक मात्र भएको कोठाभित्र छिर्न अलि अनकनाई योगेशले विवेकलाई आँखाको इशाराले कतै बाहिर एकान्तमा जाने सल्लाह दियो विवेक उठ्यो अनि आऊभन्दै अघि लाग्यो, पछि पछि आई केही पर पुगेपछि विवेक उभियो, उस्लाई एक पटक हेर्यो, -’तिमी किन यसो ……………………..’ विवेकले केही भन्न नपाउँदै उस्को आँखाका डीलमा रहेको आँशुको बाँध भत्कियो सुँक्क सुँक्क गर्दा गर्दै विवेको छातीमा टाउको जोतेर डाँको नै छोडेर रुनथाली तपाईले यसरी लत्याउनुभयो भने मेरो जीवन जिउनुको कुनै अर्थ छैन……….. मलाई तपाईको केही चाहिएको छैन केवल माया भए पुग्छ, ….. एक पटक माया गर्छु भनेपनि सारा जीवन यत्तिकै बिताउन सक्छु ………… किन यति धेरै निष्ठुरी बन्नुहुन्छ? तपाईसँग केवल माया माग्दैछु ………. प्लीज् तपाई नभए बाँच्न सक्तिन ……….. मलाई जीवन दिनुहोस् …………नत्र आफै आत्महत्या ……….विवेकलाई असहृय हुँदै गयो, उसले यो भन्दा अघि अरु केही सुन्न सकेन आफ्नो दायाँ हातका औँलाहरू कतिखेर उस्को मुख थुन्न पुगेछन्, विवेकलाई पत्तै भएन अरुबेला जति सुकै कठोर बनेपनि विवेकले उस्को आँखामा आँशु देख्न सक्दैनथ्यो सानै देखि उस्लाई एउटा रोग थियो, -धेरै रोयो भने बेहोश हुन्थी, सायद उस्को मन कमजोर भएर होला चाहेर पनि विवेकले आफूलाई सम्हाल्न सकिरहेको थिएन उस्लाई डर लागिरहेको थियो कतै मेरो कारणले कुनै अनर्थ हुने होइन?’ उस्को आँशुको अगाडि विवेक मैन भएर पग्लियो विवेकको मनले भन्दै थियो - ‘यो केटी साह्रै नै जिद्दी छे, यदि तैँले अहिले यसको साथ दिइनस् भने यो जे पनि गर्न सक्छे त्यसैले प्रेम नगरे पनि दयाको भीख दे यस्को जीवनको खातिर यो केटीलाई मर्न दे विवेक नत्र तँलाइ ठूलो पाप लाग्छ जुन तैँले जीन्दगीभर प्रायश्चित गरेपनि पखालिने छैन विवेकले उस्को आँशु पुछिदियो अनि बिस्तारै उस्को कपाल सुम्सुमाउँदै भन्यो -’ धत् लाटी, यति सानो कुरामा पनि यत्रो महाभारत गरिहाल्नुपर्छ ?’ अनि किन तपाई मेरो कुरा बुझ्नुहुन्नत ?’ उस्ले उल्टै विवेकलाई प्रश्न गरी । म तिमी मलाई कति माया गर्र्छौर् भनेर जाँचेको पो

 


विवेकले बिस्तारै उस्को निधारमा चुम्बन गर्यो विवेकको एकमात्र न्यानो र्श्पर्सले आनन्द विभोर भई विवेकको छाती नै चिरेर भित्रै छिराँैला झै गरी अँगालोमा कस्सिएर निकैबेर सुँक्क सुँक्क मात्र गरीरही जे होस् उस्को प्रेमले आज विजय पाएको थियो उस्लाई सधैभरी विवेकको अङ्गालोमा यसैगरी बस्न पाए हुन्थ्यो, यो रात कहिल्यै बिहान नभइदिए हुन्थ्यो जस्तो लाग्यो आफूलाई विषिर्एर केवल विवेकमा समाहित हुन चाहन्थी मनै मन आफ्नो सारा र्सवश्व उस्ले विवेकलाई नै सुम्पिसकेकी थिई त्यो रात उस्लाई असाध्यै मधुर लाग्यो केही छिन् पहिले औँशी जस्तो देखिने उस्को अनुहार पल भर मै पूणिर्माको चन्द्रमालाई पनि मात दिने खालको भइसकेको थियो उस्लाई त्यतिबेला थाहा थिएन विवेकले केवल एउटा सम्झौता गरिरहेको , उस्को जीवनको खातिर हो साँच्चै विवेकले उसँग मायाको नाटक गर्नु सिवाय अर्को विकल्प थिएन भित्र भित्रै माया गरेपनि जीवन सँगै जिउने कल्पना विवेकले कहिल्यै गरेन एउटा भूल अवश्य गर्यो आफ्नो स्वार्थ पूरा गर्न कसैको जीवनसँग खेलवाड गर्यो विवेकले उस्लाई माया गरेको अभिनय गरिरहृ्यो। त्यसैलाई नै यथार्थ सम्झेर मख्ख परीरही विवेकले उस्लाई लुट्दै गयो आफूलाई लुटाउँदै गई

विवेक एस. एल. सी. पास भएपछि सदरमुकाममा क्याम्पस पढ्न गयो शहरमा उस्का नयाँ नयाँ साथी सङ्गीनीहरू बन्दै गए पनि गाउँमा एस. एल. सी.को तयारी गर्न थाली पढाइमा विवेक भन्दा दुई कदम अगाडि नै थिई विवेकले पनि क्याम्पसमा राम्रै उन्नति गरिरहेको थियो पनि राम्रो अङ्क ल्याएर एस. एल. सी. पास गरी त्यसपछि उस्ले सि. एम. . पढ्ने इच्छा परिवार समक्ष जाहेर गरी उस्का परिवारले पनि एकपटक विवेकलाई सोध्न भुलेनन् आखिर सि. एम. . पढ्न अर्कै जिल्लातिर लागी अब तिनीहरूबीचको भौतिक दुरी केही टाढा भएपनि उस्ले विवेकलाई आफ्नो ह्रदयदेखि कहिल्यै टाढा राख्न सकिन विवेकले यता आइ.कम. पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौं जाने भयो केही समयपछि पनि कम्प्युटर सम्बन्धि अध्ययन गर्ने बहानामा काठमाडौं पुगी विवेकसँग पुनः भेटघाटको शिलशिला शुरू भयो उस्लाई थाहा थियो विवेक उदेखि टाढा भएपछि धेरै चरनहरू चरिसकेको , धेरै थरी स्वाद चाखिसकेको विवेकले जतिसुकै गल्ती गरेपनि उस्ले कहिल्यै खै गरिन झन् मेरै मायामा केही कमी भएर पो होकी भनेर अझ धेरै माया गर्न थाली विवेकले पनि उस्लाई माया गर्ने अभिनय गर्न छाडेको थिएन

नयाँ वर्षो दिन गोदावरीमा सधै भन्दा धेरै भीडभाड थियो कोही पिकनिकमा झुमिरहेका थिए कोही एकान्तमा प्रेमी प्रेमिकाहरूको ओँठ चुमीरहेका थिए कतै खुट्टा हाल्ने ठाउँ छैन वैशाख महिनाको गर्मीले थकित गलित यूवाहरूलाई गोदावरीले शीतलता प्रदान गरिरहेको थियो पनि विवेकसँग त्यहाँ गएकी थिई धेरैबेर उनीहरू त्यहाँ बसे जीवन भविश्यका बारेमा धेरै कुराहरू गरे अब परिपक्व भइसकेकी थिई आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने भइसकेकी थिई विवाहपछिका योजना छलफलहरूमा नै त्यो दिन बिताए उनीहरूले विवेकलाई बिस्तारै आफ्नो गल्तीको आभाष हुँदै गयो विवेकलाई आफैप्रति घृणा लाग्न थाल्यो-कति स्वार्थी भएछ कसैको जीवनसँग खेलबाड गर्ने अनुमति उस्को मनले दिन छाडिसकेको थियो कति धेरै विश्वास गर्थी विवेकलाई तर विवेक भने खेलौना जस्तै सम्झेर उस्लाई प्रयोग गरिरहेको एकदिन विवेक उस्को कोठामा गयो त्यो दिन विवेक अरु दिन भन्दा एकदमै गम्भीर देखिन्थ्यो तिमीले मलाई जति माया दियौ, जीवनभर पनि त्यति माया दिन सक्तिन होला तिम्रो लागि योग्य छैन मैले आफूले आफैलाई तिमीसँग तुलना गरेर हेरेँ, तिमी कति महान छौ कति नीच छु मैले तिमीमाथि धेरै अन्याय गरेको छु पापी हुँ मलाई तिमी कहिल्यै माफ नगर है किनकि त्यही पापको पीडाबोधले जीन्दगीभर जल्न चाहन्छु


‘तपाईलाई आज के भएको छ? के कुरा गरेको यस्तो मैले त केही बुझिन नि !’ साँच्चै नै उस्ले त्यतिबेलासम्म केही कुराको मेसो पाउन सकेकी थिइन ।’ विवेक खुल्दै गयो -’मैले तिम्रो पवित्र मायाको अपमान गरेको छु । म अपराधी हुँ तिम्रो । यही अपराधबोधले मेरो छाती जलिरहेको छ । म तिम्रो हुन लायक छैन । मलाई फोहर नालीको किरा सम्झेर विषिर्देऊ ।’ विवेकले उसँग आँखा जुधाउन सकिरहेको थिएन ।’तपाईलाई भुल्न सक्ने भए धेरै पहिले नै भुलिसक्ने थिएँ नि । प्लीज् यस्तो कुरा नगर्नुस् ।’ उस्का आँखामा अझैपनि आशाका केही किरणहरू बाँकी थिए । ‘नाई मलाई तिमीले भुल्नै पर्छ । सधैभरी मैले तिमीलाई केवल पीडा दिएँ । तिमी त्यस्मा मायाको मल्हम् लगाउँदै गयौ । म जस्तो तुच्छ व्यक्ति तिमीजस्ती महान् नारीको पति भएको सुहाउँदैन । हेर जीवन लामो छ, तिमीले एक से एक शुशील केटा भेट्न सक्छ्यौ । म जस्तासँग तिम्रो त्यो सुन्दर जवानी खेर नफाल ।’ उस्लाई लाग्यो विवेक ऊदेखि टाढिने बहाना बनाइराखेको छ । विगतमा पनि विवेकका थुप्रै गल्तीहरूलाई उस्ले आँशु पिएर सहेकी थिई । प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने कुरा उस्ले राम्ररी बुझेकी थिई ।


‘यसमा तपाईको कुनै दोष छैन । गल्ती मेरै हो । मैले जबरजस्ती तपाइलाई आफ्नो बनाउने कोशिष गरेँ । तपाईले मलाई माया गर्नुहुन्न भन्ने कुरा त मलाई पहिलेदेखि नै थाहा थियो । तैपनि एक दिन त बगेको खोला पनि र्फकन्छ रे भन्दै म तपाईको प्रतिक्षा गरिरहेँ । तपाईलाई म अब धेरै बाँधेर राख्न सक्तिन, जानुस् तपाई मुक्त हुनुहुन्छ ।’ यति भन्दा उस्को गला धेरैपटक अबरुद्ध भएको थियो । आखिर जे हुनु थियो त्यो भएरै छाड्यो । विवेकले अन्तिम पटक उस्को निधारमा चुम्बन गरेर हिँड्यो । ऊ जडवत् भई, केही बोल्न सकिन न त विवेकलाई रोक्न नै सकी । उस्को जीवनमा आँधी आयो, सारा आकाश झरेर उस्लाई थिचेजस्तो लाग्यो । पाइताला मुनीको जमीन भास्सिएजस्तो लाग्यो । आज उस्को संसार विलीन भएर कतै शुन्यमा हराएजस्तो लाग्यो ।


 


यतिञ्जेल बाटो खोजीरहेका उस्का आँशु अनायास् उस्का कोमल गालाहरूलाई र्श्पर्स गर्दै तल झरे उस्को छाती भक्कानिएर आयो आज धेरै रोई केही दिनसम्म यसरी नै रोइरही / हफ्ता पछि उस्ले आफूलाई सम्हाली त्यो निर्दयीलाई सम्झेर अबदेखि कहिल्यै रुँदैन भनेर कसम खाई त्यो शहर अब उस्को लागि आफ्नो थिएन जस्लाई आफ्नो सम्झेर यहाँ आएकी थिई उसैले नै परित्याग गरेपछि अब त्यहाँ बस्नुको कुनै अर्थ थिएन त्यो गाउँ शहर सबै छाडेर धेरै टाढा गई अहिले ग्रेजुएट भएर आफ्नै खुट्टामा उभिएकी साँच्चै आजभोलि धेरै धैर्यवान भएकी रे आँखामा आँशु सिध्दिएर हो वा मन दह्रो भएर हो आजभोलि रुनपनि भुलिसकेकी रे कहिलेकाँही घरमा उस्को विहेको कुरो चल्दा झलक्क विवेकको निष्ठुरी अनुहार उस्को आँखामा आउँछ तितो सम्झना बनेर अनि एकपटक फेरी भुइँमा थुक्छे प्याच्च - राज शाह Source : samakalinsahitya