=SAHITYA PAGE=

ड्राफ्ट तयार भएपछि बाबुराम सरले गाली गर्नुभयो:

विश्वदीप पाण्डे- २४, बाबुराम भट्टराईका निजी सहायक विश्वदीपले माओवादी-सरकार वार्ता असहमति पटक-पटक कम्प्युटरमा टाइप गरेका छन् बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको कारबाहीसम्मका साक्षी हुन्, उनी दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर बसेका विश्वदीपले यसरी ती दिन सम्झिए :
६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो सरकार माओवादीबीचको युद्ध सेलाएको थियो युद्धविरामले राजनीति भने तातेको थियो सरकारसँगको वार्ताले गोरखपुरमा भूमिगत हुनुभएका मेरा बुबा भक्ति पाण्डे अचानक बुटवल आउनुभयो युद्धविराम भए पनि घरमा जानु खतरायुक्त नै थियो त्यसैले बुटवल इँट्टाभट्टास्थित गणेश ढकालको घरमा बोलाउनुभयो उहाँले मलाई लामो समयका लागि कतै जानुपर्ने बताउनुभयो तर, ठाउँ भने बताउनुभएन उहाँले भन्नुभयो- 'भाग्यमानी रै'छस् महत्त्वपूर्ण ठाउँमा जाँदै छस् तँलाई दिएको काममा सफल हुनू !' त्यतिवेला एसएलसी दिएर बसेको थिएँ त्यो काम के होला भन्ने उत्सुकता मेरो मनमा आइरह्यो बाबुसँग प्रश्न गर्ने हिम्मत पनि थिएन मसँग प्रश्न मनमै बोकेर बुबासँगै गोरखपुर हुँदै लखनउ पुगँ ।लखनउ रेल्वेस्टेसनमा मैले थाहा पाएँ मलाई बाबुराम भट्टराईको सहयोगीका रूपमा लगिँदै भर्खर माओवादीमा प्रवेश गरेको मजस्तो आलोकाँचोलाई दिएको त्यति ठूलो जिम्मेवारीले मेरो मन 'चङ्गा' भयो

रेल्वेस्टेसनबाट १५ मिनेटको टेम्पोयात्रापछि तीनतले घरमा मलाई लगियो त्यहाँ चारजना थिए, दुई महिला दुई पुरुष बाबुराम लेखराजलाई पहिल्यै चिन्थँे अपरिचित दुई महिलामध्ये एउटी हिसिला यमी अर्की लेखराज भट्टकी श्रीमती रहिछन् बुबाले चिनाएपछि थाहा पाएँ त्यस दिन बाबुराम सर वार्ताका लागि नेपाल जाँदै हुनुहुन्थ्यो हिँड्ने वेलामा भन्नुभयो- 'कमरेड ! हिसिलासँग दिल्ली जानुस् बाँचिएछ भने र्फकेर आइन्छ ' त्यो सुनेर मेरो मुटु काँप्यो
त्यसको
भोलिपल्ट हिसिला म्याडम दिल्ली हिँड्यौँ बाबुराम सरलाई जवान, राजनीतिमा रुचि राख्ने, अनुशासित सहयोगी चाहिएको रहेछ गोपनीयता, अध्ययनशीलता, कम खर्चालु साधारण जीवनशैली त्यसका अरु 'क्राइटेरिया' रहेछन् मलाई बुबाले भनिसक्नुभएको थियो पछि हिसिला यमीबाट पनि थाहा पाएँ त्यसमा जसरी पनि 'पास' हुनु'थ्यो फेल भए सिधै घरफिर्ती ।दिल्ली रोहिणी सेक्टर- १५ मा चारतले घर थियो घर गुलाबी रङको थियो दिल्ली पुगेको भोलिपल्ट हिसिला म्याडमले दिल्ली घुमाउन लैजानुभयो त्यस दिन दुई जोर लुगा किनेँ मैले त्यसबेला एकैपटक दुई जोर लुगा किन्नु निकै ठूलो कुरा थियो
मलाई
दिल्लीबारे धेरै जान्नु थियो त्यसैले धेरै दिन एक्लै हिँडँ गल्ली चहारँ रेलको टिकट काट्न सिकँ विनालक्ष्य पब्लिक/प्राइभेट बसमा चढँ बस नचिन्दा जरिवानासमेत तिर्नुपर्यो मैले प्राइभेटजस्तो लागेर चढेको पब्लिक रै' टिकट नकाटेकाले एक सय रुपैयाँ जरिवाना तिर्नुपर्यो जरिवानाभन्दा त्यहाँ भारतीयको बोली रुखो लाग्यो मलाई । मैले बाबुराम सरसँग फोटो खिच्न खुब रहर गरेँ आजित भएर उहाँले बुबालाई फोन नै गर्नुभएछ- 'उनी सधँ फोटो खिचौँ भन्छन् तपाईंले सम्झाइदिनुपर्यो त्यसपछि मैले फोटो खिच्न भनिनँ मेरो मुख्य काम बाबुराम सरका लागि नेपाली पत्रपत्रिका ल्याउनु, आर्टिकल टाइप गर्नु उहाँलाई चाहिएको सामान खरिद गरेर ल्याउनु थियो मैले स्कुलमा कम्प्युटर सिकेको थिएँ इन्टरनेट आउँदैनथ्यो त्यो मलाई हिसिला म्याडमले सिकाउनुभयो इन्टरनेट हामी बसेको घरमा नभएकाले त्यहाँबाट १० किलोमिटर पर गएर ल्याउनुपथ्र्यो मैले त्यो सब बाबुराम सर नआउँदै सिकँ नेपालमा सरकारसँगको वार्ता असफल भएछ बाबुराम सर इलाहाबाद आउनुभयो भन्ने खबर पाएँ मैले, मलाई त्यतै जानुपर्ने भयो इलाहाबादमा शर्माजीको घर थियो इलाहाबाद जाँदा हामी प्रायः त्यहीँ बस्थ्यौँ त्यहाँ दुई दिन बसेर हामी दिल्ली फर्कियाँ । इलाहाबाद पुग्दा बाबुराम सर चिन्तित अवस्थामा हुनुहुन्थ्यो वार्ता असफल भएको थियो दुई दिन बसेर हामी दिल्ली फर्कियौँ

दिल्ली पुगेको भोलिपल्ट कसैले ढोका ढक्ढकायो ढोका खोल्न गएँ छिर्केमिर्के जुँगा फुलेको अधबैँसे मानिस ढोकाबाहिर थिए ती मानिसलाई चिनेजस्तो, देखेजस्तो लाग्यो मलाई तर, ठ्याक्कै ठम्याउन सकिनँ ती मानिसले मसँग सोधे- 'तिमी भक्तिका छोरा होइनौ ?' मलाई चिनेको देखेर अचम्म लाग्यो उनी सरासर बाबुराम सरको कोठामा गए बाबुराम सरको कोठाबाट केही बेरमा ती बाहिरिए हिसिला म्याडमले सोध्नुभयो, चिन्यौ ?' 'अहँ', मैले अन्योलपूर्ण मुद्रामा जवाफ दिएँ 'प्रचण्ड', जवाफ अनपेक्षित थियो जिल्ल परेँ जनयुद्धका नायक मेरा अगाडि आएर गए, तर मैले थाहै पाइनँ । उहाँ गएको केही बेरमै बाबुराम सरले एउटा पेपर टाइप गर्न लगाउनुभयो त्यसमा सरकारसँग वार्ता असफल भएको युद्धविराम भंग गरिएको लेखिएको थियो मैले टाइप गरेँ साइबर गएर नेपाल नेपालबाहिर चलेका सबै पत्रपत्रिकालाई 'मेल' गरेँ 'मेल' गर्दा हामीले फरक-फरक 'आइडीबाट' पठाउँथ्यौँ भोलिपल्ट इन्डिया टाइम्सले बाबुराम सरको फोटोसहित युद्धविराम भंग भएको समाचार छाप्यो तैपनि, त्यस घरभेटीले बाबुराम सरलाई चिनेन मलाई घरभेटीको 'मोटो नजर' देखेर अचम्म लाग्यो बिहान कालो चिया, आठ बजेतिर सुक्खा रोटी सब्जी खाने बानी थियो बाबुराम सरको एक बजे खाना खानुहुन्थ्यो त्यो सबै हिसिला म्याडमले तयार गर्नुहुन्थ्यो बाबुरामले बेलुका पनि रोटी खानुहुन्थ्यो जम्मा दुइटा, कम, बढी उहाँ फोन गर्नुपर्दा बाहिर निस्कनुहुन्थ्यो सरसँग मोबाइल थियो, तर सुरक्षाका कारण त्यो मोबाइल सबैलाई दिनु ठीक थिएन त्यो नम्बर पनि तीन/चारजना उच्च नेतासँग मात्रै हुन्थ्यो उहाँ बाहिर जाँदा जहिले पनि पब्लिक बसमा जानुहुन्थ्यो अटो या ट्याक्सी प्रयोग गर्नुहुन्नथ्यो, खर्च जोगाउन

 

हिसिला म्याडम सँगै हुँदा मलाई धेरै सजिलो हुन्थ्यो तर, उहाँ पार्टीको कामका लागि बाहिर गइरहनुहुन्थ्यो एकपटक म्याडम दुई महिनासम्म दिल्ली आउनुभएन बिहान सरलाई खाना खुवाएर पत्रिका लिन साइबर जान्थँ जान-आउन दुई घन्टाभन्दा बढी लाग्थ्यो त्यस समयमा सरले घरका सबै भाँडा माझेर राख्नुहुन्थ्यो त्यो दुई महिना काट्न मलाई धेरै गाह्रो भयो हिसिला म्याडम हुँदा खाना खाँदा अरु बेला पनि बोलिरहनुहुन्थ्यो बाबुराम सर भने निकै कम बोल्ने उहाँलाई किताब भएपछि पुग्ने उहाँ सुत्ने कोठाभरि किताब थिए उहाँ बेलुकीपख मात्र छतमा निस्कनुहुन्थ्यो मलाई त्यतिवेला बोल्ने मान्छे नभएर ऐना हेरेर आफैंसँग कुरा गरौँ जस्तो हुन्थ्यो त्यतिवेला मलाई 'नेपाल पुग्न पाए माटो खान्थेँ' जस्तो भयो त्यहाँको सात महिनाजतिको बसाइपछि हामी सुरक्षाका लागि नोयडा सर्यौँ त्यो पहिलाको घरभन्दा व्यवस्थित थियो सबै सामान त्यही प्लानिङमा पाइन्थ्यो नेपालीको मःम-पसल पनि थियो त्यहाँ त्यसैले मलाई अलि रमाइलो लाग्यो एकदिन सब्जी किन्न जाँदा मःम खान गएँ प्रचण्डपुत्र प्रकाश पनि त्यहीँ मःम खाँदै हुनुहुँदो रै' मलाई देखेर उहाँ लुक्नुभएछ, 'नेपालीमा कुरा गर्छ पोल खुल्छ' भन्ने डरले मलाई उहाँले पछि भन्नुभयो
बाबुराम सरसँग मैले धेरै कुरा सिकँ, विशेषतः कम्युनिस्ट राजनीतिका विषयमा बाबुराम सरले मलाई पहिलोपटक पढ्न लेलिनको राज्यक्रान्ति महान् बहस दिनुभयो त्यो हिन्दीमा थियो मैले पढेँ, तर बुझिनँ तेस्रो पटकमा अलिकति बुझँ मैले मैले त्यस समयमा राजनीतिका धेरै खेलबारे थाहा पाएँ

२०६२ भदौतिर इलाहाबादमा बस्दा नराम्ररी बिरामी भएँ मलाई जन्डिस ज्वरो एकैपटक आयो त्यतिवेला हिसिला म्याडम पनि कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो पूरै एक महिना बिरामी भएँ घरायसी कामदेखि मलाई स्याहार्नेसम्मका काम बाबुराम सरले गर्नुभयो त्यतिवेला बाबुराम सरलाई रोटी खाने बानी थियो तर, उहाँलाई रोटी पकाउन आउँदैनथ्यो जन्डिस भएकाले मलाई केही खानै हुँदैनथ्यो खायो कि बान्ता भइहाल्ने उहाँ दालभात, सब्जी पकाउनुहुन्थ्यो कहिलेकाहीँ मलाई बनाएको जाउलोमै चित्त बुझाउनुभो त्यहाँ घरमै इन्टरनेट थियो त्यसैले समाचार लिन जानुपर्ने समस्या थिएन मलाई बाबुराम सरसँग फोटो खिच्न खुब रहर लाग्थ्यो तर, सुरक्षाका कारण उहाँ फोटो खिचाउन नमान्ने बाबुराम सरलाई आग्रह गरिहन्थँे आजित भएर उहाँले बुबालाई फोन नै गर्नुभएछ- 'उनी सधँ फोटो खिचौँ भन्छन् तपाईंले सम्झाइदिनुपर्यो ' त्यसपछि मैले फोटो खिच्न भनिनँ

०६१ सालमा बाबुराम सरसहित चारजनालाई भिन्न मत राखेका आधारमा पार्टीले कारबाही गर्यो त्यो भिन्न मत चारबुँदे १३ बुँदे मैले नै अध्यक्ष प्रचण्डलाई दिएको थिएँ त्यतिवेला रोल्पा खरिबोटमा थिएँ थवाङमा बैठक चलिरहेकाे थियो माघ १८ गते एउटा छापामारले मलाई बाबुराम सरलाई कारबाही गरिएको सूचना रुँदै दिइन् त्यो सुनेर पनि रातभर रोएँ भोलिपल्ट माघ १९ गते बाबुराम, दिनानाथ, हिसिला, देवेन्द्र पौडेल मणि थापा खरिबोट आउनुभो त्यही दिन राजाले 'कू' गरेका थिए
तर
, कारबाहीबाट बाबुराम सर भने दुःखी हुनुहुन्थेन जनसेनाहरू दुःखी थिए अरूलाई अलि खुसी बनाउन उहाँले खसी काट्न लगाउनुभयो हामीले त्यस दिन जनसेनाले बनाएको जेरी पनि खायाँै पछि, बाबुराम सरले आफूलाई कारबाही गरिएका विषयमा बताउनुभयो त्यस रात सुत्न सकिनँ, रोएँ पनि धेरै बेर तर, राजाको 'कू' सँगै प्रचण्डले बाबुराममाथिको कारबाही अनौपचारिक रूपमा फिर्ता लिइसक्नुभएको थियो बाबुराम सरले आफूमाथि कारबाही भएकामा नेपालीमाझ गलत सूचना नजाओस भनी कारबाहीको कारण तीनबुँदे १३ बुँदे भिन्न मत सुरक्षित गर्न मलाई दिनुभएको थियो मैले एउटा फिल्मको क्यासेटमा रेकर्ड गरेर पठाएको पनि थिएँ
पछि
, बाबुराम सर अध्यक्ष प्रचण्डको कुरा मिल्यो त्यसपछि सात पार्टीसँग वार्ता गर्ने जिम्मा बाबुराम सरलाई दिएर औपचारिक रूपमा अध्यक्ष प्रचण्डले दिल्ली पठाउनुभयो हामी त्यस दिन १२ घन्टा हिँड्याँ दिल्ली पुगेपछि बाबुराम सरले नेपालमा रहेका सात पार्टीका प्रमुख नेतासँग सम्पर्क बढाउनुभो सिटौला, शेखर कोइरालाहरू दिल्ली आए उनीहरूसँग वार्ता निरन्तर चलिरह्यो कहिले फोनबाट कहिले भेटेर नै ०६२ जेठको अन्त्यमा गिरिजासँग भेटघाट गर्ने सहमति बन्यो अध्यक्ष पनि रोल्पाबाट दिल्ली पुग्नुभयो अनि, जेठको अन्त्यमा हरियाणाको गुडगाँव भन्ने ठाउँमा एकजना माओवादी समर्थक नेपालीका घरमा भेटघाटको आयोजना गरियो त्यस भेटघाटमा कांग्रेसबाट गिरिजा, शेखर, सिटौला, एमालेबाट झलनाथ खनाल अनि माओवादीबाट अध्यक्ष प्रचण्ड, बाबुराम महरा थिए त्यस वार्तापछि माओवादीले तीन महिने युद्धविराम गर्यो

मंसिरमा
१२ बुँदे सहमति गर्ने समयमा दिल्लीको खानपुरस्थित देवली गाउँको माओवादी समर्थकको चारतले घरको सबभन्दा माथिल्लो फ्ल्याटमा वार्ताका निम्ति ठाउँ तयार पारिएको थियो प्रचण्ड, बाबुरामसहितको टोली वार्ता गर्ने स्थलमा पुगिसकेको थियो पछि माधव नेपाल, केपी ओली, शेखर कोइराला, सिटौला नारायणकाजी श्रेष्ठ पनि आउनुभयो गिरिजा आउँदै हुनुहुन्थ्यो सिटौला शेखरलाई चौथो तलामा लगेपछि उहाँहरूले गिरिजा त्यति माथि जान नसक्ने, बोकेर लगे पनि बेहोस हुनसक्ने बताएपछि त्यो 'वार्ता-स्पट' परिवर्तन गर्नुपर्यो तत्काल एकतले घर मिलाइयो त्यस दिनसम्म १२ बुँदेको मस्यौदामा पाँचपटक संशोधन भइसकेको थियो त्यस दिन १२ बुँदेमा कमा फुलस्टप पनि परिवर्तन नगर्ने सहमति बन्यो त्यसपछि गिरिजा हिँड्नुभयो अरू सबै नेता त्यहीँ थिए ड्राफ्ट बनाइसकेपछि त्यस दिन मलाई बाबुराम सरले बेस्सरी हपार्नुभयो भएछ के भने, ओली सरले बीचमा मसँग ड्राफ्ट मागेर लिनुभएको थियो उहाँले थप्नुभएको रै' मैले त्यो पनि टाइप गरेँ ड्राफ्ट तयार भएपछि बाबुराम सरले मलाई गाली गर्नुभयो त्यस दिन नखाएको विष मलाई लाग्यो सबका अगाडि नराम्ररी गाली खाएँ मैले पछि, त्यो काम ओली सरको हो भन्ने थाहा पाएपछि बल्ल सर मसँग हाँस्नुभयो त्यस दिन प्रचण्ड बाबुरामको अनुहारमा पहिले कहिल्यै नदेखेको हाँसो देखँे

==============================================The End =======================================